खप्तड मालिका न्युज,श्रावण २८,बाजुराःनेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य माननीय जुना दानीले बाढी पहिरोका कारण अबरुद्ध भएको साँफे–मार्तडी र मार्तडी–कोल्टी सडकखण्डको यातायात आवागमन चाँडो सञ्चालन गर्न प्रदेश सरकारले उचित ध्यान दिनुपर्ने बताएकी छन् । प्रदेश सभाको पाँचौ अधिवेशनमा बोल्दै माननिय दानीले बर्षाका कारण साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक अवरुद्ध भएकोले चाँडै सञ्चालन गर्न सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् । मार्तडी कोल्टी सडकखण्डमा अबिरल बर्षातका कारणले सडक माथिबाट पहिरो गई सडक अबरुद्ध भएकोले उक्त अबरुद्ध भएको सडक चाडो सञ्चालन गर्न उनले माग गरेकी हुन् ।
त्यस्तै जिल्लाको हिमाली गाउँपालिकामा पहिरोले परेर घाइते भएका ब्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताएकी हुन् ।खर्कबाट घर फर्किने क्रममा बीच बाटोमा आएको पहिरोमा परि तीन वालिका सहित एक जना वृद्ध गम्भीर घाईते भएका थिए । पहिरोमा परेर १३ वर्षीया प्रेमकला बुढा, १३ वर्षीया ललिता बुढा, ११ वर्षीया अनौटी रोकाया र ५० वर्षीय हंस बुढाका परिवारले उचित क्षतिपूर्ति र घाइतेको उपचारमा प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताएकी हुन् । बैठकको सुरुवातमै समय लिैदै उनले सो माग गरेकी हुन ।सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आइतबारदेखि शुरु भएको हो । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।सो अवसरमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सामयिक राजश्व संकलन सम्वन्धी व्यवस्था गर्न बनेको पारित अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरे ।
सो अवसरमा बोल्दै माननिय जुना दानीले लामो समयदेखि अबरुद्ध भएको मार्तडी कोल्टी सडकखण्ड चाडो सञ्चालन गरी यातायातको आवागमनमा सहज पुर्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् । लामो समयसम्म पनि अबरुद्ध सडक सञ्चालनमा नआउँदा यातायातका साधन लगायत स्थानियलाई दैनिक आवतजावतमा समस्या भईरहेको भन्दै प्रदेश सरकारले सडक सञ्चालनको लागी उचित ध्यान दिनुपर्ने बताएकी हुन् । अहिले अबरुद्ध सडकले जिल्लाको दैनिक जनजिवन कष्ठकर बन्दै गएकोले अबरुद्ध भएको सडक चाँडो सडक सञ्चालन गरी दैनिक जनजिवनलाई सहज पुर्याउन उनले सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् । पहिरोमा परेकाहरुको उचित क्षतिपूर्ति र घाइतेको उपचार संगै अबरुद्ध भएको सडकखण्ड चाँडो सञ्चालन गरी यातायातको आवागमनमा सहजता ल्याउँन प्रदेश सरकारले ध्यान दिएर काम अगाडी बढाउनु पर्ने उनको माग रहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर