
बाजुराः पर्यटनमन्त्री बद्री पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर लागीरहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताएका हुन्।
‘यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,’ उनले भने, ‘मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन। मेरो नैतिकताको विषय यसमा जोडिएको छ। म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु। मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु। विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु। ‘उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्यो सबै उस्तै रहेको बताए।
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ। म साधारण मानिस हुँ। म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,’ उनले भने, ‘आफूप्रति म विश्वस्त छु। नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ। मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ? लोकप्रियताको काममात्रै हुने हो कि ?भन्ने पनि परेको छ। कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन। मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ।’उनले बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर