• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रत्येक शनिबार गुगलमिट मार्फत जिल्ला बासीका समस्या बुझ्दै : मन्त्री पाण्डे

खप्तड मालिका न्युज August 12, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,श्रावण २८, बाजुराः हरेक हप्ताको शनिबार नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री ब्रदी प्रशाद पाण्डे गुगलमिट मार्फत जिल्ला बासीहरुका समस्या बुझ्नको लागी केन्द्रित हुनुहुन्छ । जिल्लाको समयसामयिक गतिबिधि,जिल्लाबासीहरुले संस्कृति,पर्यटन लगायतका कुराहरुमा भोग्दै आईरहेका समस्याहरु बुझ्नको लागी प्रत्येक हप्ताको शनिबार बेलुकी सात बजे पछाडी उहाँ करिब एक डेढ घण्टा जिल्लाबासीहरु संग केन्द्रित रहेर जिल्लाबासीहरुले भोगेका देखेका कुराहरु आफुले पनि ग्रहण गर्नको लागी उहाँ जिल्लाबासीहरु संग जोडिनुहुन्छ ।शनिवारको दिन समान्यतया अफिसियल कामको बोझबाट मुक्त रहेर पारिवार र आफन्तसँग समय बिताउने दिन भएता पनि मन्त्री पाण्डे भने शनिबारको दिनमा पनि निकै ब्यस्त देखिनु हुन्छ । शनिबारको दिनमा पनि उहाँले आफ्नो कामलाई निरन्तरता दिईरहनु भएको छ ।

जिल्लाबासीहरुका समस्या संगै जिल्लाका नागरीक तथा सरोकारवालाहरुका राय संकलन गरेर पर्यटनको क्षेत्रमा थप अगाडी बढ्न सहजता मिलोस् भनेर उहाँले हरेक हप्ताको शनिबार गुगलमिट मार्फत जिल्लाका नागरीक तथा सरोकारवाला संग सुझाव संकलन गर्ने गरेका छन् ।संस्कृति ,पर्यटन तथा नागरीक उड्ययन मन्त्री भएपछि पाण्डेले जिल्लाको विकाशमा टेवा पुग्ने,जिल्लाबासीहरुका समस्या समाधान तर्फ लाग्ने र मन्त्री हुँदा गर्नुपर्ने कार्यहरुको राय सुझाव संकलन गर्न इन्टरनेटको पँहुचमा भएका नागरीक तथा सरोकारवाला संग उहाँले गुगलमिट मार्फत राय संकलन गरीरहेका छन् । जिल्लाको सम्भावना चुनौती र विकाश निमार्णमा मन्त्रीले देल्नुपर्ने भुमिका,जिल्लाका जनसवालको बारेमा मन्त्रीले गर्नुपर्ने कार्य,लगायतका बिषयमा सुझाव संकलन गरेर विकाश र पर्यटकिय क्षेत्रको विकाशकालागी आगामी रणनितिका लागी उहाँले जिल्लाबासीहरु संग सुझाव संकलन संगै जिल्लाबासीहरुका समस्या बुझ्दै आईरहेका छन् ।

शनिवार मान्त्रालयहरु बन्द रहे पनि हवाइ सुरक्षाका विषयमा सम्बन्धित अन्य मन्त्रालयका मन्त्रीहरुको निवास मै पुगरे आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल गर्ने काममा नै उहाँ व्यस्त हुनुहुन्छ । शनिबारको दिन बेलुकी सचिवालयको टिम गुगलमिट र फोन मार्फत जिल्लाबासीसँग नियमित भेटघाटका तथा जिल्लाको पर्यटनको सम्भावना चुनौती लगायतका बिषयमा छलफल गर्नको लागी मन्त्री पाण्डे गुगलमिट मार्फत जिल्लातिर केन्द्रित हुनुहुन्छ ।गएको शनिबारमा सुरुमा नै उहाँले जिल्लामा करेन्ट लागेर एक जनको मृत्यु भएको र जिल्लाको दुर्गम उत्तरी भेगको हिमाली गाउँपालिका ३ को गोरुखर्कमा गएको पहिरोमा परी चार जना घाइते भएको खबरबाट दुखित भएको सुनाउँदै ती घटनाको बारेमा आफु बिस्तृत रुपमा लागीपर्ने समेत उहाँले बताउनुभयो ।घाईते भएका आफन्तसँग समेत कुराकानी गर्दै समस्याका प्रशासनिक रूपमा उद्वार र राहतमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै शनिबार करेन्ट लागेर ज्यान गुमाएका बडिमालिका नगरपालिका ७ का ३३ बर्षिय मन बहादुर बिष्टको बारेमा पनि जानकारी लिदै सक्रिय रुपमा लागी पर्ने समेत गुगलमिट मार्फत उहाँले बताउनुभयो ।

पहिलोपटक मन्त्री बन्नु भएका युवा नेता पाण्डे गृह जिल्ला बाजुराबासीका पीर मर्काहरू प्रति सजग र सचेत रूपमा देखिनु भएको छ । मन्त्री एक महिना नपुग्दै एक पछि अर्को गरी भएका हवाई दुर्घटनाका कारण उहाँले जिल्ला मै पुगरे स्थानीयबासीसँग खुशी साटासाट गर्ने तथा सुखःदुःख का कुरा गर्ने समय निकाल्न सक्नु भएको छैन । तर पनि जिल्लाको गरिबी ,भौगोलिक विकटताका साथै अभावलाई नजिकबाट नियाल्नु भएका मन्त्री पाण्डे मन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै प्रत्येक हप्ताको शनिबार गुवलमिट र फोन कल मार्फत जिल्लाबासीका समस्या सुन्ने र समस्या समाधानका लागि पहल कदमी गर्दै आउनु भएको छ ।गुगलमिट मार्फत हरेक हप्ताको शनिबार जिल्लाबासीहरुका दुख पिडा समस्या तथा भोगाईहरु बुझ्नको लागी मन्त्री पाण्डे भर्चुअल रुपमा शनिबार जिल्ला केन्द्रित रहेर समस्या संगै सबैका राय संकलन गर्नमै ब्यस्त हुनुहुन्छ ।जिल्लाको समग्र पर्यटन विकाशको लागी सबैबाट सुझाव संकलन गरेर मन्त्री पाण्डे अगाडी बढीरहनुभएको छ ।

गुगलमिटमा कुराकानी गर्दे प्रचुर सम्भावना बोकेका जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिका,बुढीनन्दा,पादुकाधाम,त्रिबेणीधाम,नाटेश्वरी रानीशैन,कालाजग्रा,लगायतका ठाउँहरुको पर्यटन प्रर्बद्धनको लागी मन्त्रालयका तर्फबाट हुने सम्पुर्ण काम कतब्र्य चुक्न नदिने समेत उहाँले बताए। जनैपुर्णिमाको बेला बडिमालिका, बुढिनन्दा लगायतका मन्दिरमा लाग्ने मेलाको सुरक्षाबारे मन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग यसबारे गम्भीर रूपमा कुराकानी गरेर प्रवन्ध मिलाउने समेत बताए। जिल्लाका स्थानीयहरूले साँफे मार्तडी सडक खण्डको नियमित सञ्चालन हुनु पर्ने,धार्मिक पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुका साथै जिल्लामा शान्ति सुरक्षा र समसामयिक विषयमा ध्यान दिन अनुरोध गर्दै आउनु भएको छ ।त्यसको लागी पनि आफु निरन्तर लागी परेको र मन्त्रालयका तर्फबाट कुनै कसर बाँकी नराख्ने उनले बताए । प्रत्येक शनिबार बेलुकी गुगलमिट मार्फत जिल्लाबासीहरुका समस्या,राय सुझाव संकलन गरेर आफु सोहि अनुसार अगाडी बढ्ने पनि मन्त्री पाण्डेले बताए ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑