
खप्तड मालिका न्युज,बाजुराः पहिरोले निर्माण गरीएको भौतिक संरचना माथि ठुलो क्षती पुगेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ बिडापरी देखि गोपीसेरा सम्म निमार्ण गरीएको सिँचाई नहरमा पहिरोले ठुलो क्षती गरेको हो । निर्माण सम्पन्न भएको दुई तिन महिना नबित्दै उक्त सिँचाई नहरमा पहिराले ठुलो असर गरेको छ । चुथीबाट गोपीसेरा हुँदै बिडा सम्म कटान गरीएको कृषि रोडले उक्त निमार्ण गरीएको भौतिक संरचनामा क्षती पुर्याएको हो ।
निमार्ण गरीएको भौतिक संरचना सिँचाई नहर माथिबाट ठुलो पहिरो खसेकोले उक्त सिँचाई नहर अहिले छेदबिच्छेद अबस्थामा रहेको छ । करिब तिस मिटर जति नहर पहिरोले सखाप पारेको छ । नहर माथि ठुला ढुंगा र लेदो सहितको माटोले नहर भाँसिएर काम नलाग्ने अबस्थामा पुगेको छ । भख्खरै निमार्ण गरीएको सिँचाई नहर माथि ठुलो क्षती हुँदा स्थानियहरु चिन्तित बनेका छन् । सिँचाई नहरबाटै स्थानियहरुले घट्ट सञ्चालन गरेका थिए ।अहिले नहर पहिराले सखाप पार्दा पाइप हालेर स्थानियले घट्ट सञ्चालन गरीरहेका छन् । सिँचाई नहर छेदबिच्छेद हुँदा स्थानियलाई अहिले घट्ट सञ्चालन गर्न पनि निकै सकस परेको छ ।
रातभरको लगातार बर्षातले गर्दा कटान गरीएको सडक तलबाट पहिरो खस्दा उक्त सिँचाई नहरमा असर पुगेको हो । सिँचाई नहरमा असर पुग्नुको साथ साथै स्थानियहरुलाई आवतजावत गर्न समेत समस्या भएको हो । माथिबाट ठुलो पहिरो खसेपछि हिड्ने बाटो समेत अप्ठ्यारोमा परेपछि अहिले स्थानिय लगायत गाईबस्तुहरुलाई हिड्डुल गर्न समेत समस्या भएको छ । बर्षौदेखि त्यहि बाटो भएर आउजाउ गर्ने स्थानिय र गाईबस्तुलाई समस्या भएको हो ।उक्त पहिरोले अहिले लाखौको लगानीमा निर्माण गरीएको सिँचाई नहर बिस्थापित भएको छ । अहिले नहर छेदबिछेद अबस्थामा रहेको भएपनि कसैको पनि ध्यान जान सकेको छैन् । बिकाशबादी नेताहरुले गर्दा वडामा कुनै पनि काम राम्रो ढंगले नभएकोे स्थानियहरुले बताएका छन् । सिँचाई नहर बिस्थापित हुनुको मुख्य कारण भनेको कटान गरीएको सडक रहेको स्थानियले बताएका छन् । यदि सडक सहि ठाउँबाट गएको खण्डमा कुनै पनि ठाउँमा यस्तो समस्या हुदैन थियो तर सडक पनि गाउँतिर जानुको साटो जंगलतिर कटान गरीए पछाडी बिपत्ती त्यहि बाट निम्तीएको स्थानियले बताएका छन् ।
सिँचाई नहरको माथिबाट सडक कटान गरीए पछाडी सडकको तलतिरबाट पहिरो खस्दा सिँचाई नहरको संरचनामा क्षती पुगेको हो । लेदो सहितको पहिराले गर्दा नहर पुरिनुका साथै ढुंगा बजारिएर नहर ध्वस्त बनेको हो । पहिराले नहर बिस्थापित हुनुका साथै स्थानियका घाँसेमेला पनि सखाप पारेको छ । नहरको माथिबाट सडक कटान नगरे नहर सुरक्षित हुन्थ्यो,तर सडक कटान गरीए संगै रातभर लगातार बर्षा हुन थालेपछि माटो गल्केर पहिरो गई नहरमा क्षती पुगेको बताइएको छ ।सिँचाई नहरमा पहिराले पुर्याएको क्षती बारे कसैले पनि वास्ता नगरेको देख्दा आफुलाई समेत दुःख लागेको कालाऋृषि युवाक्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन् । पहिराले नहरमा ठुलो क्षती गरेको छ तर यता स्थानिय सरकार तथा वडामा जनप्रतिनिधिहरुले वेबास्ता गरेको उनले बताए । नहरमा क्षती हुनुको पछाडी कृषि सडक नै रहेको उनले बताएका छन् । कृषि सडकले गर्दा त्यहाँको नहर मात्रै नभई अन्य ठाउँका नहर,स्थानियका घाँसेमेला,खानेपानीका टंकीहरु समेतमा क्षती गरेको उनले बताए । जंगलतिरको रोडले कुनै फाइदा नगरी झन घाटा गरीरहेको बताउँदै यसबारे सोच्न जरुरी रहेको उनले बताएका छन् ।
सिँचाई नहरमा पहिरोले ठुलो क्षती पुर्याउदा समस्या थपिएको हो ।बिस्थापित भएको नहर पुनः निर्माण गर्नुपर्ने अबस्थामा रहेको छ । नहर माथिको पहिरो पन्छाउन भने सकस देखिने अबस्थामा छ । नहरको माथि पुरै पहिरो बसेको छ भने ठुला ढुंगा कहिँ रुखका जराहरु समेत अडिएका छन् । अहिले नहरको माथि पाइप हालेर पानी लगिएको छ भने कहिँ नहर चिरा परेको त कहिँ पुरै बिस्थापित भएको छ । नहर माथिको पहिरो पन्छाएर पुनः निर्माण गरी सञ्चालनमा ल्याउनु बाहेक अन्य बिकल्प नरहेको स्थानियले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर