• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडिमालिका तीर्थयात्रा सुरु,दर्शन गर्ने दर्शनार्थीको लावा लस्कर

खप्तड मालिका न्युज August 14, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,श्रावण ३० बाजुराः बाजुरा जिल्लाको धार्मिक तथा ऐतिहासिक शक्तिपिठ बडिमालिका र बुढीनन्दाको तिर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको तिर्थालु भक्तजनहरुले तिर्थयात्रा सुरु गरेका छन् । बडिमालिकाको तिर्थयात्रा तिर्थालुहरुले अगाडी नै सुरु गरेको भए पनि औपचारीक रुपमा धार्मीक तथा पर्यटकीय गन्तव्य बडीमालिकाको धार्मीक यात्रा बिहीबारबाट सुरु हुने भएको छ । जिल्ला स्थित सरकारी टोली बडिमालिकाको पुजाको लागी औपचारीक रुपमा बिहिबारबाट प्रस्थान गर्ने भएको छ । साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेलाको अवलोकन गर्न तथा बडिमालिका माईको पुजाको लागी जिल्लाभर लगायत छिमेकी जिल्ला अन्य राष्ट्र भारत लगायतका दर्शनार्थीहरु बडिमालिकाको दर्शनको लागी आउँने गरेका छन् ।

बडिमालिकाको पुजाको लागी बिहिबार जिल्लास्थित सरकारी टोली पुजासहितको सामाग्री लिएर बडिमालिका प्रस्थान गर्ने भएको छ । बडीमालिकाको मेलाका लागि मेला लाग्नुभन्दा चार पाँच दिन अघि नै तीर्थयात्रीहरु बडिमालिका प्रस्थान गरिसकेका छन्। बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणि र खेतीपाती लगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वासले बाजुरा लगायत देशभर तथा भारतबाट समेत तीर्थयात्री बडीमालिका जाने गरेका छन्।बडिमालिकाको र्थियात्राको लागी तिर्थयात्रीहरुको अहिले लावा लस्कर लागेको छ । जिल्ला सदरमुकाममा बडीमालिका जाने तिर्थयात्रीहरुको घुँइचो लागेको छ । देशका ठुला शहर काठमाडौ,नेपालगञ्ज,बुटबल,धनगढी,पोखरा,हेटौडा लगायतका दर्शनार्थीहरु बडिमालिकाको दर्शनको लागी जिल्ला सदरमुकाम पुगेका छन् । अहिले बडिमालिकाको दर्शनको लागी दिनहुँ दुई तिन सयको संख्यामा दर्शनार्थी बडिमालिका प्रस्थान गरीरहेका छन् । बडीमालिकाको दर्शनपछि धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने लगायत धार्मिक विश्वास रही आएकोले सबैले आफ्नो परिवारको सुख शान्तीको लागी बडिमालिकाको दर्शन गर्ने गरेका छन् भने हजारौ संख्यामा दर्शनार्थीहरु बडिमालिका जाने गरेका छन् ।

समुद्री सतहबाट करिब ४ हजार २१९ मिटर उचाइमा रहेकोे बडिमालिका प्राकृतिक सौन्दर्यको खानी,स्वर्गको टुक्रा हो । बडिमालिका क्षेत्र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध तीर्थस्थल हो। यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।समभर भुभाग सेताम्य हिउँले ढाकेका हिमालहरु,अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको बडिमालिकाकालाई सुदूरपश्चिमको गहनाकै रूपमा चिनिने गरीन्छ। बडिमालिकाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छ। यहाँ विशाल फाँटहरू छन्। अनेकन प्रजातिका फूल फुल्छन्। बडिमालिकाले धार्मिक तथा सांस्कृतिक रूपमा पनि धनी रहेको छ । बडिमालिकाको दर्शन गर्नको लागी जाने तिर्थयात्रीको अहिले लावा लस्कर लागेको छ । जिल्ला सदरमुकाममा बडिमालिका जानको लागी बाहिर जिल्लाबाट धेरै संख्यामा तिर्थयात्री आउँनुभएको छ । बडिमालिका दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासरहेको छ। बडिमालिकामा आँखै अगाडि देखिने शैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ। बडिमालिका जैविक विविधताका तवरले पनि उत्तिकै महत्वपूर्ण छ। जहाँ थुप्रै वन्यजन्तु, जडिबुटी, तथा चरनक्षेत्र र घाँसे मैदानहरू छन्। अनुपम सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बडिमालिका पर्दै गएको हो।

बडिमालिकाको दर्शनको लागी अहिले दिनहुँ दर्शनार्थीहरु बडिमालिका तर्फ जाने गरेका छन् । किबदंन्ती अनुसार बडिमालिका देवी दक्ष प्रजातीकी छोरी श्रृष्टिका स्वामीसँग भएको विवाह पिता दक्ष प्रजाती विपरित भएको हुदा उहाँले आफ्नो यज्ञमा सम्पुर्ण देवि देविता ऋषीलााई आमन्त्रण गरेको तर सत्य देवि शिव अर्घाङ्गीनी सृष्टि कर्ता ,कैलाशपति महादेवलाईु आमन्त्रण नगरेको अपहेलना सहन नसकी सती देविले पिताको योग्य कुण्डमा हाम फालिन जसले गर्दा शिवजीको क्रोधले शति देविको मृत शरिर बोकेर संसार घुम्ने क्रममा बाजुराको मल्लीका गिरी पर्वत मालिका देविको बाँया कुम पतन भएकोले यो स्थान सती देविको शक्ति पीठका रुपमा लिइएको पाइन्छ । बडिमालिका नेपालका प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र मध्ये एक हो।बडिमालिकाको दर्शन गर्नको लागी दर्शनार्थीहरुको ठुलो भिड लाग्ने गर्छ । बडिमालिकामा पुजाको लागी डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका सरकारी टोली समेत जाने गरेका छन् ।जिल्लास्थित सरकारी टोली पनि पुजाको सामाग्री लिएर बिहिबार प्रस्थान गर्ने भएको छ । विभिन्न बन्यजन्तु ,चराचुरुङ्गी ,खहरे खोला,झरना,डाडापाखा लगायत समथर मैदार हरियाली फाटहरुले त्यहाँका सौन्दर्यता निकै बढाएको छ।कहि उकालो ,कहि ओरालो कहि समथल भु– भाग,अग्ला होचा डाडापाखा,कहालिलाग्दा चट्टाने भिरले पनि बडिमालिकाको शोभा बढाएको छ।लहरैबद्द रहेका हिमाल,ढकमक्क फुलेका फुल,एकआपसमा पौठाजोरि खेलेर हासिरहेका हिमाल,बिहानीको सुर्यको किरणमा नाचिरहेका डाफे मुनालले पनि बडिमालिकाको सौन्र्दयता झनै बढाएका छन् ।

 

सरकारले बडिमालिकालाइ धार्मिक तथा पर्यटकीय क्षेत्र घोषणा गरी दिगो विकासको खाका तयार गरेको खण्डमा मात्रै बडिमालिकाको पर्यटन पर्बद्धनमा टेवा पुग्ने स्थानियहरुमा बिश्वास रहेको छ । समुन्द्री सतहदेखि ४२ सय मिटर उचाइमा रहेको बडिमालिका धाममा पुग्न बाजुराको सदरमुकाम मार्तडी हुादै जादा तीनदेखि चार दिनको पैदलयात्रा गर्नुपर्छ । हरिया र फराकिला पाटन, थुम्का र खोलाहरुको अनुपम संयोजन रहेको यो क्षेत्रमा बर्खायाममा फुलेका रंगिचंगी फुलले जो सुकैलाई आनन्दित बनाउँछ । बडिमालिका मन्दिरको दर्शन गर्नाले मागेको वरदान पाईन्छ भन्ने अगाध जनविश्वासका कारण जनै पुणिर्मामा यहाँ पुग्ने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । प्राकृतिक सुन्दरताको खानी यस क्षेत्रमा बाटोमा खाने, बस्ने होटलहरुको पर्याप्त व्यवस्था नहुदा यहाा आउनेहरु आफैले त्रिपाल, टेन्ट र खानेकुराको जोहो गरेका हुन्छन् । आवश्यक सामग्री बोक्न नसक्ने र जेष्ठ नागरिक, महिलाहरुका लागि यात्रा निकै कठिन र जोखिमपुर्ण हुने गरेको छ । बडिमालिकामा यात्रा गर्ने पथपर्दकहरुको लागी उचित ब्यबस्थापन नहुँदा यात्रीहरुले केहि समसयाहरु झेल्दै आईरहेका छन् । उचित मात्रामा खाने बस्ने लगायतको ब्यबस्था नहुँदा त्यहाँ तिर्थ यात्रा गर्ने यात्रीहरुको लागी प्रमुख समस्या रहेको छ ।सरकारले बडिमालिकाको पर्यटन पर्बद्धन गरी संरक्षित क्षेत्र घोषणा गरी प्रक्रिया अगाडी बढाएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।

बडिमालिका क्षेत्र बाजुरा जिल्लाको मात्रै नभई नेपालको धार्मिक तथा पर्यटकिय क्षेत्र मध्ये एक हो । बडिमालिकामा २ वटा पुजारीहरूले पूजा गर्छन्। यी मध्ये १ जना कालिकोटबाट जान्छन् भने अर्को १ जना बाजुराका पूजारी छन्। पुजा अर्चना संगै विहान हवम शुरु हुन्छ । जौ, तिल, घ्यू , तेल , विधी विधान र मन्त्रबाट हवम कुन्डमा होम भई टिका , तिलक , प्रसाद स्वरुप देविलाई चढाई सम्पुर्ण भतmजन दर्शनार्थीलाई दिइन्छ । देवीको मुल पुजामा पुजारी पैमा निवासी तिमिल्सीना वंसका वा्रहमण बस्छन । र वख्र्याल पुजारी होम कुन्ड तथा त्रिवेणी धाममा बस्दछन् । बडिमालिका माताको पुजा पछी तिर्थयात्री , नाटेश्वरी फर्कन्छन् र पुजा गर्दछन् । डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ। बडिमालिका माईको पुजा आरधनाको लागी देशभरका बिभिन्न जिल्लाहरुमा भक्तजनहरु आउँने गर्छन् । बिहानै उठेर चिसो पानीले नुहाएर बडिमालका मन्दिरमा प्रस्थान गर्ने गरीन्छ अनि पुजारीले पुजा लगाउँन सुरु गरीसके पछि मन्दिर परिसरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्छ । बडिमालिका माताको पुजा गरेपछि सबै प्रकारका पाप नष्ट हुने धार्मिक बिश्वास रहेकोले सबै भक्तजनहरुले बडिमालिकाको पुजा आरधना गर्ने गर्छन् र घरपरिवारको सुख शान्तिको लागी शुद्ध मनले बडिमालिका माईको नाप जप्ने गर्छन् ।

अहिलेको बर्ष पनि बडिमालिका माईको पुजाको लागी टाढाटाढा बाट दर्शनार्थीहरु आएका छन् । छिमेकी जिल्ला कालिकोट, मुगु, हुम्ला र जुम्ला काठमाण्डौं लगाएत देशका विभिन्न स्थानबाट समेत दर्जनौ तिर्थालु टोलीहरु बडिमालिकाको दर्शनको लागी आएका छन् । बडीमालिका माईको दर्शनका लागि विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तीथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गड्वाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेका छन् । बडीमालिका माइको पूजा गर्दा मनले सोचेको इच्छा चाहना पुरा हुने,सन्तान प्राप्ती हुने,परिवारको सुख शान्ति लगायत पाप नष्ट हुने बिश्वासले धेरै मात्रामा दर्शनार्थीहरु बडिमालिका जाने गर्दछन् । । बडिमालिका मात्रै नभई जिल्लाको धार्मिक स्थल बुढीन्दामा पनि सोहि दिन पुजा हुने गरेको छ । बडिमालिका जस्तै बुढीनन्दा जाने दर्शनार्थीहरुको पनि ठुलो भिड लाग्ने गरेको छ । त्यस्तै नाटेश्वरी, स्वामीकार्तिक,बडालेख, दुनालेक, लगायतका शक्तिपिठहरुमा पुजा लाग्ने गरेको छ । बडिमालिका लगायत अन्य शक्तिपिठहरुको पुजाआरधनाको लागी टाढाटाढा बाट तिर्थालुभक्तजनहरु आउँने गरेका छन् ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑