गोबिन्द्र राज तिमिल्सेना,भाद्र १३,बाजुरा। बाजुराको मार्तडी कोल्टी सडकखण्ड अन्तर्गत पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ जिल्ली दानचौरमा असार १७ गते राति आएको अबिरल बर्षातले पहिरो गई अबरुद्ध भएको सडक दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउँन नसक्दा समस्या भएको छ । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टी सम्म जोड्ने ग्रामिण सडकको मर्मत संग अबरुद्ध सडक सञ्चालन गर्न नसक्दा र सडक कालोपत्रे हुन नसक्दा दैनिक यात्रा गर्ने यात्रुहरुलाई आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।अविरल वर्षातका कारण गत असारको दोस्रो हप्ता देखि अवरुद्ध भएको सो ग्रामिण सडक लामो समय देखि मर्मत नहुँदा यहाँका स्थानीय त्यस्तै मार्तडी देखि कोल्टीसम्म चल्ने स साना सवारी साधन संगै मालबाहक सवारी साधनहरुलाई समस्या हुनुका साथै यातायात आवागमन बन्द अबस्थामा रहेको छ । अहिले बडिमालिका ७ का स्थानिय संगै मार्तडी देखि माथिल्लो क्षेत्र र माथिल्लो क्षेत्रदेखि जिल्ला सदरमुकाम आउँजाउ गर्ने सवारी साधन र स्थानीयलाई बजार सम्म पुग्न सास्ती खेप्दै आउनु परेको हो ।असारको दोस्रो हप्ता देखि अवरुद्ध भएको सडक लामो समय देखि मर्मत नहुँदा यहाँका स्थानीय संगै मार्तडी देखि माथिल्लो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै समस्या परेको छ । लामो समयदेखि सडकको मर्मत कार्य नहुँदा सामान ढुवानीमा समस्या भएको कोल्टी बजारका ब्यबसायिहरुले बताएका छन् ।ब्यबसायिले भन्नुभयो, “ बडिमालिका नगरपालिकाको ७ वडा हुँदै माथिल्लो क्षेत्रका चारवटै पालिकाको लागी अहिले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्नका लागि बढीजसो सधै त्यहि सडक भएर सामान आउँने गर्दछ्।।”यती बेला उक्त सडक अबरुद्ध भएको दुई महिना बितिसक्दा पनि कसैले चाँसो नदेखाएको हुँदा सामान ढुवानी गर्नमा समसइा भएको ब्यबसायिहरुले बताएका छन् । उक्त सडक असार देखि अहिले सम्म अवरुद्ध भएपछि अहिले यहाँका स्थानीय लगायत माथिल्लो चारवटै पालिकाका नागरीकहरुलाइ जिल्ला सदरमुकाम मार्तडी पुग्न सकस हुने गरेको छ । बिचबिचमा जिपमा चढ्नुपर्ने र ओर्लनु पर्ने अबस्थाले स्थानिय बाक्कदिक्क भएका छन् । मार्तडी देखि कोल्टी सम्मको सडक जम्मा ४२ किलोमिटर रहेको छ जसमध्ये आधि भागमा हिडेर जानुपर्छ भने कहिँ आधिँ ठाउँबाट महंगो भाडा तिरेर जिपमा जानुपर्ने अबस्था रहेको छ । जिल्ली पहिरोले झन समस्या माथि समस्या थपिदिएको छ । पहिरोले गर्दा यातायातका साधनहरु पनि ठप्प बनेका छन् । समयमै मार्तडी कोल्टी सडकखण्ड कालोपत्रे नहुँदा हरेक बर्षातको समयमा स्थानिय लगायत यातायातका साधनहरुले सास्ती ब्यहोर्दै आएका छन् ।ठेकेदारको चरम लापवाहिका कारण मार्तडी कोल्टी सडकखण्ड अहिलेसम्म पनि कालोपत्रे हुन सकेको छैन् जसका कारण सधैजसो यात्रुहरुले कठिन यात्रा गर्दै आईरहेका छन् ।। मार्तडी कोल्टी सडक ३ बर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ बर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन । मार्तडी–कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएका थियो । सडक निर्माणको जिम्मा लिए पनि अहिलेसम्म सडक निमार्ण भने पुरा हुन सकेको छैन् । लामो समयसम्म पनि सडक कालोपत्रे नहुँदा माथिल्लो चारवटै पालिकाका नागरीक लगायत छिमेकी जिल्ला हुम्ला,मुगु,जुम्ला लगायत ठाउँका नागरीकहरुलाई पनि समस्या हुँदै आएको छ । वर्खाको बेला लगातार पानी पर्न थालेपछि अहिले अबरुद्ध भएको मार्तडी कोल्टी सडकखण्ड सञ्चालन गर्न हम्मेहम्मे परेको छ । सडक अबरुद्ध भएको दुई महिना बितिसक्दा पनि सडक सञ्चालनको लागी भने स्थानिय सरकारले पनि खासै चाँसो देखाएको पाइदैन्।
सडक अबरुद्ध हुँदा माथिल्लो क्षेत्रतिरका सबै स्थानिय बासी संगै छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकहरुलाई पनि समस्या भएको छ। बर्षातको समय हुँदा राति लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो बग्न सुरु भएको छ भने पहिरोले ठुलो धनजनको क्षती गर्दे आईरहेको छ । ।पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । पहिरो बग्न सुरु भएको करिब दुई बर्ष बित्यो पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा समस्या भएको स्थानियले बताएका छन् ।पहिरोले सडकखण्ड अबरुद्ध हुनुका साथै मानिसहरुको आवतजावत पनि कष्ठकर बनेको छ।पहिरोको रोकथामको लागी कहिँ कतैबाट पनि पहल हुन नसकेको स्थानियहरुले बताएका छन् । पहिरोले जिल्ली बासीहरुको ठुलो धनजनको क्षृती समेत गरेको छ । पहिरो लगातार बग्न थालेपछि बैकल्पिक उपाय अपनाउनु पर्ने देखिएको छ भने यता जिल्ली माध्यामिक बिद्यालयलाई पनि अन्यन्त्र स्थानात्तरण गर्नु पर्ने देखिएको छ । पहिरो नरोकिएको खण्डमा बिद्यालय निकै जोखिममा रहेको हुँदा बैकल्पिक उपाय बाहेक अरु कुनै बिकल्प नरहेको बताइएको छ । उक्त विद्यालयलाई पहिरोले ठुलो क्षेती गर्ने भएकाले बैकल्पिक बाटो अपनाउनु पर्ने देखिएको छ ।
चुनावको बेला घरको दैलो दैलो पुगेर हात जोड्ने जनप्रतिनिधि,सांसदहरु पनि जिल्लाको समस्याको बिषमा चुइक्क बोल्दैनन्,चुनाव अघि ठुल्ठुला आश्वासन दिन्छन् जब चुनाव जितिसके पछि जिल्लाको आफ्नो गाउँको समसयाको बारेमा कहिँ आवाज उठाउँदैनन् स्थानियले आरोप लगाएका छन् । सडक अबरुद्ध हुँदा दैनिक यातायातका साधनहरु लगायत मानिसहरुको आवतजावतमा सकस भएको छ । जिल्ली पहिरोका कारण बडिमालिका ७ का वडाबासीहरुलाई निकै समस्या भएको छ । असारको महिनामा कामकाज गर्नमा समेत उक्त पहिरोले समस्या गर्दे आएको छ । साथै चुथी,रजातोली,ढम्कनेमा ब्यबसाय गर्दे आएका होटल ब्यबसायिहरुलाई पनि सामान ढुवानीमा समस्या भएको छ । पहिरोमा यात्रा गर्न पनि निकै असहज रहेको छ । ‘सडक अबरुद्ध भएपछि उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको ढुवानी गर्न समेत समस्या भएको छ । पहिरो बग्न थालेको लामो समय बितिसक्दा पनि पहिरोको रोकथामको लागी तथा पहिरोबाट पिडित परिवारको लागी कुनै राहतको समेत ब्यबस्था गर्न कसैले सकेको छैन् । दिन प्रतिदिन पहिरोले स्थानियहरुको खेतीयोग्य जमिन बगाउँदै लगेको छ । जिल्ली पहिरोले गर्दा पुर्वि उत्तरि क्षेत्रका चारवटै पालिका बुढिनन्दा,हिमाली ,स्मातिकार्तिक र जगन्नाथ गाउँपालिका लगायत छिमेकी जिल्ला हुम्ला,कालिकोटका नागरिकहरुले समेत सास्ती भोग्नु परेको छ ।
जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई महिना पुगिसक्दा पनि सञ्चालनमा आउँन सकेको छैन् ।
लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका सवारीसाधन ठप्प भएका छन् । बाउली खोलाको ठुलो बाढीले सवारी साधन वारपार गर्न सकिरहेका छैनन्। त्यस्तै जिल्लीमा गएको पहिरोले पनि सवारी साधन ठप्प बनाएको छ । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् । दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउलीखोला, अनाईखोला, जिल्ली,चुथी, र रजातोलीमा रहेका खोलामा आउने बाढी र सडकमा गएको पहिराले मार्तडी देखि कोल्टीसम्म चल्ने मालवाहक तथा जिपहरु ठाउँठाउँमा रोक्दै अर्को सवारी साधनबाट यात्रा गर्नु पर्ने अबस्था रहेको छ । पोहिरोका कारण पूर्वी उत्तरी भेगको कोल्टीका लागि संचालन हुने सवारी साधन ठाउँठाउँमा रोकिनुपर्ने बाध्यता रहेको छ ।बाउली खोला,अनाई खोला,जिल्ली पहिरो लगायतले मार्तडी देखि कोल्टीसम्मको यात्रा निकै असहज बन्दै गएको छ । जसको प्रत्यक्ष असर स्थानिय लगायत सवारीसाधन लाई पर्दै गएको छ ।मार्तडी कोल्टी सडकखण्ड मात्रै नभई जिल्लामा जथाभावीरूपमा खनिएका सडकका कारण जिल्लाका कयौ घर बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।
सदरमुकाम देखि पुर्वि उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडकखण्डको विभिन्न ठाउँमा पहिरो संगै ठुला खोला नाला रहेका कारण बर्षातको समयमा सडक सुचारु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । मार्तडी कोल्टी सडकखण्डको जिल्लीमा गएको पहिरो पन्छाउँन प्रयास गरएि पनि बर्षातको समय भएका कारण पहिरो पन्छाए पनि पुन बगिहाल्ने भएका कारण पहिरो हटाउन नसकिएको र सडक अबरुद्ध भएको उनले बताए । त्यस्तै बाउली खोलामा आएको बाढीले यातायातका साधनहरु वारपार गर्न नसकेको प्रजिअ पौडेलले बताएका छन् । जिल्लीमा पहिरो बग्ने क्रम नरोकिएको त्यस्तै बाउली,अनाई,रजातोली,दानसाघुँ लगायत ठाउँका खोलामा पुर्ण रुपमा बाटो सुचारु गर्न सकिने अवस्था नरहेको प्रजिअ पौडेलले बताउनुभएको छ।यता बडिमालिका नगरपालिका भित्रका सडकहरुको मर्मत गर्नको लागी नगरपालिकाले जेसिवि डोजर खरिद गरेको छ । तर पनि जिल्ली पहिरोको लागी उक्त जेसिवि डोजरले समेत काम नदिने अबस्थामा छ । पहिरो निकै गएकोले ठुलो डोजरको सहायताले पहिरो पन्छाउनु पर्ने देखिन्छ । बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिका जोड्ने मार्तडी–कोल्टी सडकखण्डलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा रूपमा प्रथामिकता दिएको छ । मार्तडी कोल्टी सडक निर्माणका लागि ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारले रकम बिनियोजन गरेको भएपनिसडकको निमार्ण कार्य भने पुरा हुन सकेको छैन् जसले गर्दा हरेक बर्षातको समयमा नागरिक लगायत यातायातका साधनहरुले सास्ती खेप्दै आईरहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर