बाजुराः धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका दर्शन गर्न गएकी एक जना बृद्धालाई लेक लागेको छ । अक्सिजनको कमीको कारणले लेक लागेर उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरी कार्यालय बाजुराका अनुसार अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी ६३ वर्षीया वृद्धा पवना खड्कालाई अक्सिजनको अभावले लेक लागेर स्वास्थ्यमा समस्या भएपछि सुर्खेत पठाइएको जनाएको छ । भाद्र २ गते आईतबारको दिन लाग्ने बडिमालिका मेलामा दर्शनका लागि जाँदै गर्दा बीच बाटोमा लेक लागेर अक्सिजन अभाव भएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत पठाइएको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।बुद्धा पवना खड्का त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् । खड्काको अवस्था गम्भीर रहेको बताईएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर