
खप्तड मालिका न्युज,श्रावण १०,बाजुराः जिल्लामा जेठको पहिलो साताबाट सुरु भएको धान रोपाई सम्पन्न भएको छ । जेठको महिनामा खडेरी भएपनि असारको महिनामा लगातार पानी पर्दा यस बर्ष समयमै धान रोपाई सकिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लाका कतिपय ठाउँमा जेठको पहिलो साताबाट सुरु भएको धान रोपाई साउनको पहिलो सातासम्म आईपुग्दा सम्पन्न भएको ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहको साउन पहलिो सातासम्म सत प्रतिशत् धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
जिल्लाको बडिमालिका नगरपालिकामा सबैभन्दा बढी धान रोपाई हुने गरेको छ भने सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा एक सय हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ । बूढीनन्दा, त्रिवेणी ,खप्तड छेडेदह , बुढीगङ्गा , गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको धान रोपाई साउनको पहिलो साताबाट सकिएको कृषि ज्ञान बाजुराका कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताउनुभएको छ ।“ बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेती योग्य जमिन छ ।” २७ हजार १६० हेक्टर जमिनमा खेती गरिन्छ । यस मध्ये बाजुरामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको प्रमुख उपाध्यायले बताउनुभएको छ । ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफल जमिनमा रोपाई भएर सय प्रतिशत रोपाई सम्पन्न भएको प्रमुख उपाध्यायले बताएका छन् ।
जिल्लाका अधिकशं जमिनमा सिचाइको सुविधा रहेको छैन । खोलाको किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भएपनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा पर्नु पर्ने बाध्यता रहेको छ । असारको महिनामा लगातार पानी पर्दा सबै ठाउँमा रोपाई सम्पन्न भएको ज्ञान केन्द्र बाजुराको भनाई रहेको छ । जेठको महिनामा लामो समय देखि परेको खडेरीका कारण धान रोपाईमा केहि समस्या भएको थियो तर असारको महिनामा रातभर पानी पर्दा रोपाई गर्नमा सहजता भएको हो । सिंचाइको सुविधा भएका स्थानमा समयमै रोपाई भएपनि आकाशे पानीको भरमा रोपाई हुने खेतियोग्य जमिनमा ढिला गरी रोपाई सुरु भएको थियो ।जिल्लामा करिब १८ प्रतिशत जमिनमा सिचाई सुबिधा रहेको छ भने अन्य ८२ प्रतिशत जमिनमा अझै सिचाईको सुबिधा हुन सकेको छैन जसले गर्दा रोपाईमा गर्नमा असहजता हुदै आएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर