• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्याउ बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले सहयोग गर्ने

खप्तड मालिका न्युज August 12, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

संगिता तिमिल्सेना, साउन २८, बाजुराः बाजुरामा उत्पादन भएका स्याउ बजारिकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका,गौमुल गाउँपालिकाका विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुने भएपनि बजारिकरणका लागि समस्या हुने भएकाले यस वर्ष पनि बाजुरामा उत्पादित स्याउको बजारिकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको हो ।

अहिले स्याउको बजारिकणमा सहयोग तथा बाजुरामा स्याउ खेती व्यवसायको संभावना अध्ययनका लागि कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्रविधिकको टोली सहित कृषकका बारीमा पुग्न थालेको छ । बाजुरामा कृषि उपजहरु पर्याप्त मात्रामा उत्पादन हुने संम्भावना भएपनि कृषकले विभिन्न समस्याका कारण चाहेजस्तो उत्पादन गर्न नसकेको र गरेपनि बजारिकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि स्वयंम कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्रविधिकको टोली सहित कृषकका बारीमा पुगेको कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाजुरा गत साता मात्रै यो वर्ष फलेको स्याउ, बाटो र बजारीकरणको अवस्था बुझ्न बाजुराको सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र बुढीनन्दा नगरपालिका वडा नं ९ मा रहेको अंगाउपानीमा पुगेको थियो । उत्पादनबाट मात्रै बाजुरालाई समृद्ध बनाउन सकिन्छ भन्ने अभियान सहित कृषि ज्ञानकेन्द्र बाजुराले एक वर्षमा मात्रै स्याउ सहित ४३ हजार बिरुवा रोपेको बताएको छ ।बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ अंगापानीका रहेको साहारा स्याउ फारमका संचालक उज्वल रावतले व्यवसायिक स्याउ खेतीबाट एक सिजनमा ६ सय क्विन्टल स्याउ उत्पादन गर्ने गर्नुभएको छ । स्याउ व्यवसायबाटै वार्षिक १२ देखि १५ लाख नगद कमाउँदै आएका उहाँले आफुले विभिन्न सिजनमा विभिन्न किसिमका स्याउ फलाएपनि सोचेजस्तो बजार नभएकाले उत्पादन भएको आधाजती स्याउबाट उपलब्धी लिन नसकिएको गुनासो गर्नुभयो ।

स्याउ बजार पुग्नुभन्दा अगाडी नै प्रयोगमा ल्याउनका लागि चिप्स लगायत अन्य कुनै परिकार बनाउनका लागि आवश्यक स्रोत साधन र बजार नभएको र स्याउ नै बजार पुर्याउँदासम्म ५० प्रतिशत उत्पादन खेर जाने भएको उहाँको भनाई छ । बाजुरामा सबैभन्दा बढी स्याउ उत्पादन उत्तरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हुने र मार्तडी–कोल्टी सडकले यो क्षेत्रलाई जोड्ने गर्दछ । वर्षायाममा ४२ किलोमिटर रहेको मार्तडी–कोल्टी सडकखण्डमा ३ वटा गाडी चढेर केही बाटो पैदल यात्रा गर्नुपर्ने हुन्छ । सो सडकमा पर्ने अनाई, बाउली र बड्डीगाड खोलामा पक्की पुल बनेका छैनन भने कुनै ठाँउ पहिरोले अवरुद्ध छ । उत्पादन व्यवस्थापनका लागि  कोल्ड स्टोर नभएको र कुनै स्थानमा भएपनि नियमित बिद्युत नहुँदा संचालनमा आउन नसकेको र असोजमा बाटो खुल्दासम्म स्याउ बारीमै कुहिएर खेर जाने व्यसायीको दुखेसो छ ।

यो वर्ष कृषि ज्ञानकेन्द्र बाजुराले बजारीकरण ढुवानी तथा अन्य का लागि सहयोग गर्ने भएको हो । कृषि ज्ञानकेन्द्र बाजुरा प्रमुख भुमिराज उपाध्यायले भन्नुभयो “हामीले बाजुराको स्याउ बजारिकरणका लागि निति तथा कार्यक्रममा समावेश गरेर प्रदेशमा पठाएका थियौँ, सोका लागि कार्यक्रमम समावेश पनि भएको छ , अहिले सरकार गठनको प्रकृया रहेकाले प्रदेशको बजेट नै अलमलमा छ, सरकार गठनको भै कार्यक्रम कार्यान्वयन गर्न सुचारु भएमा बाजुराको स्याउ बजारिकणको कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ ।”

कृषकको बारीमा पुगेर स्याउ बजारिकरणका लागि स्याउ प्याकिङ्गगर्न कार्टुन, ढुवानी, बजार खोज्ने काम कृषि ज्ञानकेन्द्रले गर्ने र यसमा सहयोग गर्न बाजुरा जिल्लाका सम्बन्धित सबै पालिकाका कृषि विकास शाखा, सहकारी र स्थानिय व्यापारीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑