खप्तड मालिका न्युज श्रावण २४, बाजुराः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले एक साताको लागी पर्यटनका कामहरु स्थगित गरेर हवाई सुरक्षाको सुधारका लागि केन्द्रित हुने बताएका छन् । पर्यटन मन्त्री पाण्डे नियुक्त भएकै दिनयता दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री पाण्डेले एक साताका लागि जरुरीबाहेकका सबै कार्यक्रम र भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ ।
१५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि यसबारे सोच्नको लागी यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ ।साथै, मन्त्रीको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षा सुरक्षाका लागि सुझाव पनि मागेको छ । सुझाव मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।बुधबारमात्रै नुवाकोटको शिवपुरी गाउँपालिका ७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भयो ।दुई साताअघि त्रिभुवन विमानस्थल परिसर भित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा पाइलटमात्र जोगिएका थिए ।
यी दुवै दुर्घटनामा प्रभावकारी उद्धार कार्य हुन सकेको थिएन । यस विषयमा पनि सम्बन्धित निकायसँग जानकारी लिइएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर