
बाजुराः राष्ट्रिय युवा अधिकार महाभेला २०८१ को अवसरमा यूथ एड्भोकेसी नेपालले बाजुराका पत्रकार भोविन्द्र बहादुर शाहलाई सम्मान गरेको छ ।पत्रकारितामार्फत युवाहरूको हक अधिकार सुनिश्चित गर्न गराउन एक दशकदेखि सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई शनिबार एक कार्यक्रमका साथ सम्मान गरेको यूथ एड्भोकेसी नेपालले जनाएको छ ।
बाजुराका स्थायी निवासी रहेका पत्रकार शाह एक दशक भन्दा बढी समयदेखि संघीय राजधानी काठमाडौँमा रहेर पत्रकारितामा संलग्न रहेका छन् । उनले विभिन्न एफएम रेडियो, अनलाइन न्यूज पोर्टलदेखि टेलिभिजन पत्रकारिताको अनुभव हासिल गरेका छन् ।उनले शिक्षा, स्वास्थ्य, युवा एवं समसामयिक सामाजिक विषयबारे कलम चलाउँदै आएका छन् ।पत्रकारीताको क्षेत्रमा ठुलो अनुभव बटुलेका शाहलाई यूथ एड्भोकेसी नेपालले राष्ट्रिय युवा अधिकार महाभेला २०८१ को अवसरमा सम्मान गरेको हो ।नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पत्रकार शाहलाई सम्मान पत्र सहित सम्मान गरेका हुन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर