खप्तड मालिका न्युज,श्रावण १७,बाजुराः बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले निर्वाचन हुनु अगाडी जनताका माझ गरेका जतिपनि बाचा प्रतिबद्धताहरु थिए ति बाचा प्रतिबद्धताहरुलाई अहिले क्रमश इमान्दारीताका साथ पु्रा गरीरहेको बताएका छन् । सेभेन स्टार फोर के टेलिभिजनमा पत्रकार स्वस्तीका पन्थीसंग कुराकानी गर्दै नगर प्रमुख बोहराले यस्तो बताएका हुन् । आफ्नो नगर भित्र आफुले निर्वाचन हुनु अगाडी घोषणा पत्रमा जेजे लेखेका थियौ,जनताको माझ गएर जुनजुन कुराहरुको बाचा प्रतिबद्धता गरेका थियौ तिनै बाचा प्रतिबद्धताहरुलाई आफु निर्वाचित भएपश्चात एकपछि अर्को गर्दै जनतालाई आश्वासन दिएका प्रतिबद्धताहरुलाई इमान्दारीताका साथ आफुले पुरा गर्दै गईरहेको नगर प्रमुख बोहराले बताए ।
आफु निर्वाचित भएर आएको करिब दुई बर्षमा आफुले निर्वाचन हुनु अगाडी गरेका बाचा प्रतिबद्धताहरुलाई पहिलो प्रथामिकतामा राखेर काम गरीरहेको उनले बताए । अन्य कामहरुको थालनी गर्नुभन्दा पनि जनताको माझ जुन आश्वासन देखाएका थियौ,तिनै कामहरुको बढी मात्रामा रेखदेख गरेर सिंगो पालिका भरी सञ्चालन गरीरहेको उनले बताए । नगर प्रमुख बोहराले भने “आफुले बोलेका बाचा प्रतिबद्धता पुरा गर्नु आफ्नो दायित्व हो,त्यसकारण आफुले सधै इमान्दारीताका साथ ति बाचा प्रतिबद्धताहरुलाई एकसाथ समेट्दै क्रमिक रुपमा पुरा गर्दै गईरहेको र कतिपय बाँकी रहेका प्रतिबद्धताहरुलाई आगामी दिनहरुमा पुरा गर्ने गरेर आफु लागीरहेको” उनले बताए । सम्रग बुढीनन्दा पालिकाको बिकासको लागी आफुले कुनै पनि कसर बाँकी नराख्ने गरी आफु र आफ्नो पालिकाका जनप्रतिनिधि,अन्य कर्मचारीहरु दिनरात लागीरहेको बताउँदै बुढीनन्दालाई अन्य पालिकाको भन्दा सबै क्षेत्रमा अगाडी बढाउँने गरी लागिएको उनले बताए ।
बुढीनन्दा नगरपालिका अन्य पालिकाको भन्दा फरक तरीकाले अगाडी बढिरहेको बताउँदै नगर प्रमुख बोहराले पालिका भरीका दश वटै वडामा सम्रग रुपमा पुर्वाधार बिकाशको पहुँच बिस्तार गरीएको बताएका हुन् । पालिकामा शिक्षा,स्वास्थ्य,यातायात,सञ्चार लगायत अन्य सेवा सुबिधाहरुको पनि बिस्तार राम्रो रहेको बताउँदै केहि पुग्न नसकेका ठाउँहरुमा सेवा सुबिधाहरु पुर्याउने लक्ष्य यथावत रहेको र कामहरु सञ्चालन भईरहेको नगर प्रमुख बोहराले बताए । आफुले निर्वाचन अगाडी गरेका बाचा प्रतिबद्धताहरु बढीजसो पुरा गरीसकेको र बाँकी रहेका बाचा प्रतिबद्धताहरुलाई क्रमिक रुपमा पुरा गर्दै लैजाने पनि उनले बताएका हुन् । पालिकाका बढीजसो युवायुवतीहरु बेरोजगारी हुँदा कामको सिलसिलामा भारत तिर जाने हुँदा त्यस्तो हुन नदिनको लागी पालिकाले पहिलो बर्षबाटै नगर प्रमुखसंग युवा रोजगार कार्यक्रम सञ्चालन गरी कतिपय युवायुवतीहरुलाई पालिकामै रोजगारी दिइएको उनले बताए । शिक्षा संग केन्द्रित गरेर प्रत्येक बिद्यालयमा भौतिक निर्माण गर्ने हिसाबहरुले पहिलो बर्षमा करिब चार सय युवायुवतीहरुलाई रोजगार दिइएको नगर प्रमुख बोहराले बताए ।
अहिले दुई बर्षसम्म आइपुग्दा उक्त कार्यक्रम निरन्तर चलिरहेको र करिब बाह्र सय जनाले पालिकामै रोजगारी लगायत अन्य सिपमुलक तालिम पाईरहेको उनले बताए ।बुढीनन्दा नगरपालिकामा काम नगरेर खाने प्रबृति कत्ति नरहेको बोहराले बताएका छन् । काम नगरेर खाने प्रबृतिको अन्त्य हुनुपर्छ भनेर आफुले स्वयम् पालिकाका योजनाहरु हेरेको बताए । कुन ठाउँमा कति काम भईरहेको छ भनेर प्राबिधिक लिएर आफुले हरेको बताउँदै खाली बिल बनाएर रिर्पोट बनाएर,कागजमा काम सम्पन्न गराएर खाने प्रबृतिको अन्य गर्नुपर्छ भन्दै डेढ करोडको रकम फ्रिज गराएको समेत उनले बताए । बुढीनन्दा नगरपालिकामा त्यस्तो नराम्रो प्रबृति रहनुहुदैन भन्दै स्वयम् आफैले रकम फ्रिज गराएको उनले बताए । कामै नगरेर बिल बनाएर रकमको दुरुपयोग गर्नु नराम्रो प्रबृति भएकोले पालिकाले त्यस्तो नगरेको उनले बताए । बिगतका कुराहरु के थिए तर त्यो थाहा भएन आफु नगरपालिकाको प्रमुखको रुपमा आईसके पछाडी पालिकामा अहिले उदाहरणिय कामहरु भईरहेको उनले बताए । बुढीनन्दामा बिगतको भन्दा अहिले संरचनाहरु पनि गुणस्तरीय बनाइएको समेत उनले बताए । समग्र बुढीनन्दा बासीहरुको समस्या समाधान गर्नको लागी पालिका दिनरात कटिबद्ध रहेको बोहराले बताए ।
पालिकामा अहिले पुर्वाधारका कामहरु पनि धमाधम सञ्चालन भईरहेको जसले गर्दा कयौँले रोजगारी समेत पाईरहेको बताउँदै यस्ता खाले कामहरुलाई बढवा दिदै अगाडी बढाईरहने समेत उनले बताए ।पालिकाले शिक्षा,स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको बताउँदै पालिकामा सबै नागरीकहरुलाई शिक्षित बनाउँन पालिकाले बिभिन्न प्रयास गरीरहेको उनले बताए । पालिकाका नागरीकहरुको क्षमता अभिबृद्धि गर्नको लागी युवायुवतीहरुलाई बिभिन्न तयारी कक्षाहरु सञ्चालन गरीएको समेत उनले बताए । साथै यो आर्थिक बर्षबाट बिभिन्न लोकसेवा,शिक्षकसेवा लगायतका तयारी कक्षाहरु सञ्चालन गर्ने समेत उनले बताएका हुन् । पालिकाले शिक्षाको क्षेत्रमा सबै युवायुवतीलाई शिक्षित बनाउँनको लागी बिभिन्न तयारी कक्षाहरु दिईरहेको र केहि तयारी गर्ने अबस्थामा रहेको उनले बताए । त्यस्तै पालिकाले स्वास्थ्य क्षेत्रलाई पनि पहिलो प्राथामिकतामा राखेको उनले बताए । सबैभन्दा पहिला मानिस बाँच्नुपर्छ भन्दै स्वास्थ्य क्षेत्र बलियो बनाउँन पालिकाले ठुलो भुमिका खेलिरहेको उनले बताए । पालिकामा आधारभुत प्रथामिक स्वास्थ्य केन्द्रहरु स्थापना गरी सेवा सञ्चालन समेत गरिदै आएको उनले बताए । साथै पालिकाले अन्य क्षेत्रहरुमा पनि अहम भुमिका खेल्दै आईरहेको उनले बताएका छन् । पालिकाका बासिन्दाहरुलाई हुनै समस्या नपर्ने गरेर पालिकाले कामहरु सञ्चालन गर्दै आईरहेको उनले बताए ।
निर्वाचन अगाडी आम जनताको माझ गरेका बाचाहरुलाई अहिले इमान्दारीताका साथ पुरा गरिदै आएको बताउँदै जनतालाई कुनै भ्रमममा नपारी जनताको माझ राखेका बाचाहरुलाई नै अहिले कार्यान्वयन गरिदै आएको नगर प्रमुख बोहराले बताए ।नगरपालिका संग केहि चाँसो छ भने गुनासो राख्नको लागी पालिकाले हेलो मेयर कार्यक्रम समेत सञ्चालन गरेको उनले बताए । आफु नगर प्रमुखको कुर्षिमा बसैकै दिनबाट कुनै भ्रष्टाचार नगर्ने प्रतिबद्धता गरेको र अहिलेसम्म त्यस्तो नभएको पनि उनले बताए । “भ्रष्टाचारलाई सुन्य गरी सहनशिलताको बाटोमा लागीरहेको छौ ” उनले बताए । पालिकामा कुनै पनि भ्रष्टाचारका कामहरु नभएको समेत उनले बताए र आगामी दिनहरुमा पनि यस्तो गुनासो नआउँने गरी काम गरीने उनले बताए । आफु पनि भ्रष्टाचार नगर्ने,अरुले पनि गरेको नसहने अभियान निरन्तर जारी रहेको उनले बताए । पालिकामा दक्ष कर्मचारी नहुँदा कतिपय करारमा कर्मचारी राख्नु परेको अबस्था रहेको नगर प्रमुख बोहराले बताए । जसले गर्दा कुनै कामकाजमा समस्या हुँदै आईरहेको र केहि सोचेजस्तो पालिकाले राम्रो नतिजा ल्याउन नसकेको उनले बताए । जनताको लागी जे भनेर आएको पैशा त्यहि कामको लागी प्रयोग गरीएको नगर प्रमुख बोहराले बताए ।
पालिकाले नागरीकको हरेक हकहितको लागी काम गरीरहेको बताउँदै सबै बाचा प्रतिबद्धता पुरा गर्न आफु र सिंगो पालिका लागी परेको नगरप्रमुख बोहराले बताए । “हामीलाई जनताले आफ्नो अमुल्य मत दिएर जिताएका हुन्,त्यसैले उनीहरुको माझ राखेका बाचा प्रतिबद्धता पुरा गर्नु हाम्रो कर्तब्य हो,” उनले बताए । “आफुले जनताको माझ राखेका बाचा प्रतिबद्धता इमान्दारीताका साथ पुरा गर्दै आईरहेको छु” मेयर बोहराले बताए । सिंगो पालिकाको बिकासको लागी र जनताको माझ राखेका बाचा प्रतिबद्धता पुरा गर्न आफु कहिल्यै एक पाइला पनि पछाडी नहट्ने मेयर बोहराले बताएका हुन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर