
भाद्र १६,बाजुराः जिल्लाको गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंक सहीत पसलहरु तोडफोड गरी चोरी गर्ने ब्यक्तिहरुको प्रहरीले पहिचान खुलाएको छ । सिसि टिभी फुटेजको साहारामा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रकाउ परेका तिनै जनाको प्रहरीले पहिचान खुलाएको हो। चोरी गरेको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा तिनै जना बडिमालिका नगरपालिकाका रहेको प्रहरी जनाएको छ । जसमा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर १ पिनालेख बस्ने बर्ष २३ का जनकराज उपाध्याय,त्यस्तै सोहि पालिकाको वडा नम्बर ७ जिल्ली बस्ने बर्ष २० का किरण विक र बडिमालिका ४ ओलेना बस्ने बर्ष २० का सन्देश नाथ रहेको प्रहरी जनाएको छ ।
प्रहरीले अनुसन्धानको क्रममा उक्त घटना सोहि ब्यक्तिहरुले घटाएको जनाएको छ । तिनै जनालाई पक्राउ गरी चोरी कसुर अन्तर्गत सम्मानित बाजुरा जिल्ला अदालतबाट म्यादथप लिई थप अनुससन्त्रान भईरहेको प्रहरीले जनाएको छ । उनीहरु तिनै जनालाई चोरीको आशंकामा प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । लगाएको हुलिया र सिसि टिभी फुटेजको दृश्य अनुसार नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी (प्रहरी निरिक्षक) रविन्द्र सिंह कार्कीले जानकारी दिनुभएको छ । बैंक तोडफोड संगै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी भएको थियो ।त्यस्तै गाउँपालिकाको केन्द्र घट्मुना बजारमा रहेका ५ वटा पसलहरु तोडफोड गरी चोरी गरिएका थिए । स्थानीय व्यापारी चन्द्र रोकाया, सरिता रोकाया, गणेश थापा, सुशीला रोकाया र ज्ञान बहादुर सुनारको पसलमा चोरी भएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर