• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सामाजिक अभियान्ता थापाले गरे विकको उपचारमा २० हजार बढी सहयोग

खप्तड मालिका न्युज August 8, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का काठमाडौंः जिल्ला बडिमालिका नगरपालिका ९ की २६ बर्षकी रमिला कुमारी विकको उपचारका लागि सामाजिक अभियान्ता हेमराज थापाले आर्थिक सहयोग गरेका छन् । उपचारका लागि २५ हजार समेत नपाएर उपचार रोकिएको खबर पाएपछि  थापाले पत्रकार प्रकाश सिंहको समन्वयमा रु २०,५०० आर्थिक सहयोग गरेका हुन् ।

मृगौला रोगले ग्रसित रमिला आर्थिक अभावले काठमाडौंको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । थापाले २० हजार पाँच सय सहयोग पश्चात् अहिले उनको उपचार सुरु भएको छ । रमीला अहिले आर्थिक अभावमा काठमाडौंको बिर अस्पतालको शैयामा रोग संग लडिरहेकी छन्।उनको उपचारमा पत्रकार प्रकाश सिंहले समन्वय गरिरहेका छन् । उनले नै सुरुमा रमिला बिर अस्पतालमा आर्थिक अभावका कारण छट्पटाइरहेको समाचार सम्प्रेषण गरेका थिए ।२५ हजार रुपैयाँ नभएर उपचार हुन नसकेको कुरा सिंहले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेपछि थापाले आर्थिक सहयोग गरेका हुन् ।

पत्रकार सिंहले बाजुराका अन्य बिरामीहरुको उपचारका लागि पनि समन्वय गरिरहेका छन् । अहिले उनको उपचारका लागि आर्थिक सहयोग जुटाउने काम भैरहेको पत्रकार प्रकाश सिंहले बताएका छन् । आफ्नो सानो सहयोगले रमिलाको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको अभियान्ता हेमराज थापले बताएका छन् ।२६ वर्षीय रमिला आर्थिक अभावले काठमाडौको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । रमिला मृगौलाको समस्याले अस्पतालको शैयामा तड्पिरहेकी छन्।

अहिले उनिहरू सँग उपचार गर्न त टाढाको बिषय हो । खाना खर्च समेत नहुदा समस्यामा परेका छन् । रमिलालाई दुई बर्षदेखि कहिले वीर अस्पताल कहिले पाटन अस्पताल उपचार गरे । केही महिना यता भने वीर अस्पतालमा उपचार भइरहेको छ । उनको मृगौलामा समस्या भएको छ ।उनको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ । सुरुमा बाथरोग देखियो । बाथरोगले बिस्तारै मृगौलामा असर गर्न थालेपछि रमिला दुई बर्षदेखि अस्पतालमा वेडमा रहेकी छन् । उनको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलोसिस भइरहेको छ । एक पटक डाइलासिस गरेको पनि धेरै रुपैयाँ तिर्नुपर्छ, यो त झन अब जीवनभर गरिरहनुपर्छ, साथैमा आफूसँगै छोराछारी पनि भएकाले उपचारमा समस्या भइरहेको प्रकाशले दुखेसो सुनाए ।

दुई बर्षसम्म आफन्तहरुसँग सहयोग र सापटी मागेर उपचार गर्यौ, औषधी किन्यौ तर अहिले अस्पतालले डाइलासिस गर्नपर्छ भनेपछि आफूहरुको बिचल्ली भएको छ” उनले सुनाए, अहिले उपचारका लागि श्रीमान प्रकाश विक सबै संग हार गुहार गरिरहेका छन् ।रमिलाको उपचारमा सहयोग गरेका थापा विगत लामो समय देखी अन्याय, अत्याचार, कालोबजारी, भ्रस्टाचार, राष्ट्रको हित बिपरित हुने सन्धि सम्झौता, सरकाले जनताको हित बिपरित चालेका कदमका विरुद्ध खरो रुपमा जनताका आवाजहरु सडकबाटै बुलन्द गर्दै आएका छन् ।सडकबाट जनताका आवाजहरु बुलन्द गर्ने थापाले युवाहरुको नेतृत्व गर्दै कयौं आन्दोलनमा समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् ।

जनताका आवाज बुलन्द गर्दै सडकबाटै सरकारको ध्यानाकर्षण गराउने थापा आन्दोलनका क्रममा कयौं पटक गिरफ्तारीमा परेका छन् । सशक्त ढङ्गले जनताका आवाज बोल्ने निडर स्वभावका हेमराजका लागि प्रहरीको लाठी र प्रहरी हिरासत सामान्य बिषय जस्तै भैसकेको छ। थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । दिनदुखीहरुलाई सहयोग समेत उनले गर्दै आएका छन् ।

 

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑