• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मन्त्रीज्यु ! “बडिमालिका संरक्षितक्षेत्र” हजुरकै पालामा सम्भव छ ,

खप्तड मालिका न्युज August 5, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

दयाराम पण्डित,बाजुराः प्रचुर सम्भावनायुक्त “बाजुरा” जिल्ला मानव सूचाङ्कमा अहिले पनि देशकै ७७ औं स्थानमा छ । बाजुरालाई भित्री आँखा बाट हेर्ने र बुुझ्ने भन्दा पनि बाहिरी आँखीझ्यालबाट चिहाउने धेरै भएर होला, बाजुराको सम्भावनामा गहन अध्ययन विष्लेण गरिदैन । यहाँको समस्या गरिवी पछौटेपन हैन । जड समस्या राज्यको बाजुरा प्रति हेर्ने दृष्टीकोण फरक, उचित लगानीको कमी , समृद्धीका पूर्वाधारको पहिचान गर्न नसक्नु, युवा विदेश पलायन र विकासमा अपनत्व नहुनुु नै यहाँको प्रमुख समस्या देखिन्छ ।

तथापि बाजुरेली नागरिकको जनमतलाई कदर गर्दै बाजुरा जिल्लाबाट निर्वाचित संघीय साँसद बद्रीप्रसाद पाण्डे पछिल्लो समयमा नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पदको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । सिंगो बाजुरा जिल्ला यतिवेला लोकतान्त्रिक राज्यसत्ताको पहुँचमा पुुगेको महशुस भएको छ । यसर्थ उहाँको पार्टी नेपाली कांग्रेस तथा नेपाल सरकारलाई बाजुरेली नागरिक धन्यवाद दिन चाहान्छौं ।

तपाइँ बद्रीप्रसाद पाण्डे बाजुराबाट समानुपातिक कोटामा पर्दा वा निवार्चित साँसद भईरहदा जिल्लाको लागि काम गर्न कि त राज्यको कार्यकारी पदमा हुनुपर्दो रहेछ । कि त ब्युरोक्र्याट्स ९कर्मचारी०को पहुँचमा हुनुपर्दो रहेछ भन्नुहुन्थ्यो । विगतको अनुुभवले तपाईलार्ई त्यो महशुस गराएकै छ । यतिवेला देशका दुई ठूूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राज्यसत्ताको मुख्य बागडोर समालेका छन् । विश्व राजनीतिमा शत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सरकार चलाएको बिरलै भेटिन्छ । सरकार उथललका सन्दर्भमा हाम्रो नेपालमा जेपनि हुनसक्छ भन्ने दृष्टान्त नै बनेको छ। सत्ता र प्रतिपक्षको हैसियत राख्ने दुुबै दल मिलेर दुईतिहाई बहुमत सहित सत्तारोहणमा छ । यसले के संकेत गर्छ भने अब दुई तिन वर्ष सरकार परिवर्तन हुंदैनकि भन्ने राम्रो सन्देश पनि दिएको छ । त्यसैले विगत झै अल्प मत बहुमतले काम गर्न दिएन भन्ने झन्झट पनि छैन । तसर्थ क्याविनट मन्त्रीले काम गर्न पाएनौं भन्ने अब छुट पनि नहोला ।

पार्टीको पनि सह–महामन्त्री जस्तो जिम्मेवार पदमा हुनुहुन्छ ।नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्त हुनुुभएका पाण्डे बिकट बाजुराको विकट हिमालीको फैतीमा जन्मेर नेपालको भूस्राजनीतिक दृष्य परिदृष्यलार्ई राम्ररी केलाउनु भएको छ । बिकास केहो रु के होईन, भन्ने हेक्का पनि एक दुुरदराजको भुक्तभोगी नागरिकको हैसियतले देशमा समृद्धी कसरी ल्याउन सकिन्छ भन्ने पनि तपाईलाई अवगत नै छ । नेपालको समृद्धी संस्कार,संस्कृतीको जगेर्ना र पर्यटन प्रवद्धन तथा आन्तरिक उत्पादन नै प्रमुख आधार हो । यस सन्दर्भमा सिंगो देशको पर्यटन पर्वद्धन तथा बाजुरा विकासको लागि उपयुक्त मन्त्रालयको जिम्मेवारी समाल्नुभएको छ ।

प्रसंग बडिमालिका बाजुराको । “तत्कालिन जिल्ला न्यायधिश डाक्टर राजेन्द्र प्रसाद आचार्यले भन्नुभए झै “बाजुराको बडिमालिका क्षेत्रलाई मात्र धार्मिक पर्यटन संरक्षित क्षेत्र कायम गर्न सक्यो भने यहाँका नागरकले मालिकाको फेदीमा बसेर धुप नैबेद र दहीको गिलास बेचेर पनि लाखौं रुपैंया कमाउन सक्छन् । तर विकासमा नेताको दुरदृष्टी चाहिन्छ । ”हो , सिंगो देशले पर्यटन प्रवद्धनको नारा बोकी रहेको बेला बाजुरामा पनि बडिमालिका, बुढिनन्दा र माथिको रानीसैनलाई धार्मिक पर्यटकीय क्षेत्रका विकास गर्न न्युनतम् नीतिगत ब्यबस्थाको सुरुवात गर्न तपाइकै पालमा सम्भव छ । बिकासका भोका बाजुरली नागरिक का लागि बाजुराको प्रतिनीधिले क्याविनेट ९फुलमन्त्री०मन्त्री पाउँदा केही आस जागेको छ , पावर पोलिटिक्समा त्यो स्वभाविक पनि हो ।

बडिमालिकालाई नै किन धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी दीगो विकासको खाका तयार गरिनुपर्छ भन्ने सन्दर्भमा म केही दृष्टीकोण राख्न चाहन्छु । सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका धार्मिक एबं पर्यटकीय दृष्टीले अत्यन्त मनोरम छ । पौराणिक कालदेखि मल्लिकागिरी पर्वत बडिमालिका अनि त्यस क्षेत्रका २२ पाटन त्रिबेणी नाटेश्वरीमा पाइला टेक्ने जोकोही यस पूण्र्य भूमिलाई धर्तीको भूूः स्वर्गले उपमा दिएर फर्किन्छन् । प्रत्यक वर्षको भाद्र शुक्ल त्रयोदशी देखि जनैपूर्णमा सम्म औपाचरिक मेला लाग्ने गर्दछ । यो वर्षको बडिमालिका मेला यहि साउन २८ गते देखि आरम्भ हुंदैछ । अब बाह्रैमास बडिमालिका दर्शन खुला गर्नु पर्छ , वर्षा मौसममा अनमोल प्रकृती छटा र हिउँदको हिउँ चिप्लेटी खेल्ने प्रमुख गन्तब्यका साथ संरक्षित क्षेत्र बनाउनुपर्छ ।

नेविसंघका केन्द्रीय सदस्य एबं त्रिबेणी नगरपालिकाका स्थानीय युवा भरतबहादुर बुढा भन्नुुहुन्छ “बाजुरासङ्ग हिरा छ । तर, देशकै सबैभन्दा गरिब जिल्ला कहलिएको छ ।”उनको यो मार्मिक भनाईले बाजुरा प्रयाप्त सम्भावनाको खानी हो । बडिमालिका जस्तो सुन्दर एबं पबित्र भुमी संसारका अरु देश सङ्ग हुदोहो त सिङ्गो देशले आर्थिक तथा पर्यटकीय क्षेत्रमा नयाँ आयाम थप्नेमा दुईमत थिएन । हाम्रो बडिमालिकामा के छैन र रु रंगीचंगी फूल फूलेका, जता हे¥यो मनै प्रफुल्ल हुने हरियाली फाँटहरु छन् । बडिमालिका क्षेत्रमा पर्ने सोतापाटन, घोडापाटन, भितोचिन्ना, बुढीमाईको थान, त्रिवेणी, दौडाई लाग्ने पाटन, लौरी विनायक , बडिमालिका थान लगायत सबै २२ पाटनका कुनामा सयौंथरिका जडिबुटीजन्य फूलले ढाकिएको दृष्य देख्दा आफूलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।

विद्यार्थी नेता बुढा बडिमालिका टिपोट डायरी पल्टाउँदै भन्नुु हुन्छ यहां बहुमुल्य तर, लोपोन्मुख जडिबुटी मधुजडी, धुपजडी, पदचाल्नुु, बायोजडी, निनाइजडी, भुतकेश जस्ता जडिबुटी र ब्रम्हकलम, जोगीफूल, टुकीफूल, बुकीफूल, सुनफूल , पाँचऔले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल , विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भुतकेश जटामसी लगायत दर्जनौं प्रजातिका जडिबुटी पनि यहाँ पाइन्छन् ।

औषधीय गुण भएका यी जडिबुटीहरु बहुमुल्य हुन्छन् । यस क्षेत्रमा पाइने ब्रम्हकमल, बुकीफूल, जाई, जुई चमेली, सुनजाई, इन्द्रकमल, सेतोगुराँस, चाँप, चिमालो लगायत सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् । यि नानाथरीका औषधीजन्य बहुमुल्य चिज सिरानीमा लुकेका छन्,हामी अस्पतालमा सिटामोल पाएनौ भनेर कराउँछौं । हामसिंग नीति विधी र प्रबिधीको खाँचो छ । यो क्षेत्रमा पाइने जिवजन्तु र वनस्पतीहरु लोप हुँदै जानुको मुख्य कारण संरक्षणको अभाव नै हो। तसर्थ बहुमुल्य जडिबुटी बचाउन बडिमालिका संरक्षितक्षेत्र आवस्यक छ ।

यो क्षेत्रमा विभिन्न जिल्लाबाट चराउन ल्याइएका घोडा, खच्चड ,चौरी, भेडा च्यांग्रा लगायतका पुसुुचौपायाहरु बैसाखदेखि असोजसम्म छाडा रुपमा चराउने चलन छ । ठूलो संख्या भेडा च्यांग्राहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविक विविधता नोक्सान भइरहेको छ ।चोरी सिकार, जथाभावी जडिबुटीको संकलन मात्रै होइन वर्षको ६ महिनासम्म १०÷१५ हजार भन्दा भेडाबाख्रा त्यही हुन्छन् । सयौंको संख्यामा घोडा भैंसीहरु पनि छाडा छोड्ने गरिएको छ। सरकारको उपस्थिति शुन्य छ ।अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला र मुगु लगायतका जिल्लाबाट ठूलो संख्यामा भेडा च्यांग्रा त्यहाँ चराउन ल्याउनाले बडिमालिका जस्तो अनुपम जलवायु र जैविक विविधता भएको क्षेत्रको पर्यावरणीय विनास भइरहेकोले अब संरक्षणका लागी राज्य र सरोकारवाला ले सोच्नुपर्ने समय आएको छ।‘यस्तो अद्वितिय पारिस्थितिकीय प्रणाली भएका ठाउँहरु नेपाल मात्रै होइन अन्य देशमा पनि कमै भेटिन्छन् ।

चार हजार मिटरभन्दा सयौं प्रजातिका वनस्पतीहरु भेटिनु भनेको दुर्लभ प्राकृतिक अवस्था हो ।’ उनले यहाँ पाइने कतिपय वनस्पती र जिवजन्तु इन्डेमिक ९यो ठाउँ बाहेक अन्त नपाइने खालका० प्रजातिका हुने भएकोले यहाँबाट लोप भए संसारबाट सदाका लागि हराउने खतरा हुने भएकाले सरकारले जैविक विविधता जोगाउने सवालमा जंगल, सिमसारलाई मात्रै प्राथमिकतामा राखेको छ । यस्ता घाँसे मैदानहरुमा भेटिने पारिस्थितिकिय प्रणाली जोगाउन सकिएन भने भविश्यमा ठुलो पछुतो हुनेछ ।यो क्षेत्रमा प्रतिबन्धित पाँचऔले लगायतका जडिबुटीको संकलन र डाँफे कस्तुरीजस्ता लोपोन्मुख वन्यजन्तुको चोरी सिकार हुने गरेको पाइएको छ।

‘बडिमालिकाको जैविक विविधता र पर्यावरण अब सकिने अवस्थामा पुग्दैछ । थुप्रै प्रजातीका प्राणी र वनस्पती लोप भैसकेको, सरकारले यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर काम अगाडी बढाउन सकेन भने यहाँको पर्यावरणिय अस्तित्व नै समाप्त हुनेवाला छ ।’बडिमालिका बाजुराको मात्रै नभएर धार्मिक, सांस्कृतिक, पौराणिक र अद्वितिय पारिस्थितिकिय प्रणालीका दृष्टीकोणले राष्ट्रकै सम्पत्ति भएकोले यसको संरक्षणमा सरकारले ठोस नीति ल्याउनै पर्छ ।भौगोलिक विकटता र विकासको गति पछाडी परेको यो क्षेत्रलाइ सरकारी गैरसरकारी निकाय बाट पर्यटन बोर्ड स्थानीय निकायको पहलमा अगाडी बढाइ विकासका पूर्वाधार सञ्चार , विजुली ,बाटो, यातायात सँगै केबलकारको निमार्ण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक पद यात्राको गन्तब्य बनेमा हामीले ठुलो आर्थिक उन्नती हासिलका साथै रोजगारीका बाटाहरु सिर्जना हुनेछन ।

समृद्ध र समुन्नत बाजुराका लागि धार्मिक पर्यटनका क्षेत्र खप्तड ,रामारोसन, बडिमालिका,रानीसैन, बुढिनन्दा, त्रिबेणिधाम,नाटेश्वरी ,खप्तडछेडेदह लाई रारा,कैलाश मानसरोवर जस्ता ऐतिहासिक स्थल जोड्न सके बाजुरामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको अधिकतम सम्भावना छ।बडिमालिका यात्रा थप सहज गर्न प्रारम्भिक अध्धयन गरिएको बडिमालिका नगरपालिकाको वडा नं ९ कफल्टामा एयरपोर्टको सम्भाव्यता अध्ययन गी संरचना तयार गर्नुपर्ने देखिन्छ भने बुढाकोर्ध बडिमालिका केबुलकार सञ्चालन गर्न सके बडिमालिका त्रिबेणी लगायत २२ पाटन अवलोकन गर्न थपसहज हुने छ, बडिमालिका नगरपालिकाका पूर्व मेयर पदम बडुवालको भनाई छ ।

यसले देशको आर्थिक सम्मृद्धि हुनेमा र्दुइमत छैन । तसर्थ सरकारले याथसीघ्र बडिमालिका संरक्षितक्षेत्र घोषणा गरी नीतिगत तथा भौतिक पूर्वाधार खडा गर्न तत्काल डिपिआर तयार गरी कार्यान्वयन गर्नुपर्छ । बहुसरोकारको यो कार्य सम्पादन गर्न स्थानीय वासिन्दा एबं नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेकै पालामा सम्भव छ ।

 

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑