
खप्तड मालिका न्युज,असार २६ बाजुरा: – बिकट बाजुरा जिल्लामा जन्मेका नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतीनिधि सभा सदस्य समेत रहेका माननीय बद्री प्रसाद पाण्डे बाजुराबाट निर्वाचित भएर तिनपटक संसदमा प्रतीनिधित्व गरिसकेका एक साहसि नेपाली कांग्रेसका प्रखर नेता हुन् । पाण्डे यसअघि संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यका रुपमा काम गरिसकेका पाण्डे अहिले तेस्रोपटक प्रतिनिधि सभाका सदस्य भएर संसदमा प्रतिनिधित्व गरिरहेका छन्।
बाजुरा जिल्ला जस्ताे बिकट ठाउँमा जन्मेर नेपाली कांग्रेस पार्टीको सहमहामन्त्री समेत रहेका पाण्डे ३ पटक सांसद भइसकेपनि अहिलेसम्म मन्त्रीका रूपमा सरकारमा सामेल हुन भने सकेका छैनन्। नेपाली कांग्रेस पार्टीले उनलाई अहिलेसम्म मन्त्रिका रुपमा सरकारमा सहभागी गराएकाे छैन् । कांग्रेसका शीर्ष नेता नजिक रहँदा एक पटक सांसद भएका वा समानुपातिकबाट आएकाहरुले पटक- पटक अवसर पाउँदा पिछडिएको क्षेत्रबाट आएका पाण्डेलाई भने कांग्रेसले अहिलेसम्म पनि मन्त्रिका रुपमा सरकारमा सामेल गरेकाे छैन् त्यसकारण उनी किनारामा पर्दै आएका छन्।
आफ्नो पार्टी नेपाली कांग्रेसले तिनतिन पटक साङ्सद भएर संसदमा प्रतिनिधित्व गरिसके पनि मन्त्रिका रुपमा सरकारमा सहभागी नगराए पनि उनले पार्टीले दिएकाे जिम्मेवारी भने गहन तरिकाले जिम्मेवारी ,निष्ठापुर्वक कर्तब्य निभाईरहेका छन् । आफुलाई पार्टीभित्र मन्त्री नबनाएपनि उनले कहिल्यै कसैलाई पनि केही भनेका छैनन्। पाण्डे नेपाली कांग्रेस पार्टीको एक प्रखर बलियाे,आटिलाे र साहसी नेता समेत हुन् ‘उहाँ पार्टीभित्र एक संगठक पनि हो । उहाँले पार्टिले दिएकाे जिम्मेवारी राम्रो ढङ्गले निभाईरहेका छन् भने । उहाँलाई कुनै पदसँग मोह पनि छैन् तर पार्टीकाे एक बलियाे नेता तीन तीन पटक संसदमा प्रतीनिधित्व गरिसके पनि कांग्रेसले किन उनलाई अगाडि नबढाएकाे भन्ने कुरा हाे?। ‘पार्टीले जनतामा राम्रो छाप छाड्न पनि पाण्डेजस्ता निष्ठावान नेतालाई यसपटक सरकारमा पठाउनुपर्छ ।
जनताले पत्याएका नेतालाई सरकारमा मौका दिनुपर्छ ।’ यसपटक पनि पाण्डेलाई मन्त्री नबनाए उनीमाथि अन्याय हुने मत कांग्रेसभित्र बलियो छ ।एक जना कांग्रेस नेताले बताए।जिल्ला बाजुराबाट नेविसङ्घकाे राजनीतिबाट राजनितिक क्षेत्रमा हाेमिएका पाण्डे तिनतिन पटक संसदमा प्रतीनिधित्व गरिसक्दा पनि उनले अहिलेसम्म मन्त्रिकाे रुपमा सरकारमा भने सहभागी हुन सकेका छैन् । पाण्डे जस्ताे असल चिन्तन, सैद्धान्तिक, वैचारिक साेच भएका र पार्टीकाे लागी मरिमेट्ने ब्यक्तित्वलाई पार्टीले अहिलेसम्म मन्त्रीका सरकारमा सहभागी गराएकाे छैन् । अहिले एमाले र कांग्रेसको गठबन्धनका साथ सत्ता सहकार्य गरि सरकार चलाउने निर्णय भए संगै अब केही आशा पलाएकाे थियाे? कि पाण्डेले पनि नेपाली कांग्रेसका तर्फबाट कुनै मन्त्रिकाे पद पाएर सरकारमा सहभागी हुने तर त्याे कठिन देखिएकाे छ ।
तीन तिन पटक संसदमा प्रतीनिधित्व गरिसकेका पाण्डेले अहिले पनि सरकारमा सहभागी गराईएन भने उनिमाथि अन्याय हुने भएकाे छ ।पाण्डेकाे बैचारिक भावना,उनकाे सबैमा गर्ने राम्रो ब्यबहारका कारण जिल्लाका जनताले मन पराएर उनलाई जिताएर अहिले प्रतीनिधि सभाका सदस्य समेत बनेका छन् । त्याे उनकाे लगाब,सबैलाई देखाउने ब्यबाहरले उनी बाजुरा बासिकाे मनमुटुमा बसि सबैकाे मन जित्न सफल भई त्यहाँसम्म पुगेका हुन् । बाजुराका जनताले रुचाएका एक प्रखर नेता पाण्डे हुन्। एमालेका प्रभावशाली नेता मानिने पुर्व उद्योग मन्त्रि समेत रहेका एमाले नेता कर्ण बहादुर थापालाई पराजित गर्दै पाण्डेले सहज जित निकालेर अहिले सदनमा पुगेका छन् । बढ्दै गएको कम्युनिष्ट पकड बाजुरामा कमजोर पार्न पाण्डे सफल भएर जित निकाले ।
पार्टीको केन्द्रीय सदस्य हुदै तीन पटक संसदमा पुगिसकेका नेपाली कांग्रेसका नेता पाण्डेलाई के अब कांग्रेसले न्याय देला? एमाले र कांग्रेसकाे गठबन्धन भई के उनी कांग्रेसकाे तर्फबाट मन्त्रिकाे रुपमा सरकारमा सहभागी हुन पाउलान्? कांग्रेसले यसपटक न्याय देला? चर्चा चलिरहेकाे छ ।मानव बिकास सुचकाङ्ककाे पछाडि परेकाे ,भाेकमरी,शिक्षा,स्वास्थ्य ,यातायातकाे हिसाबले पनि पछाडि परेकाे पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउनसक्ने छवि भएकाे पाण्डेलाई यसपटक मन्त्री बन्ने चर्चा कांग्रेसभित्र चलिरहेकाे छ । के याे पूरा हाेला? साच्चै कांग्रेस ले न्याय गरेर याे पटक पाण्डेलाई मन्त्रिकाे रुपमा सरकारमा सहभागी गराउला? निकै चर्चा चलिरहेकाे छ ।
कतिपयले पाण्डे अब कुनै मन्त्रिकाे रुपमा सरकारमा सहभागी हुन पाउनु पर्छ भन्दै कुरा गरिरहेका छन् भने अर्को तर्फि कतिपयले याे हुदैन ? उहाँले पाउन गाह्राे छ समेत भनिरहेका छन् । अब के कांग्रेसले कम्युनिष्ट गढ भत्काएर उदाएका निष्ठावान् नेतालाई सरकारमा पठाएर न्याय गर्ला त? निकै चर्चा परिचर्चा अहिले चलिरहेकाे छ । तीन तीन पटक संसदमा प्रतिनिधित्व गरिसकेका पाण्डेले अब मन्त्रिकाे रुपमा सरकारमा सहभागी हुन पाउनु पर्छ कतिपयकाे राय रहेकाे छ । अब के कांग्रेसले पाण्डेलाई न्याय दिएर मन्त्रिकाे रुपमा सरकारमा पठाउला त? अब पनि पाण्डेले सरकारमा सहभागी हुन पाएनन् भने उनीमाथि अन्याय हुने कतिपय नेताले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर