खप्तड मालिका न्युज,भाद्र १४,बाजुराः पहिराले कुवाडी नदी थुनिएको आशंका गरीएको छ। जिल्लाको हिमाली गाउँपालिका २ रुम्दी स्थित कुवाडी नदीको नजिकै रहेको जमिनबाट पहिरो खसेर नदि थुनिएको आशंका गरीएको छ । आज बिहान करिब १० बजेर २० मिनेटमा सो ठाउँमा पहिरो खसेर नदि थुनिएको हो। पहिरोले नदि थुनिएको हुँदा कुवाडी नदी र कर्णाली नदीको आसपासका क्षेत्रमा कुनै पनि समयमा पहिरो सहित पानीको बहाफ बढ्न सक्ने भएकोले सबैमा जानकारीका साथ सचेत रहन हिमाली गाउँपालिकाले आग्रह गरेको छ ।
एक सुचना जारी गर्दे पहिरोले नदी थुनिएको खबर प्राप्त भएकोले नदिको आसपासका बस्तीहरुमा रहनुभएका तथा अन्य कामको सिलसिलामा नदि आसपासका सतहमा रहनुभएका सम्पुर्ण नागरीकहरुलाई नदी आसपास क्षेत्रबाट टाढा जानहुन र सम्पुर्ण आसपास क्षेत्रका बासीन्दाहरुले सर्तकता अपनाउन गाउँपालिकाले सुचना मार्फत सबैमा आग्रह गरेको छ ।नदी के कति कारणले सुकेको हो भनि बुझ्नको लागी मैलाकवाडी चौकी हुम्लाबाट प्रहरी सहायक निरिक्षक गोपाल बहादुर वलीको कमाण्डमा चार जनाको टोली उक्त स्थानमा खटिएको बताइएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर