• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्थानीय तहका प्रशासकीय अधिकृत जिल्ला बाहिर,सेवा लिन जाने सेवाग्राही रित्तो हात घर फर्किन बाध्य

खप्तड मालिका न्युज August 10, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,श्रावण २६ बाजुराः संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको भए पनि जिल्ला बाजुराका स्थानिय तह भने करिब तिन सातादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन रहेका छन्। सरकारले स्थानिय तह नछोड्न आग्रह गरे पनि बाजुराका स्थानिय तहका प्रशाशकीय अधिकृत भने वर्षायाममा कार्यक्षेत्रबाट बाहिर रहेका छन् । जिल्लाका स्थानिय तहहरुमा प्रशाशकीय अधिकृत नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको थियो ।तर बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् ।

गत आर्थिक वर्ष २०८०-८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् ।९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्न पाध्याय बाहेक बडीमालिकाका बमबहादुर केशी, बुढीनन्दाका सन्तोष शाह, त्रिवेणीका चिरन्जिवि प्रसाद शाह, बुढीगंगाका नरेन्द्र नाथ, गौमुलका जगदिश प्रसाद भट्ट, स्वामीकार्तिक अमरबहादुर रोकाया, हिमालीका राजबहादुर भण्डारी र जगन्नाथ गाउँपालिकाका रविन्द्र बहादुर शाही जिल्ला बाहिर रहेका छन् ।

एमाले काँग्रेस गठबन्धनको सरकार बनेपछि कोहि मन्त्रीलाई बधाई दिन त कोहि नेताहरुलाई भेट्न काठमाडौँ लगायत अन्य कामको शिलसिलामा जिल्ला बाहिर गए पछि जिल्लामा सेवाप्रवाह तिन सातादेखि प्रभावित बनेको छ । लामो समयसम्म स्थानिय तहहरुमा अधिकृत नहुँदा यहाँका स्थानिय मर्कामा परेका छन् । अहिले खप्तड छेडेदह गाउँपालिका बाहेरक अन्य कुनै पनि स्थानिय तहहरुमा जाँदा प्रमुख प्रशासकीय अधिकृत भेटिदैनन् । स्थानीय तहहरु अहिले निमित्तको भरमा दिएर प्रमुख प्रशासकीय अधिकृतहरु जिल्ला बाहिर रहेका छन् । सरकारले मनसुन अबधिभर स्थानीय तह नछोड्न आग्रह गरेको भए पनि बाजुराका स्थानीय तहहरुका प्रशाशकीय अधिकृतहरु भने निमित्तको भरमा छोडेर आफुहरु जिल्ला बाहिर रहेका छन् । साउन महिनाको अन्तिम सातासम्म पनि प्रमुख प्रशासकीय अधिकृतहरु कार्यक्षेत्रमा नआएपछि स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीहरु भने रित्तो हात घर फर्किने गरेका छन् ।जिल्ला सदरमुकाम मार्तडी लगायत अन्य स्थानिय तहहरुमा सेवा लिन गएका अधिकाँस स्थानीयहरु प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा सेवा नलिएर रित्तै हात घर फर्किन बाध्य रहेका छन् ।

सरकारले मनसुन अवधिभर प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको छ । तर पनि बाजुराका प्रशासकीय अधिकृतहरु भने मनसुन अवधिमा कार्यक्षेत्र छाडेर जिल्ला बाहिर रहेका छन् ।स्थानिय तहहरुमा प्रमुख प्रशाशकीय अधिकृत नहुँदा दैनिक कामकाजमा समस्या हुँदै आएको स्थानियहरुले बताएका छन् । “केहि कामको लागी स्थानिय तहहरुमा गए पनि अधिकुत हुनुहुन्न उहाँ आए पछि मात्रै काम हुन्छ भनेर स्थानीय तहका कर्मचारी भन्नुहुन्छ अनि कामै नगरेर रित्तो हात फर्किनु पर्छ”उनीहरुले बताएका छन् । अन्य जिल्लाहरुमा सेवाप्रवाह चुस्तदुरुस्त बनाउँन दिनरात अधिर्कतहरु लागी परेका छन् भने बाजुराका स्थानीय तहका अधिकृत बिभिन्न कामको बहानामा जिल्ला बाहिर रहेका छन् । स्थानीय तहहरुका प्रशाशकीय अधिकृत कहिले कार्यक्षेत्रमा फर्किनु हुन्छ भनेर सोध्दा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने “जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई गृहमन्त्रालयको पत्राचार अनुसार निर्देशन गरिसकेको भए पनि अझै कार्यक्षेत्रमा आउनु भएका छैनन्”। जिल्ला बाहिर रहेका प्रमुख प्रशासकीय अधिकृतहरु फोन सम्पर्कमा रहेकाले केहिदिन भित्रै कार्यक्षेत्रमा आईपुग्ने अधिकारी पौडेलले बताएका छन् । स्थानीय तहहरुमा प्रशाशकीय अधिकृत बिहिन हुँदा दैनिक कामकाजमा समस्या हुँदै आईरहेको छ भने सेवा लिन स्थानीय तह पुगेका सेवाग्राही निरास भएर घर फर्किन बाध्य रहेका छन् ।

 

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑