• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पुजा सामाग्री सहित सरकारी टोली बडिमालिका प्रस्थान

खप्तड मालिका न्युज August 15, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बाजुराः पूजा सामग्री सहित जिल्ला सदरमुकाम मार्तडीबाट सरकारी टोली बडिमालिका प्रस्थान गरेको छ । बडिमालिका ८ मा रहेको मालिका मन्दिरमा पूजाआजा गरेर सरकारी टोली बडिमालिका तर्फ प्रस्थान गरेको हो।बिहिबार बिहान मालिका मन्दिरमा पुजा गरेर बडिमालिका माताको दर्शनका लागि पूजा सामग्री बोकेर सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरी, नगर उपप्रमुख नन्दाकुमारी थापा,नेपाली सेना,शसस्त्र प्रहरी लगायतको सरकारी टोली बडीमालिकाको तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने यो भन्दा अगाडी नै निर्णय गरेको थियो । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहीत बडीमालिका यात्रा जाने गरेको थियो ।

बडिमालिकाको पूजाका लागि पुजा सामाग्री सहित सरकारी टोली पञ्चेबजा सहित बडिमालिका गएको हो । जिल्लाबाट सरकारी टोली बडिमालिका प्रस्थान गरेसंगै बिधिवत रुपमा बडिमालिका तिर्थयात्रा सुरु भएको छ। बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगायतका विभिन्न ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शनको लागी गईसकेका छन् । जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लोदिन अर्थात भाद्र २ गते मेला लाग्दैछ । बडिमालिका जाने सरकारी टोलीलाई बिधिवत् रुपमा बाजा गाजा सहित बिदाई गरीएको बडिमालिका नगरपालिकाले जनाएको छ । जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र भु स्वर्ग बडीमालिका र बुढीनन्दालाई धार्मीक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यस्तै जनैपूर्णिमाकै अघिल्लो दिन बढालेक, दुनालेक, डडुल्ली, सम्भुसुनन्दा,स्वार्मिकार्तिक सहीतका धार्मीक शक्तिकेन्द्रमा पनि एकसाथ पुजा लाग्ने गरेको छ ।

बडिमालिकाको पुजाको लागी बिहिबार जिल्लास्थित सरकारी टोली पुजासहितको सामाग्री लिएर बडिमालिका प्रस्थान गरेको हो । बडीमालिकाको मेलाका लागि मेला लाग्नुभन्दा चार पाँच दिन अघि नै तीर्थयात्रीहरु बडिमालिका प्रस्थान गरिसकेका छन्। बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणि र खेतीपाती लगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वासले बाजुरा लगायत देशभर तथा भारतबाट समेत तीर्थयात्री बडीमालिका जाने गरेका छन्।बडिमालिकाको र्थियात्राको लागी तिर्थयात्रीहरुको अहिले लावा लस्कर लागेको छ । देशका ठुला शहर काठमाडौ,नेपालगञ्ज,बुटबल,धनगढी,पोखरा,हेटौडा लगायतका दर्शनार्थीहरु बडिमालिकाको दर्शनको लागी मालिका प्रस्थान गरेका छन् । बडीमालिकाको दर्शनपछि धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने लगायत धार्मिक विश्वास रही आएकोले सबैले आफ्नो परिवारको सुख शान्तीको लागी बडिमालिकाको दर्शन गर्ने गरेका छन् भने हजारौ संख्यामा दर्शनार्थीहरु बडिमालिका जाने गरेका छन् ।

sसमुद्री सतहबाट करिब ४ हजार २१९ मिटर उचाइमा रहेकोे बडिमालिका प्राकृतिक सौन्दर्यको खानी,स्वर्गको टुक्रा हो । बडिमालिका क्षेत्र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध तीर्थस्थल हो। यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।समभर भुभाग सेताम्य हिउँले ढाकेका हिमालहरु,अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको बडिमालिकाकालाई सुदूरपश्चिमको गहनाकै रूपमा चिनिने गरीन्छ। बडिमालिकाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छ। यहाँ विशाल फाँटहरू छन्। अनेकन प्रजातिका फूल फुल्छन्। बडिमालिकाले धार्मिक तथा सांस्कृतिक रूपमा पनि धनी रहेको छ । बडिमालिकाको दर्शन गर्नको लागी जाने तिर्थयात्रीको अहिले लावा लस्कर लागेको छ । जिल्ला सदरमुकाममा बडिमालिका जानको लागी बाहिर जिल्लाबाट धेरै संख्यामा तिर्थयात्री आउँनुभएको छ । बडिमालिका दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासरहेको छ।

किबदंन्ती अनुसार बडिमालिका देवी दक्ष प्रजातीकी छोरी श्रृष्टिका स्वामीसँग भएको विवाह पिता दक्ष प्रजाती विपरित भएको हुदा उहाँले आफ्नो यज्ञमा सम्पुर्ण देवि देविता ऋषीलााई आमन्त्रण गरेको तर सत्य देवि शिव अर्घाङ्गीनी सृष्टि कर्ता ,कैलाशपति महादेवलाईु आमन्त्रण नगरेको अपहेलना सहन नसकी सती देविले पिताको योग्य कुण्डमा हाम फालिन जसले गर्दा शिवजीको क्रोधले शति देविको मृत शरिर बोकेर संसार घुम्ने क्रममा बाजुराको मल्लीका गिरी पर्वत मालिका देविको बाँया कुम पतन भएकोले यो स्थान सती देविको शक्ति पीठका रुपमा लिइएको पाइन्छ ।बडिमालिकामा पुजाको लागी डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका सरकारी टोली समेत बडिमालिका प्रस्थान गरेका छन् । ।जिल्लास्थित सरकारी टोली पनि पुजाको सामाग्री लिएर बिहिबार बडिमालिका प्रस्थान गरेको हो ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑