• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जिल्लाबाट (एसईई) ग्रेडबृद्धि पुरक परीक्षामा १८३० जना परीक्षार्थी सहभागी हुँदै

खप्तड मालिका न्युज July 18, 2024 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३० जना परीक्षार्थी सहभागी हुने भएका छन् । श्रावण २३ गतेबाट सञ्चालन हुने उक्त ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । जिल्लाभर रहेका ६ वटा परीक्षा केन्द्रबाट सो संख्यामा परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेले बताएका छन् ।

उनका अनुसार माथिल्लो चारवटै पालकिाका बिद्यालयका बिद्यार्थीहरुको लागी जनप्रकाश मा.वि.(क) र जनप्रकाश मा.वि (ख) परीक्षा केन्द्र तोकिएको उनले बताए । जसअनुसार जनप्रकाश मा.वि.(क) परीक्षा केन्द्रमा १८ बिद्यालयका कुल २७५ जना परीक्षार्थी र त्यस्तै जनप्रकाश मा.वि (ख) परीक्षा केन्दमा ४ वटा बिद्यालयका २८४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै यता जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका मा.वि र क्रेटर जोन एकेडेमी परीक्षा केन्द्रमा बडिमालिका नगरपालिकाका र गौमुल गाउँपालिकाका बिद्यालयका बिद्यार्थीहरु सहभागी हुने भएका छन् ।जसमा मालिका मा.वि परीक्षा केन्द्रमा ७ वटा बिद्यालयका २७३ जना परीक्षार्थी त्यस्तै क्रेटर जोन ऐकेडेमीमा १० वटा बिद्यालयका १९३ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

तल्लो क्षेत्रका तिन वटा पालिकाको लागी भानोदय मा.वि. नौविस (क) परीक्षा केन्द्रबाट १५ वटा बिद्यालयका ४०८ जना परिक्षार्थी त्यस्तै भानोदय मा.वि. नौविस (ख) परीक्षा केन्द्रबाट १४ वटा बिद्यालयका ३९७ जना गरी जिल्लाभरीबाट कुल १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । सबैभन्दा बढी मालिका मा.वि बिद्यालयबाट १४५ जना बिद्यार्थी सहभागी रहेका छन् भने सबैभन्दा कम बैद्धिक सनातन र बागेश्वरी मा.वि रुगिन एक एक रहेका छन् । त्यो भन्दा पछाडी सदरमुकाम मार्तडीमा रहेको बडिमालिका बोर्डिङ स्कुलबाट दुई जना परीक्षार्थी सहभागी रहेका छन् । बिद्यार्थीहरुको सहजताको लागी माथिल्लो क्षेत्रका बिद्यार्थीहरुको लागी जनप्रकाश मा.वि (क,ख) त्यस्तै तल्लो क्षेत्रका बिद्यार्थीहरुको लागी भानोदय मा.वि (क,ख) परीक्षा केन्द्र निर्धारण गरीएको शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

जिल्ला बाजुराबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण भएका थिए ।जिल्लाबाट साधारण तर्फ २७३४ र प्राबिधिकधार तर्फ १०० जना गरी कुल २ हजार ८ सय ३४ परीक्षार्थी परीक्षामा सहभागी भएका मध्ये ३६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण थिए भने भने ६४ प्रतिशत बिद्यार्थी असफल भएका थिए । जसमा ३.६ देखि ४ जीपीए ल्याउने ८ जना, ३.२ देखि ३.६ ल्याउने ८४ जना, २.८ देखि ३.२ साधारणतर्फ ३ सय ९१ र प्राविधिक धारतर्फ १३ जना गरी ४ सय ४ रहेका थिए । यस्तै २.४ देखि २.८ जीपीए ल्याउने साधारणतर्फ ४ सय ५३ जना, प्राविधिक धारतर्फ १२ जना गरी ४ सय ६५ जना, २.० देखि २.४ जीपीए साधारणतर्फ ४३ जना, प्राविधिक धारतर्फ १ जना गरी ४४ जना रहेका थिए ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था रहेको छ ।विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्छ । सरकारले यस बर्ष दुई भन्दा बढी बिषयमा (एनजी) ल्याएका बिद्यार्थीहरुलाई पनि परीक्षामा सामेल गराउने निर्णय गरेको छ । चैत १५- २७ सम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑