• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रकृतिको अनुपम उपहार बिरेखोला झरना,आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा

खप्तड मालिका न्युज July 22, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,श्रावण ७ ,बाजुराः वास्तवमै प्रकृति आफैमा रमणिय क्षेत्र हो । यो सुन्दर प्रकृति भित्र हजारौ नदीनाला,कलकल बहने खहरे खोला,छ्याङछ्याङ गर्ने झरना,बिभिन्न प्रकारका जिवजन्तु,वनस्पतिले प्रकृतिलाई मग्नमुग्ध बनाएको हुन्छ। बिश्वभर कतिपय यस्ता रमणिय क्षेत्रहरु पनि हुन्छन् जसले गर्दा घुम्न जाने पर्यटकको मन लोभ्याउँने गर्छ,उनिहरुको मन र पर्यटकिय स्थल बिच गहिरो नाता सम्बन्ध स्थापित हुन्छ,जुन नाता सम्बन्ध चुम्बक जस्तै अडिग रहन्छ,जत्ती छुटाउन खोजे पनि फेरी गाँसिनै रहन्छ त्यस्तै यो बिश्वभरी कतिपय स्थलहरु चुम्बक जस्तै छन् जहाँ घुम्न जाने पर्यटक र त्यस पर्यटकिय स्थलबिच चुम्कको जस्तै सम्बन्ध स्थापना हुन्छ । त्यहाँ घु्म्न गयो भने पाइलाहरु फिर्ता हुन मान्दैनन् चुम्बक जस्तै धर्तिमै टाँसिए जस्तै हुन्छन् । अहिले विश्वभरका मानिसहरू हतास र निराश अल्झिरहेका छन् भने प्रकृति प्रफुल्लित रहेको छ। उदात्त हाँसो हाँसिरहे जस्तो लाग्छ प्रकृति यतिबेला।तर मानिसहरुले प्रकृतिको यो सुन्दरतालाई हेर्न र आनन्दको अनुभूति गर्न अझै पाएका छैनन।

प्रकृतिमा सुन्दरताको चाङ लागेको छ। मानिस हरु पनि दैनिक हतास र सामाजिक सञ्जालमा ब्यस्त रहेका छन् ।बाजुरा जिल्लाको अत्यन्तै मनमोहक सुन्दर प्रकृतिको उपहार बिरेखोला झरना पनि एक हो,विविधता र सौन्दर्यताले युक्त प्राकृति सम्पदाहरुको मिश्रणले बिरेखोला सिंगारिएको छ।यो बर्षातको समयममा झनै बिरेखोला उर्लिर्दो भावमा बगिरहेको छ । अग्लो छाँगाबाट पछारीएर भुईमा लडिबुडी खेलिरहेको त्यो झरनाको सुन्दर दृश्यले त्यहाँ घुम्न जाने र्यिटकको मन निकै लोभ्याउँने गरेको छ । झरनाको त्यो सेता पानी,त्यसैमा अग्लो छाँगाबाट उफ्रिउफ्रि भुँईमा लडिबुडी खेलिरहेको त्यो सुन्दर दृश्य देख्दा पर्यटकको मन निकै आर्कर्षित बन्ने गरेको छ । बाजुरा जिल्लाको जिल्ला सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर दक्षिणपट्टि बडिमालिका ६,८ र ९ को सिमानामा अबस्थि बिरेखोला एक प्रकृतिको अनुपम उपहार हो । करीब १ सय मिटर अग्लो झरनाको त्यो मनोरम दृश्य ,झरनाको अग्लो छाँगाबाट खस्ने पानीमा रमाउँन तथा भिर मौरी हेर्नको लागी आन्तरिक तथा बाह्य पर्यटक बिरेखोलामा जाने गरेका छन् । त्यो अग्लो छाागाबाट झरेको पानीको फोहोरा संग लडिबुडी खेल्नको लागी दैनिक आन्तरिक तथा बाह्य पर्यटक बिरेखोला झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको छन् ।

खोल्सीको पानी अग्लो भिरबाट भुइँमा पछारिँदा त्यो पानी छल्छल्ती दायाँबाया मेघ बर्षे जस्तै बर्षिन्छ,भने कपडाको भुवाजस्तै देखिन्छ। झरनाको सुन्दरता संग रमाउँनको लागी दैनिक दश बाह्र जनाको समुहमा आन्तरिक पर्यटक घुम्न जाने गरेका छन् ।सुन्दर प्रकृतिको अग्लो भिरको काखमा सुसेली हाल्दै,अग्लो छाँगाबाट बहने झरनाले सडकका हिडिरहेका मानिसहरुको पनि नजर तान्ने गरेको छ । पछिल्लो समय बिरेखोला झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै गएको छ । मानिसहरु रमाइलो गर्न संगै प्रकृतिसंग घुलमिल गर्नकै लागी पनि पछिल्ले समय सबैको रोजाईमा बिरेखोला पर्दे आएको छ । झरना बाट खसेको पानी आकर्षक र मनोरम देखिने हुँदा पनि त्यहाँको प्राकृतिक सौन्दर्यता निकै रमाइलो हुने गरेको छ  । नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँछन । पैदलयात्राबाट लामो यात्रा गरेर गएका ब्यक्तिहरु पनि झरनाको नजिक पुगेपछि थकाइ बिर्सिन्छन । अग्लो छहराबाट खस्ने झरनामा आकर्षक सप्तरंगी इन्द्रेणीको दृश्य समेत प्रस्ट हेर्न सकिन्छ । मनमोहक झरनामा रुज्दै भिज्दै रमाइलो गर्दा दिन बितेको समेत पत्तो हुदैन् । झरनाको चिसो पानी,शरिरमा परेपनि झन रमाइलो अनुभति हुने,त्यो सुन्दर प्रकृतिको काखैमै रहेको झरनामा लडिबुडी खेल्न मन निकै हौसिने लगायतका कुराहरुले पनि मन लोभिएको हुन्छ। झरनाको पानीमा जाउँजाउँ,त्यहाँ गएर लडिबुडी खेलेरै आउँ जस्तो मनमा अनुभुति उत्पन्न हुन्छ ।

सुन्दरताको दानीको रुपमा समेत चिनिने बिरेखोला झरना पछिल्लो समय दिन प्रतिदिन पर्यटकहरुको रोजाईमा पर्दै गएको पाइन्छ । बिशेष गरी हिउँदको समय भन्दा पनि बर्र्खाको समयमा झरनामा पानीको बहाफ उच्च रहने भएकोले मानिसहरु पनि बर्खातको समयमा बढीm मात्रामा जाने गरेका हुन्छन् ।स्थानिय सरकारले पनि बिरेखोला झरनाको पर्यटन,प्रर्बद्धनको लागी संरचनाहरु निमार्ण गरेको छ । बिरेखोला झरनाको प्रबेशद्धारमै स्वागत गेट स्थापना गरीएको छ जसले गर्दा पबिरेखोलाको थप प्रचारप्रसारमा सहजता भएको छ । झरनाको भित्र पनि संरचनाहरु निमार्ण गरीएका छन् । घुम्न जाने पर्यटकहरुको लागी सहजता होस् भन्ने उदेश्यका साथ शौचालयको पनि ब्यबस्था गरीएको छ । ओत लाग्नको लागी टहराहरु पनि निमार्ण गरएिका छन् । ।प्रकृतिको अनुपम उपहारको रुपमा पहिचान हुने बिरेखोला झरनाले स्वर्ग धर्तीमै छ भन्ने भनाइ सान्दर्भिक बनाएको छ।झरनाको पानलीले त्यहाँको सुन्दरतालाई पनि थप बढवा लिएको छ । अग्लो छाागाबाट खसेको पानीले आसपास वरपर भिजाउँने गरेको छ । कतिपयले बिरेखोलालाई सुन्दरताको खानी,प्रकृतिको अनुपम स्थल ,छाँगाबाट खसेको झरना लगायत बिभिन्न तरिकाले परिभाषित गर्ने गरेका छन् । त्यो प्रकृतिको सुन्दर स्थल बिरेखोलाको प्रकृतिसंग रम्न र फोटो खिच्ने मानिसहरुको भिड लाग्ने गरेको छ । सबैले मोबाइल क्यामरा निकालेर तस्बिर र सेल्फी खिच्न औधी मन पराउँने गरेका छन् । बडिमालिका वडा नम्वर ८ को राप्क गाउं नजिक रहेको विरेखोला झरनाले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउँदै गएको छ ।

जसले गर्दा त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या थप गर्न सहयोग गरेको छ ।अहिलेको समयमा बिरेखोला भन्ने बितिक्कै युवायुवतिहरु घुम्न रम्नको लागी हुरुक्कै हुने गरेका छन् । शान्त वातावरण,सुहाउँदो प्रकृति,सुन्दर पानीको दृश्यमा माया साटासाट गर्न उक्त झरनामा प्रेमीजोडिहरु बढी मात्रामा रमाउँने समेत गरेका छन् । प्राकृतिक अनुपम सुन्दरता बोकेको विरेखोला झरनामा बर्खायाममा पानीको स्रोत प्रशस्तै हुने हुँदा बर्ख ाको समयमा बढीजसो मानिसहरु घुम्न जाने गरेका छन् भने हिउँदको समयमा झरनामा पानी कम हुने गरेकाले खासै कम मात्रामा ब्यक्तिहरु जाने गर्छन् । झरनासम्म आवतजावतका लागि कच्ची बाटो निमार्ण गरीएको छ । झरना सम्म जानको लागी सडक निर्माण र झरनाको संरक्षण तथा विकासका लागि स्थानीय तह ,प्रदेश तथा संघीय सरकारले कार्यक्रम ल्याउन सकेको खण्डमा बर्षेनी लाखौको संख्यामा पर्यटक भित्र्याउन सकिने स्थानियहरुको बुझाई रहेको छ । प्रचारप्रचासको कमिले पनि बाह्य पर्यटक बढी मात्रामा भित्र्याउन नसकिएको देखिएको छ । बिरेखोला झरनाको संरक्षण सम्बद्र्धनको लागी स्थानिय सरकारले छुट्टै निति ल्याएर सञ्चालन गरेको खण्डमा यसको थप प्रचारप्रचासमा टेवा पुग्ने बिश्वास लगिएको छ । छोटो दुरी र रमाइलोको लागि झरना उत्कृष्ट गन्तव्य बन्दै गएको भए पनि खासै अझै प्रचारप्रचास आउँन सकेको छैन् यसको अभैm प्रचारप्रसारको लागी सबैले आ आफ्नो ठाउँबाट भुमिका निर्वाह गरेको खण्डमा प्रचारमा ल्याउन सकिने सम्भावना रहेको छ ।

प्रकृतिको अनुपम स्थल प्रचुर सम्भावना बोकेको बिरेखोला झरनाको लागी स्थानिय सरकारले पनि आफ्नो ठाउँबाट भुमिका खेलिरहेको छ । स्थानिय सरकारले पालिकाको निति तथा कार्यक्रमममा यसलाई पनि समावेश गरेर यसको पर्यटन प्रबद्र्धनको लागी नितिगत रुपमा कार्य अगाडी बढाईएकोले बिरेखोलाको प्रचारमा प्रसारमा सहजता हुने बिश्वास लगिएको बडिमालिका नगरपालिकाले जनाएको छ । बर्खाको समयमा निरन्तर रुपमा बगिरहेको बिरेखोला झरनामा हरेक दिन दर्जनौँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न जाने गरेका छन् । पर्यटकहरु बिरेखोलाको प्राकृतिक सुन्दरता,झरनाबाट खस्ने पानी संग लडिबुडी खेल्न र दुःख भुलेर सुन्तुष्ट भएर फर्किने गरेका छन् । बिरेखोलाको स्थलगत अनुगमनको लागी जिल्लाबाट सरकारी टोली गएको भए पनि सोचेजस्तो अझै प्रचारप्रसारमा ल्याउन सकिएको छैन् । झरना हेर्न बाजुरा जिल्ला बाहिर अछाम, डोटी ,डडेलधुरा लगायतका शुदुरपश्चिमका जिल्लाहरुबाट पर्यटक आउने गरेका छन । अहिले बिरे खोला संरक्षण समिति गठन समेत गरीएको छ । झरना हेर्न आउने पर्यटकबाट टिकट काट्ने समेत ब्यबस्था गरीएको छ टिकटबाट उठेको पैशाले बिरेखोला झरनाकै पर्यटन प्रबद्र्धनको लागी प्रयोग गर्ने गरीएको बडिमालिका नगरपालिकाले जनाएको छ । यसलाई अझै थप ब्यवस्थित गर्न र आन्तरिक तथा बाह्य पर्टटकको रोजार्यमा पार्नको लागी नगरपालिकाले ठुलो भुमिका खेलिरहेको बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताएका छन् । बिरेखोलाको पर्यटन प्रबद्र्धनको लागी बिशेष निति बनाएर पालिका अगाडी बढेको पनि उनले बताएका छन् ।

बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै पर्ने विरेखोला झर्ना पर्यटक भित्र्याउने आफैमा मनमोहक ठाँउका रुपमा चिनिन्छ । अति पर्यटन क्षेत्रको सम्भावना बोकेको उक्त झरनाको सौन्दर्यता आफैमा मग्नमुग्ध रहेको छ । झरना नजिकै साफेँ मार्तडी पक्की सडक भएकोले बिरेखोला झरना अबलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।झरनाको तिरैमा गाडी राखेर २ मिनेटमै झरनामा पुग्न सकिन्छ । बिरेखोला झरनालाई अझै थप ब्यबस्थित तरीकाले यसको पर्यटन प्रबद्र्धन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रुपमा बढाउँन सकिने देखिएको छ । जसको लागी स्थानिय सरकार,जिल्लास्थित सरोकारवाला निकाय लगायत सम्पुर्ण ब्यक्तिहरुले आ-आफ्नो ठाउँबाट यसको प्रचार-प्रसारको लागी भुमिका खेल्न जरुरी रहेको देखिन्छ ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑