
बाजुराः जिल्लाको हिमाली गाउँपालिकामा पहिरोमा परेर ४ जना गम्भीर घाईते भएका छन । खर्कबाट घर फर्किने क्रममा बीच बाटोमा आएको पहिरोमा परि तीन वालिका सहित एक जना वृद्ध गम्भीर घाईते भएका हुन । घाइते हुनेमा १३ वर्षीया प्रेमकला बुढा, १३ वर्षीया ललिता बुढा, ११ वर्षीया अनौटी रोकाया र ५० वर्षीय हंस बुढा रहनुभएको वडा.नं. तिनका वडाअध्यक्ष मंगल बुढाले जानकारी दिनुभयो ।
घाईतेको टाउको, आखाँ ढाड, कम्मर, र हात खुट्टा लगायतका भागमा गम्भीर चोट लागेको छ । घटनास्थलबाट उद्धार गरि उनिहरुको उपचार भईरहेको र घाईते सवैको अवस्था गम्भीर रहेको वडाअध्यक्ष बुढाले बताउनुभयो । घटना वारे जानकारी पाए लगत्तै तत्काल आफु घटनास्थल पुगेर घाईतेको उपचारमा संलग्न भएको बताउनुभयो । बौडीबाट हुम्ला नजिक हुँदा तत्काल उपचारका लागि त्यहाँका स्वास्थ्यकर्मी बोलायर उपचार हुँदै गरेको र बौडीका स्वास्थ्यकर्मीलाई खवर भएको उहाँले बताउनुभएको छ । घाईतेको अवस्था हेरेर थप उपचारको ब्यवस्था गरिने वडाअध्यक्ष बुढाले बताउनुभएको छ ।
आज बिहान ९ बजे पशु वस्तु राख्ने ठाउँ ढिकुबाट बौडी जाने क्रममा ढिकु भन्दा अलि तल पट्टी आएको पहिरोमा परी उनिहरु घाईते भएका हुन । खर्कबाट बौडी सर्ने क्रममा गोठाला सहित पशु वस्तु पहिरोमा परेका वडाअध्यक्ष बुढाले बताउनुभयो । वर्षातको समयमा आएको पहिरोमा परि गोठाला सहित दर्जनौ पशु वस्तु घाईते भएका छन । पहिरो र खोलामा परेर केही पशु वस्तु मरेका र कतिपय घाईते भएका छन । बाटोमा हिडिरहेका बेला अचानक पहिरो आएको स्थानीयले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर