बाजुरा: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रकाे विकासका लागि सरकारी प्रयासले मात्रै विराट प्रगति गर्न नसक्ने बताएका छन्।
बुधबार नेपाल पर्यटन बाेर्डद्वारा आयाेजित स्वागत कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले नीजी क्षेत्रलाई स्व-स्फुर्त रूपमा आउन समेत आग्रह गरे ।उनले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेकाे बताए। उनले एक अर्काका कमीकमजोरी आग्रह पूर्वाग्रह नगरि पर्यटनकाे विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिए।
उनले परिणाममुखी काम गरेर पर्यटनकाे क्षेत्रमा चलायमान र गतिशील बनाउन आग्रह गरे। उनले पर्यटनका क्षेत्रमा नीतिगत,कानुनी,पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएकाे हाे त्यसकाे पहिचान गरेर अघि बढ्नु पर्नेमा जाेड दिएका छन्।
नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेकाे बताउँदै के कति कारणले चल्न सकेकाे छैन भन्दै प्रश्न गरे । उनलेबहुभाषिक,बहुसांस्कृति र भाैगाेलिक दृष्टिकोणमा विविधता भएकाले नेपालकाे अलग्गै पहिचान रहेकाे बताएका छन्।
उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रकाे अध्ययन,अवलोकन गर्नका लागि आउने गरेकाे दाबी गरेका छन्।उनले मुलुकको प्रकृति र संस्कृतिलाई समेत पर्यटनकै क्षेत्रबाट मात्रै चिनाउन सकिने उनले बताए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर