
बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविका शिक्षक विष्णुप्रसाद पाण्डेद्धारा लेखिएको आधारभूत अंग्रेजी व्याकरण पुस्तकको विमोचन गरिएको छ ।आज एक औपचारीक कार्यक्रमका बिच नगरपालिकाको सभाहलमा नगर प्रमुख खड्काद्धारा उक्त पुस्तकको बिमोचन गरएिको हो ।
जिल्लाको हिमाली गाउँपालिका वडा नम्वर ४ घर भई बिगत लामो समयदेखि मालिका नमुना माविमा अंग्रेजी विषय शिक्षकका रुपमा कार्यरत रहेका पाण्डेले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरेर अंग्रेजी व्याकरण पुस्तक प्रकाशन गरेका हुन् । शिक्षक पाण्डेले लेखेको उक्त पुस्तकबाट बडीमालिका नगरपालिकाको सेवा क्षेत्रभित्र लगायत अन्य समग्र जिल्लाहरुका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि सजिलो र बहुउपयोगी हुने भएको छ ।
पाण्डेले लेखेको उक्त पुस्तकबाट बिद्यार्थीहरुलाई ठुलो सहयोग मिल्ने भएको छ । पुस्तक लेखक विष्णप्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन गरिएको विमोचन कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का प्रमुख अतिथि रहेका थिए । त्यस्तै पुस्तक विमोचन कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा, मालिका माविका प्राचार्य शुभराज पाध्याय, विव्यस अध्यक्ष काँशी विक, नगरपालिकाको शिक्षा समितिका सदस्य डम्वर महत, तुलसी नाथ, लक्षी विक लगायतको सहभागिता रहेको थियो ।उक्त पुस्तक बिमोचन कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रंगमल विकले गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर