• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाबू- छोराको आवाजमा सजिएको “हितकी परानी”नामक बोलको गित सार्वजनिक

खप्तड मालिका न्युज August 16, 2024 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द राज तिमिल्सेना,साउन ३२ ,बाजुराः सुदुरको शान,बाजुराको माटोले जन्माएको चर्चित देउडा गायक प्रकाश थापा र उनको छोरा आशिष कुमार थापाको आवाजमा सजिएको “ हितकी परानी”नामक बोलको गित साङ्गितिक बजारमा भिडियोसहित सार्वजनिक भएको छ। देउडा तथा ठाडि भाकामा आवाज दिएका गायक थापाले “हितकी परानी”नामक बोलको गित साङ्गितिक बजारमा ल्याएका हुन्।गायक थापा भन्ने बितिक्कै देउडाको हस्तीको रुपमा चिनिने कोकल कण्ठी श्वरमा धनी बाजुरली चर्चित गायक थापा र उनका छोराको आवाजमा सजिएको मार्मिक गित “हितकी परानी ”नामक बोलको गित साङ्गितक बजारमा आएको हो ।

गायक थापाको आफ्नै अफिसियल युउटुब च्यानलबाट शुक्रबार उक्त गीत सार्वजनिक भएको हो। गितमा स्वयम् गायक थापा र उनका छोरा आशिष कुमार थापाले आवाज दिएका छन् । गीतको शब्द संगित  गायक थापाकै रहेको छ । गितमा कृष्ण बाजुरेलीले एरेञ्जर तथा मिक्सिङ गरेका छन् ।गितको निर्देशन लोचन भुसालले गरेका छन।द म्युजिक इरा रेकर्डिङ स्टुडियोमा उक्त गित रेकर्ड गरिएको हो। देउडा गित मार्फत सबैको मन मुटुमा बस्न सफल बाजुरा मात्रै नभई देशभर आफ्नो नाम कमाउन सफल चर्चित देउडा तथा ठाडि भाका गायक थापाका बाबू – छोराको आवाजमा सजिएको “हितकी परानी”नामक बोलको गित साङ्गितिक बजारमा आएको छ । २०५७ सालमा “ सुदुरपश्चिम बिकटै भएनी, सम्झना छ मै मरी गएनी ” नामक देउडा गीतबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले करिब २५/२६ बर्ष लामो सांगीतिक यात्रामा करिब ७००/८०० सय भन्दा बढी देउडा तथा ठाडिभाका लगायत लाईफ देउडा दोहोरी गीतहरुमा आवाज दिसकेका छन् ।गायक थापालाई सुदुरपश्चिमको देउडा गितको राजा भनेर चिनिने गरिन्छ।

गायक थापाले गित सार्वजनिक भए पश्चात् आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट हितकी परानी गीत रिलिज सम्पुर्ण श्रोता दर्शकहरुमा जानकारी गराउदै उनले भनेका छन् । “ सदाको गित भन्दा अलि फरक शैलीको गितमा आफुले नितान्त रहर गरेको छु”साथै आफ्नो छोरा आशिषले प्रयास गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । त्यस्तै बिगतका गीतहरू जस्तै यस गीतले पनि हजुरहरूको माया पाउने आशा राखेको छौं ,उनले लेखेका छन् । अन्य गितहरु जस्तै यो गितले पनि सबैबाट माया ,ममता ,हौसला पाउँने बिश्वास लिएको गायक थापाले बताएका छन्। आफ्नो नितान्त रहर र छोराको प्रयास बाट दुबै बाबू छोराको आवाजमा सजिएको मिठो गित दर्शक श्रोताको माझ छोडेको उनले बताएका छन् । यसले सम्पुर्ण दर्शक श्रोताको मन मुटु जित्ने उनले बिश्वास लिएको बताएका छन्। गित बढिजसो युवा- युवतीहरुको लागी भरपर्दो रहेको छ ।

बाजुराको मोटोमा जन्मेर लामो समयदेखि साङ्गितक क्षेत्रमा होमिदै आएका गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिमेलीको रोजाईमा पर्ने एक असल कर्मठ देउडा गायक हुन् । गायक थापा जति पनि गितहरु साङ्गितिक बजारमा ल्याउछन् त्यति नै गितहरु उनका चर्चामा रहने गर्छन यो बाबू-छोराको आवाजमा सजिएको गितले पनि राम्रो बजार पाउने आशा लिएको गायक प्रकाश थापाले बताएका छन्।लामो समयसम्म देउडा तथा ठाकि भाका गितहरुमा आवाज दिदै आईरहेका गायक थापाले केही फरक शैलीमा फरक तरिकाको गित साङ्गितिक बजारमा ल्याएका छन् । गायक थापाका गितहरु जति पनि साङ्गितिक बजारमा आएका ती गितहरु त्यति नै राम्रा र सबैको रोजाईमा परेका गितहरु रहेका छन् । भने उक्त गितहरुले राम्रो बजार समेत पाएका छन् । पेशाका हिसाबले गायक थापा शिक्षक भए पनि उनले गित सङ्गितको क्षेत्रलाई पनि एकसाथ गर्दै अगाडि बढाएका छन् । गायक थापा संग लामो पेशागत अनुभव समेत रहेको छ ।

पेशागत शिक्षकका हिसाबले पनि उनी सबैको रोजाईमा पर्ने ब्यक्ति रहेका छन् । स-साना बालबालिका देखि बुढापाखाहरुको आँखाको नजरमा सर्वप्रथम गायक तथा शिक्षक थापा पर्ने गरेका छन् । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी जन्मेका उनी लामो समयदेखि साङ्गितक क्षेत्रमा ठुलो योगदान गर्दै आईरहेका छन् ।बाजुरेली देउडा गितको राजा कोकल कण्ठि श्वरका धनी गायक थापा र उनका छोरा आशिष कुमार थापाको आवाजमा सजिएको “हितकी परानी ”नामक बोलको गित शुक्रबार अर्थात आज गायक थापाकै अफिसियल युउटुब च्यानलबाट साङ्गितिक बजारमा आएको हो । गित सङ्गितको क्षेत्रबाट आफ्नो अमुल्य पहिचान बटुल्दै आएका गायक थापालाई यस गितले उनको साङ्गितक क्षेत्रमा एक ईट्टा थप्न सहयोग गर्ने भएको छ । हालसम्म गायक थापाले गायक गितबाट आम दर्शकहरुको माया पाईरहेका छन । गायक थापाले गाएका गितहरुबाट भावबिहोर नहुने कमै मात्रामा भेटिन्छन। यो बाबू-छोराको आवाजामा सजिएको मार्मिक गितले पनि राम्रो बजार पाउँने बिश्वास लगिएको छ ।

गायक थापाका हजारौ गितहरु अहिले पनि उत्तिकै चर्चामा रहेका छन । गंगा जल,आगो सल्किगयो,कन लायो आगो,खाउ भन्या मोहि छैन,पहेली धानका बाला,बसु दतारी नाई,बासन पुरी धान लगायतका कयौ गितले त्यो बेला चर्चा बटुलेका र चर्चा कमाएका गायक थापा अहिलेको समयमा पनि त्यति नै चर्चा कमाउँन सफल रहेका छन ।गित सांगित यात्रालाई सधै आत्मसात गरेर अगाडी बढिरहने गायक थापाले बताएका छन। बढीजसो देउडा गितमा आवाज दिने भएपनि सबै गित संगितलाई उत्तिकै माया गरीरहेको थापाले बताएका छन।चर्चित देउडा तथा ठाडी भाका गायक थापाका बाजुरा बैकुण्ठ रैछ,रुन्या मन बुझाईजा,रेल गाडी लेट भयो,बाजुराको लाठ्या,खोलीको कायाजााल,तारा मधुराई छन,हिमाल राम्रो हिउँले,सिरु पात्या लैलै,गैरी पिपल ढाली,डाँफे हिमालैमा,खाउँ भन्या मोहि छैन,कोहि नेता चिन लाग्या, लगायतका हजारौ संख्यामा चर्चित गितहरु साङ्गितिक बजारमा रहेका छन

भिडियो यहाँ रहेको छ ….

 

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑