खप्तड मालिका न्युज,श्रावण २९,बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा नम्बर ७ मा रहेकाे सरस्वती टोल विकास समितिले रेलिङ सहितकाे काठेपुल निर्माण गरेकाे छ । टाेल बिकास समितिकाे जनश्रमदान र समाजसेवी युके निवासी पुष्पा राईकाे आर्थिक सहयाेगमा बाटाे र रेलिङ सहितकाे काठेपुल निर्माण गरिएकाे सरस्वती टाेल बिकाश समिति अध्यक्ष दिपेश कुमार तिमिल्सेनाले बताएका छन् ।
उनले दिएकाे जानकारी अनुसार टोलबासीको जनश्रमदान र सामान खरिदका लागि युके निवासी पुष्पा राईकाे आर्थिक सहयोगबाट उक्त बाटाे र रेलिङ सहितकाे काठेपुल निर्माण गरिएको हो बताएका छन्।टाेल समितिकाे ५० प्रतिशत जनश्रमदान र समाजसेवी पुष्पा राईको आर्थिक सहयोगमा सरस्वती आधारभुत बिध्यालय जानको लागी रेलिङ सहितको काठे पुल र बाटाे निर्माण गरिएको टोल बिकास समिति अध्यक्ष तिमिल्सेनाले बताएका छन् । काठेपुल संगै बिध्यालय जाने २ सय ५० मिटर पिसिसि बाटो समेत निर्माण गरिएकाे उनले बताए ।
बडिमालिका नगरपालिका वडा नम्बर ७ ले वडामा महिनाकाे २ दिन श्रमदानमा बिकास निर्माणकाे काम गर्नुपर्ने निर्णय गरेकाे थियाे भने सबैभन्दा पहिला जनश्रमदान बडिमालिका ७ ढम्कनेबाट सुरु गरिएको थियाे । फेरि पनि ५० प्रतिशत जनश्रमदानमा सरस्वती टाेल बिकाश समितिले रेलिङ सहितकाे काठेपुल र बाटाे निर्माण गरेकाे हाे।सरस्वती टोल विकाश समितिले याे भन्दा अगाडि पनि विभिन्न समयमा जनश्रमदान गरेर विकास निर्माणमा सहयाेग पर्याउदै आएको छ । बर्षातकाे समयमा काठेपुल र बाटाे निर्माण भए पछि बिद्यालय जान बर्षातकाे समयमा सहजता मिल्ने स्थानियहरुले बताएका छन्। बिद्यालका बिद्यार्थी मात्रै नभई सम्पुर्ण टाेलबासिहरुलाई बाटो र काठेपुल निर्माण भए पछि सहजता हुने भएको छ ।
टाेल बिकाश समिति द्वारा निर्माण गरिएको काठेपुलकाे आज एक कार्यक्रममा बिच उद्घाटन गरिएको हाे। बर्षातको समयमा बिध्यालय जाने बालबालिका र स्थानियलाई सहजता हाेस् भन्ने उदेश्यका साथ टाेल बिकाश समितिकाे श्रमदान र केही आर्थिक सहयाेगमा बाटाे र रेलिङ सहितकाे काठेपुल निर्माण गरि सञ्चालनमा ल्याईएकाे सरस्वती टाेल बिकाश समितिले जनाएको छ । टाेल बिकाश समिति द्वारा काठेपुल र बाटाे निर्माण भए संगै बिद्यालय जाने बिद्यार्थी र स्थानीय खुसि भएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर