
खप्तड मालिका न्युज श्रावण ८,बाजुराः लगातारको बर्षातले गर्दा सडकमा गएको पहिरो रोक्नको लागी त्रिपालको प्रयोग गरीएको छ । साँफे मार्तडी सडकखण्ड अन्तरर्गत पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ९ स्थित बिनोद स्मृति प्रतिक्षालय नजिकै गएको पहिरो रोक्नको लागी त्रिपालले छोपेर पहिरो रोक्ने प्रयास गरीएको हो ।तत्काल अन्य केहि उपाय नभएकोले थोरै भएपनि पहिरोको रोकथामको लागी पाल टाँगिएको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ । बर्षातको पानी जमिनमा नभिजोस् र पहिरोको केहि रोकथाम हुन सक्छ भन्ने उदेश्यले पाल हालिएको प्रशाशनले जनाएको छ । लगातारको बर्षातले गर्दा कालोपत्रे सडकको डिलतिर बाट पहिरो गएको थियो । उक्त पहिरोले सडकखण्ड जोखिममा पारेको छ थप जोखिम नहोस भन्ने उदेश्यका साथ त्रिपालको प्रयोग गरेर पहिरो रोक्ने प्रयास गरीएको छ । तर त्रिपालको सहायताले पहिरो रोक्ने प्रयास गर्नु भनेको तलतिर बगेको खोला ,माथितिर फर्काउनु जत्तिकै देखिएको छ ।तलतिर बगेको खोला जति प्रयास गरेपनि माथितिर फर्काउन सकिदैन् त्यस्तै पहिरो गएको ठाउँमा त्रिपालको सहयाताले पहिरो रोक्ने प्रयास गर्नु भनेको एउटा सफल हुन नसक्ने कामको थालनी गर्नु जत्तीकै देखिएको छ ।
घरको जग बलियो भएन् भने, घरको माथि जति तला थपे पनि घर भत्किने हुन्छ,त्यस्तै पहिरोलाई कुनै त्रिपालको सहायताले रोक्न खोज्नु उपयुक्त काम नदेखिएको स्थानियहरुले बताएका छन् । सडकको डिलतिर पुरै पहिरोले कालोपत्रे सडक जोखिममा रहेको छ । बर्षातले थप असर नगरोस् भनेर पहिरोमा पालहरु बिच्छाए पनि त्यसले फाइदा नदिने स्थानियहरुले बताएका छन् । बिपत्ती कुनै बाजा बजाएर आउँदैन् जति बेला पनि आउँन सक्छ भनेझै उक्त पहिरोलाई पाल टाँगेर रोक्ने प्रयास गरीएको भएपनि पहिरो जतिबेला पनि जान सक्ने भएकोले पालले खासै काम नदिने देखिएको छ । अबरुद्ध पहिरालाई पाल टाँगेर रोक्न खोजिए पनि टाँगेका पालहरु पनि पहिरोले पुछेर लिने सम्भावना रहेको छ । उक्त पहिरोले कालोपत्रे गरीएको सडखण्ड पनि उच्च जोखिममा परेको छ । सडकको डिलतिर लगाइएका ग्याबिनहरु पहिरोले बगाउँदा कालोपत्रे सडक समेत भाँसिने सम्भावना बढी बढेको छ । थप अन्य ठाउँमा क्षती नहोस् र पानी पहिरोमा भिज्न नपाओस भन्ने उदेश्यले पहिरोमा पाल बिच्छाएर पहिरो रोक्ने प्रयास गरीएको भएपनि त्यो लाभदायक नहुने स्थानियहरुले बताएका छन् ।
अहिले कतिपयले पाल टाँगेर पहिरो रोक्ने प्रयास गरीएको प्रति हाँसो ब्यक्त गर्दै आएका छन् । पहिरोलाई पनि पालले टाागेर कहिँ रोक्न सकिन्छ बरु तार जाली ग्याबिनहरु लगाएर रोक्ने प्रयास गरीएको भए राम्रो हुन्थ्यो,स्थानियहरुले बताएका छन् । पहिरोमा पाल टाँग्नुको सट्टा स्थानिय सरकारले तार जाली लगाएर बलियो बनाईदिए पनि हुन्थ्यो,पालले पहिरो रोक्ने प्रयास गरीनु भनेको नसकिने कामलाई जबरजस्ती हात हाल्न प्रयास गरीनु जत्तिकै हुने स्थानियहरुले बताए । पहिरोमा पालहरु टाँगे पनि रातभर लगातार बर्षात भएको खण्डमा ति पालहरु पनि पहिरोले पुछेर लग्ने स्थानियले बताए । रातभर लगातार पानी पर्ने हो भने पहिरो बग्न सुरु हुन्छ अनि पालहरु पनि पहिरोमै पुरिने सम्भावना रहेको छ । पहिरोले कालोपत्रे सडक भाँसिने प्रबल सम्भावना रहेको छ । पहिरोले कालोपत्रे सडक निकै जोखिममा परेको छ ,यदि लगातार बर्षा भयो भने उक्त सडक अबरुद्ध भई यातायातका साधनहरुको आवागमन ठप्प हुनसक्ने सम्भावना रहेको छ ।
सदरमुकाम मार्तडीको प्रबेशद्धार नजिकै पहिराले कालोपत्रे सडक जोखिममा परेको छ । सडकमा यातायात सञ्चालन गर्न पनि खतरा बढेको देखिन्छ भने गुडीरहेका सवारीसाधनहरुलाई माथिबाट पहिरोले असर गर्ने चिन्ता थपिएको छ। पहिरोले कालोपत्रे सडक निकै जोखिममा रहेको संगै सडकमा धेरै भार भएका सवारी साधन चलाउन पनि खतरा भएको जिप तथा बस चालकहरुले बताएका छन् । कमै भार भएका सवारी साधनहरुलाई खासै जोखिम नभए पनि लोड धेरै भएका सवारी साधनहरुको लागी भने जोखिम रहेको जिप तथा बस चालकहरुले बताएका छन् । सम्बन्धित निकायले पाल टाँगेर नभई अन्य केहि उपायहरुको बारेमा चाँडो ध्यान दिन आबश्यक रहेको देखिनछ । यदि समयमै पहिरोको रोकथामको लागी ध्यान नदिएको खण्डमा खतरा बढ्न सक्ने अनुमान गरीएको छ ।
पहिरोलाई पालले माथिबाट ढाक्ने अबस्था आएपछि यसले स्थानिय सरकार र राज्यको ध्यान कता गएको भन्ने प्रस्ट बुझिएको छ । बाजुराका नागरीकहरुले यो कस्तो अबस्था सिर्जना भएको भन्दै जिज्ञासा राखेका छन् ।कहिँ नभएको हाँडी गाउँको जात्रा भनेजस्तै,जे कुराहरु पनि बाजुरामै देख्न पाइन्छ,अन्य ठाउँहरुश्रमा नभएको कुराहरु पनि बाजुरामा प्रस्ट देख्न पाइन्छ भन्दै स्थानियहरुले जिज्ञासा राखेका छन् । यसले बाजुराका जनप्रतिनिधि संगै राज्यको ध्यान कता हराएको छ भन्ने कुराको ब्याख्या गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर