
केरल । भारतको केरल राज्यमा भयानक निपाह भाइरस देखिएको छ । सो भाइरसका कारण १४ वर्षीय किशोरको मृत्यु भएको छ । ६० जनालाई ‘हाइ रिस्क क्याटागोरी’मा राखिएको राज्यका स्वास्थ्यमन्त्री वीना गर्गले बताएकी छन् ।
केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो । सो भाइरस चमेरो र सुँगुरबाट फैलिने बताइएको छ । यसले मानिसको गिदी सुन्निने तथा ज्वरो आउने हुन्छ ।
त्यसबाट जोगिन भ्याक्सिन नभएको र उपचार पनि नहुने जनाइएको छ । भाइरस संक्रमण भएका ती किशोरको आइतबार हृदयघातको कारण मृत्यु भएको राज्यका स्वास्थ्यमन्त्री गर्गले स्थानीय सञ्चार माध्यममा जनाइएकी छन् ।
उनले निपाहको नियन्त्रणका लागि स्थानीय सरकारले २५ वटा कमिटी बनाएको बताइन् । त्यसले रोगको पहिचान गरी प्रभावित व्यक्तिलाई आइसोलेसनमा राख्ने जनाएकी छन् । सो भाइरस संक्रमितको सम्पर्कमा भएका २१४ जनालाई प्राथमिक सूचीमा राखिएको र तीमध्ये ६० जना ‘हाइ रिस्क क्याटागोरी’मा भएको जनाइएको छ ।
ती व्यक्तिका परिवारका सदस्यलाई अबजर्भेसनको लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । केरलको राजधानी थिरुभनाथपुरमबाट ३०० किमी टाढा मालापुरममा सो भाइरस पछिल्लो पटक देखिएको हो । सो राज्यमा यो रोग २०१८ मा पनि देखिएको थियो । सो भाइरस पहिलोपटक २५ वर्ष अघि मलेसियामा देखिएको थियो । पछि बंगलादेश, भारत र सिंगापुरमा पनि फैलिएको थियो । निपाह भाइरसले नेपालमा उच्च जोखिम बढाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर