
गोबिन्द्र राज तिमिल्सेना,श्रावण २६,बाजुराः जिल्लाको पुर्वि उत्तरी क्षेत्रका चारवटै पालिकाका स्याउ कृषकहरु यतिबेला अबरुद्ध मार्तडी- कोल्टी सडकखण्ड सञ्चालनको पखाईमा रहेका छन् ।आफुहरुले बारीमा लगाइएको स्याउ ढुवानीको लागी उनीहरु सडक सञ्चालनको पखाईमा रहेका छन् । खेतबारीमा लटरम्म स्याउ फलाएका स्याउ कृषकहरु अहिले बजारीकरण गर्नको लागी सडक सञ्चालनको पखाईमा रहेका छन् ।
पूर्वी उत्त्री क्षेत्रका चारवटै पालिका हिमाली, स्वामिकार्तिक, जगनाथ र बुढीनन्दाका स्याउ किसानहरु यतिबेला स्याउको बजारीकरणमा लागेका छन् । साउन महिनाको अन्तिमदेखि भदौमा जिल्ला सदरमुकाम लगायत देशका ठुला सहर धनगढी, काठमाण्डौँ,नेपालगञ्ज लगायतका ठाउँहरुमा यहाँका स्याउ कृषकहरु स्याउ बिक्रीका लागि बजारीकण गर्ने गर्दछन् । तर उनीहरुको खेतमा लटरम्म स्याउ फलेको भएपनि अबरुद्ध मार्तडी- कोल्टी सडकखण्ड सञ्चालनमा आउँन नसक्दा बजारीकरणमा समस्या भएको स्याउ कृषकहरुले बताएका छन् । पाँच साता भन्दा बढी समयदेखि अवरुद्ध बनेको मार्तडी कोल्टी सडकखण्ड अहिलेसम्म पनि सञ्चालनमा आउँन नसक्दा बारीमा उत्पादन गरीएको स्याउ बिक्रीका लागि बजारसम्म पुग्न समस्या भएको स्याउ कृषकहरुले दुखेसो गरेका छन् ।
सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्ड अबरुद्ध भएको लामोसमय बितिसक्दा पनि सञ्चालनमा नआउँदा स्थानियले उत्पादन गरेको स्याउ बारीमै थन्किएको हो । सडक सञ्चालन भएको खण्डमा यतिबेला यहाँको स्याउ बाहिर जिल्ला सम्म पुगिसक्थ्यो अहिले सडक सञ्चालन नहूँदा स्याउ बारीमै थन्किएको एक जना स्याउ कृषक धन रावलले बताएका छन् । उनले भने “अहिले बारीमै स्याउ राताम्मे छ,पहिला कतिबेला पाक्छ भनेर पखाईमा थियौ,अहिले स्याउ लटरम्म पाक्यो तर सडक सञ्चालनमा नहुँदा समस्या भयो”उनले बताए । अबरुद्ध मार्तडी कोल्टी सडकखण्ड कहिले सञ्चालन हुन्छ भनेर यहाँका स्याउ कृषक पखाईमा रहेको उनले बताए । गाउँमै स्टोर गरौ ठाउँ छैन्,निमार्ण गरीएको सितभण्डार सञ्चालनमा छैन्? बजारीकरण गरौ सडक सञ्चालनमा छैन्?समस्या माथि समस्या थपिएको किसान रावलले दुखेसो ब्यक्त गरेका छन् ।
जिल्लाको माथिल्लो चारवटै पालिकामा स्याउ उत्पादन हुने गरेको छ । बढीजसो स्वामिकार्तिक गाउँपालिकामा स्याउ उत्पादन हुन्छ भने हिमाली,बुढीनन्दा,र जगनाथमा पनि स्याउ राम्रो उत्पादन हुने गरेको छ ।जिल्लाको ५ स्थानीय तहमा स्याउ खेतीको लागि उपयुक्त हावापानी रहेको छ। जिल्लाको बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका स्याउ खेतीका लागि उपयुक्त ठाउँ हुन्। बाजुरामा स्याउ खेतीका लागि २५ सय हेक्टर क्षेत्रफल उपयुक्त छ। तर, अहिलेसम्म करिब पाँच छ सय हेक्टर क्षेत्रमा मात्रै स्याउ खेती गर्न सकिएको सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गाला प्रजातिको स्याउ खेती गर्ने गरीएको छ।जिल्लामा उत्पादित स्याउलाई ढुवानीको गरेर अन्य बाहिर जिल्ला पठाईने समेत ब्यबस्था भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
जिल्लामा उत्पादित स्याउले समयमै बजार नपाउँदा कतिपय स्याउ बारीमै कुहिने गरेको छ । निरन्तर सडक सञ्जालको विस्तार नहुँदा र ग्रेडिङ कसरी गर्ने भन्ने थाहा नहुँदा जिल्लाकोे अर्गानिक स्याउले बजार पाउँन सकेको छैन। तर जिल्लामा स्याउका नयाँ बिरुवाको माग भने बढीरहेको पाइन्छ । सडक सञ्चालन नहुँदा कृषकहरुले बारीमा उत्पादन गरीएको स्याउ अहिले बजारीकरण गर्नमा सकस भएको कृषि ज्ञान केन्द बाजुराका कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताएका छन् जिल्लामा कृषकहरुले बारीमा राम्रो स्याउ उत्पादन गरेका छन् तर पनि यता मार्तडी कोल्टी सडकखण्ड सञ्चालनमा नआउँदा किसानले बारीमा उत्पादन गरेको स्याउ बजारीकरण गर्न समस्या भएको उपाध्यायले बताए । अविरल वर्षातका कारण बडिमालिका नगरपालिका ७ जिल्ली दानचौरमा अवरुद्ध भएको सडकखण्ड पाँच साता भन्दा बढी बितिसक्दा पनि सञ्चालनमा नआउँदा समस्या भएको उनले बताए।
एक महिना भन्दा बढीदेखि अवरुद्ध भएको मार्तडी– कोल्टी सडक सुचारु नहुँदा स्याउ ढुवानीमा समस्या भएको हो । मार्तडी–कोल्टी सडक खण्ड सञ्चालन नहुँदा स्याउ कृषकलाई बारिमा पाकेका स्याउ बजारसम्म पु¥याउन समस्या भएको हो । अहिले सडक अबरुद्ध हुँदा कतिपयले पिठ्युउँमै बोकेर भए पनि जिल्ला सदरमुकाम मार्तडीसम्म बिक्रीको लागी ल्याउने गरेका छन् । दिनभरको समयमा कतिपय स्याउ कृषकहरुले पिठ्युउँमा स्याउको भारी बोकेर सदरमुकामसम्म बिक्रीको लागी ल्याउँने गरेका छन् । सडक सुचारु नहुँदा पिठ्युउँम बोकर ल्याउनु बाहेक हन्य कुनै बिकल्प नभएको स्याउ कृषकहरुले बताउने गरेका छन् । टाढाटाढा बाट दुई तिन दिनको पैदल हिडेर भएपनि उनीहरु स्याउ बिक्रीको लागी जिल्ला सदरमुकाम मार्तडीमा आउँने गरेका छन् । बर्षौदेखि स्याउको सहारामा जिविका चलाउँदै आएका त्यहाँका स्थानिय अहिले सडक सञ्चालनमा नहुँदा निरास बनेका छन् । यदि समयमै बजारमा स्याउ पुगेन भने बारीमै कुहिने चिन्तामा उनीहरु रहेका छन् त्यसैले पिठ्युउँमै भएपनि अलि गुजारा टार्नको लागी भएपनि उनीहरु लामो यात्रा गरेर स्याउ बिक्रीको लागी जिल्ला सदरमुकाम मार्तडी आउँने गरेका छन् ।
यता जिल्ला कृषि ज्ञान केन्द्रले स्याउ अनुदानमा ढुवानी गँदै आएको भएपनि अहिले सडकखण्ड अबरुद्ध हुँदा समस्या भईरहेको जनाएको छ । तर समस्याका बाफजुत पनि कृषकहरुको स्याउ ढुवानी गरिने ज्ञान केन्द्र बाजुराले जनाएको छ । स्याउ ढुवानीको लागि ज्ञान केन्द्र लागिपरेको र कृषकलाई नआत्तिन पनि ज्ञान केन्द्रले आग्रह गरेको छ । किसानबाट अनुदानमा ल्याइएको स्याउ जिल्लाभित्रका बजार र जिल्ला बाहिरका सहरहरूमा पठाइने कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताए । मार्तडी– कोल्टी सडकखण्ड बर्षेनी अबरुद्ध हुँदा स्याउ कृषकहरुलाई समयमै स्याउ ढुवानीमा समस्या हुँदै आएको छ । किसानहरुले बारीमा उत्पादन गरेको स्याउले समयमै बजार नपाउँदा कतिपय स्याउ कृषकहरुले स्याउहरु काटेर गाईबस्तुहरलाई समेत खुवाउने समेत गरेका छन् । सडक सञ्चालन नहुँदा ढुवानीमा समस्या भई उनीहरुले बाध्य भएर स्याउहरु खेर फाल्नुपर्ने अबस्था पनि रहेको छ । बर्षेनी बाजुराका कृषकहरुले राम्रो स्याउ उत्पादन गरे पनि समयमै बजार नपाउँदा सास्ती खेप्दै आईरहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर