मिन बहादुर खड्का काठमाडौंः बडीमालिका नगरपालिकाको एउटा कृषि एम्बुलेन्स र अर्को बिरामी बोक्ने एम्बुलेन्स गरी २ छुट्टाछुट्टै एम्बुलेन्स छन् । नगरपालिका भित्रका बिरामीलाई नगरको एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने गरिएको छ । यसले गरिब तथा बिपन्न बर्गका नागरिकको उपचारमा सहज पनि भएको छ । कृषि एम्बुलेन्स द्वारा किसानहरुको बारिमा फलेको फलफूल, तरकारी बजार सम्म पुर्याइरहेको छ भने अर्को आकस्मिक बिरामीका लागि एम्बुलेन्स छुट्टै छ ।
नगरपालिकाले आफ्नै एम्बुलेन्सको व्यवस्था गर्दा बिरामीलाई जिल्ला बाहिर उपचारका लागि रिफर गर्दा समयमै पुर्याउन पाँउदा नागरिकहरु खुसी छन् । तर पछिल्लो समयमा नगरपालिकाको आफ्नै एम्बुलेन्स हुँदा हुँदै पनि अर्को एम्बुलेन्समा बिरामीलाई अस्पताल सम्म पुर्याउनुपर्ने बाध्यता नहटेको गुनासोहरु पनि अर्कोतिर सुनिन थालेका छन् ।नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएपनि भनेको समयमा कतिपयले एम्बुलेन्सको सुबिधा लिन नपाएको आरोप छ । यसको एक प्रतिनिधि पात्र हुन बडीमालिका नगरपालिका ४ रिलाका १२ वर्षीय मनोज ल्वार । श्रावण १९ गते ९शुक्रबार राती बडीमालिका नगरपालिका ८ का जिवन थापाले चलाइरहेको मोटरसाइकलले साँझ ५ बजे मार्तडीबाट अछाम जाँदै गर्दा साँफे मार्तडी सडक खण्डको पानी नाउला अगाडि ठक्कर दियो। उनी मोटरसाइकलको ठक्कर बाट घाइते भए ।
मोटरसाइकल चालक थापा महालक्ष्मी विकास बैँकका कर्मचारी पनि हुन् त्यसपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याइयो । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बाजुराले धनगढी स्थित सेती प्रादेशिक अस्पताल रिफर गर्यो । त्यसपछि घाइते मनोजका आफन्तहरु मोटरसाइकल चालक जीवन थापाले धनगढी सम्म लैजाने सवारी साधनको बन्दोबस्तमा जुटे। यसैबीच सुरुमा बडीमालिका ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले पालिकाको एम्बुलेन्समा पठाउने भने ।नगरपालिकाको एम्बुलेन्स पठाउने भनेपछि आफन्तहरु करिब १ घण्टा बढी सम्म कुरे । एक घण्टा पछि एम्बुलेन्स आयो । जब घाइते बालकलाई एम्बुलेन्समा राखेर जाने तयारी भयो त्यसपछि चालक हिमाल बडुवालले आफु नजाने र अर्को चालक आउने प्रतिक्रिया दिए । अर्का चालक चालकलाई फोन गर्दा झन्डै एक घण्टा पछि पुग्ने बताएपछि बडीमालिकाको एम्बुलेन्सलाई जिल्ला अस्पतालमै राखेर अस्पतालको एम्बुलेन्समा धनगढी लगियो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मार्तडीबाट अछाम जाँदै गरेको सु।प। प्र, ०३००१ प ०६५७ नम्बरको मोटरसाइकले बडीमालिका ४ रिलाका १२ वर्षीय मनोज ल्वारलाई ठक्कर दिएको थियो। अहिले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको बताइएको छ ।अहिले यो बिषयको चर्को आलोचना भैरहेको छ । नगरपालिकाको आफ्नै एम्बुलेन्स हुँदा पनि अस्पतालको एम्बुलेन्स लिएर जानुपरेको मोटरसाइकल चालक जीवन जीवन थापाले बताएका छन् । चालकले जान नमान्दा अर्को चालक आउन समय लाग्ने भएपछि अस्पतालको एम्बुलेन्स लिएर जानुपर्ने बाध्यता सिर्जना भएको उनको भनाई छ । उनले भने, ”हामी वडा अध्यक्षले नगरपालिकाको एम्बुलेन्समा पठाउने भनेपछि घण्टौँ सम्म पर्खियौँ, दुई घण्टा पछि एम्बुलेन्स आयो, त्यसपछि जाने बेला चालकले जाँदैन भन्नुभयो, अनि त्यसपछि अस्पतालको एम्बुलेन्स बुक गरेर आएका हौँ” चालकको मनोमानीका कारण यो अवस्था सिर्जना भएको बुझिएको छ । उनका अनुसार बिरामी बोक्ने एम्बुलेन्सको चालक आफ्नो घर गएका थिए। अर्को कृषि एम्बुलेन्सको चालक दिनभर कार्यक्रममा गएर दिउँसो पनि गाडी चलाएको हुँदा राती गाडी चलाउन नसक्ने भनेपछि अर्को चालकलाई पठाउने तयारी भएको हो ।
साँझ ६ बजे जिल्ला अस्पताल बाजुराले धनगढीको सेती प्रादेशिक अस्पताल रिफर गरेपनि नगरपालिकाको एम्बुलेन्स कुर्दा कुर्दै राती ८ बजेपछि त्यो पनि जिल्ला अस्पतालको एम्बुलेन्स १९ हजार २ सयमा भाडा तिरेर धनगढी लगिएको रमेश थापाले बताएका छन् ।नगरपालिकाको दुई वटा एम्बुलेन्स छन् । पदम रावल नगरपालिकाको कृषि एम्बुलेन्सका चालक हुन् । अर्का चालक हिमाल बडुवालले बिरामी बोक्ने एम्बुलेन्स चलाइरहेका छन् । शुक्रबार दिउँसो भने कृषि एम्बुलेन्सको चालक बिदामा घर गएपछि हिमाल बडुवाल कृषि एम्बुलेन्स लिएर कार्यक्रममा निस्किएका थिए। दिउँसो पनि गाडी चलाएको र राती चलाउन नसक्ने बताएका चालक हिमाल बडुवाल बिरामी बोक्ने एम्बुलेन्सकै चालक हुन् ।तर उनले जाँन नमान्दा अर्को अस्पतालको एम्बुलेन्सलाई भाडा तिरेर धनगढी लगिएको बताइएको छ । यता गाडी चालक हिमाल बडुवाललाई बुझ्दा आफुले जाँदैन भनेर नभनेको जिकिर गरेका छन् । अर्को चालकले आफु १०/१५ मिनेट ढिलो पुग्ने भनेपछि आफुले गाडी जिल्ला अस्पताल पुर्याइदिएको उनको भनाई छ ।
उनले सुनाए, ” म दिउँसो उपप्रमुखलाई लिएर अनुगमनमा गए, अर्को चालक घर जानुभएको थियो, बेलुका धनगढी जानुपर्ने भनेपछि अर्को चालकले म जान्छु आउँदै छु अली ढिलो पुग्छु, गाडी जिल्ला अस्पताल लगिदिनुस् भन्नुभयो, अनि मैले उहाँहरुलाई अर्को चालक जानुहुन्छ, म जाँदैन अहिले केही सनयमा आउनुहुन्छ भनेको थिए, अर्को चालक पनि आइसक्नु भएको थियो, तर उहाँहरुले नै ढिलो भयो भन्दै अर्को गाडीमा जान्छौं भन्नुभयो, त्यसपछि तपाईंहरुलाई ढिलै भएको हो भने म आफै जान्छु भनेर तयार हुँदा पनि मान्नुभएन अर्कोमा गैहाल्नु भयो” आफुलाई जाँदैन भनेर भनेको कुरामा कपोकल्पित आरोप रहेको बडुवालको भनाई छ ।यता यो बिषयमा नगरपालिकका प्रमुख प्रसासकीय अधिकृतले आफू काठमाडौं रहेकाले कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यता नगरप्रमुख अमर खड्कालाई सम्पर्क गर्दा फोन उठेको छैन । यता अर्को एम्बुलेन्समा बिरामी धनगढी पुर्याएको पक्षले दुई घण्टा बढी कुरेको दाबी गरेको छ भने यता चालकहरुले भने त्यसो नभएको दाबी गरिरहेका छन् ।
यो बिषयमा हामीले जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीलाई बुझ्दा उनले भने नगरपालिकाको एम्बुलेन्सको चालक समयमा नपुगेपछि अस्पतालको एम्बुलेन्स लिएको बताएका छन् । साँझ ६ बजे रिफर गरेको भएपनि एम्बुलेन्स कुर्दा कुर्दा ८ बजिसक्दा पनि चालक नपुगेपछि अस्पतालको एम्बुलेन्सको कुरा गरेर पठाएको उनको भनाई छ ।यतिबेला यो बिषयलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेका छन् । दुई दुई चालक हुँदा पनि नगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्सको सुबिधा लिन नपाउनु दुस्खद बिषय रहेको टिप्पणी पनि भैरहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर