खप्तड मालिका न्युज,असार २४,बाजुराः नेपाली काँग्रेसका सहमहामन्त्रि तथा प्रतिनिधि सभाका सदस्य सांसद माननिय ब्रदी प्रशाद पाण्डेले एमालेसंग दिर्घकालीन सत्ता सहकार्यको सहमति भएको छ बताएका छन् । रेडियो कान्तिपुरको कार्यक्रम (द हेडलाइनर्स्) मा पत्रकार अनिल संग कुराकाी गर्दे सहमहान्त्रि पाण्डेले यस्तो बताएका हुन् । दुई ठुला दलहरु एउटै ठाउँमा बस्ने कम्तिमा ८४ सम्म अर्को निर्वाचन आउँदा सम्म स्थिर बाटोमा जाने सुबिचार ढंगले बिश्लेषण गर्दे निचोडमा पुग्दै निर्णय गरी अगाडी बढीएको उनले बताए ।
नेकपा एमालेसंग दिर्घकालीन सत्ता सहकार्यको सहमति भएका कारण दुई ठुला दलहरु एकआपसमा मिलेर सत्ता सहकार्य गर्ने निर्णय गर्दे आलोपालो सरकार चलाउने उनले बताए । मुख्य ठुला दुई दल एक ठाउँमा आइसकेपछि कुनै पनि काम अबरोध खण्डित नहुने गरी आलोपालो तरीकाले काम अगाडी बढाईने सहमहामन्त्रि पाण्डेले बताए । दुई ठुला दलहरु एक ठाउँमा आएपछि राजनितिक स्थिरता हुने हुँदा पनि एकआपसमा सहमती गरेर सत्ता सहकार्य गर्ने निर्णय भएको उनले बताए । सरकार चलाउन दुई ठुला दलहरुको आबश्यक रहेको हुँदा पनि यस्तो निर्णय गरीएको उनले बताए ।
काँग्रेस र एमाले दुई दलहरु कम्तिमा ४६ सालको परिर्वतन पछिका सहयात्रि दलहरु रहेको बताउदै यि दुई दल सिस्टममा संस्थापन पनि भएको उनले बताए । कहिल्यै कोहि सत्ता अथवा कोहि बिपक्षमा भएपनि जुनसुकै अबस्थामा पनि यि दल स्टिमका संस्थापन रहेको उनले बताए । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधान ,प्रणाली स्थापित गरीएको छ त्यसको मुल संस्थापन यि दुई ठुला दल रहेकोले ब्यक्तिगत स्वार्थ नभई दलिय स्वार्थमाथि उठेर सिष्ट भएर यसको औचित्यका लागी दुबै दलहरु मिलेर अडिग भएर लाग्नुपर्ने र यसबाट बिचलित नभई दबाबपुर्ण तरीकाले लाग्नुपर्ने उनले बताएका हुन् ।कार्यक्रममा पत्रकार अनिलले अबको डेढ बर्ष पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई सहज रुपमा सत्ता हस्तान्तण गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा सहमहामन्त्रि पाण्डेले राजनिति भनेको पद प्राप्ती र त्यसको जबरजस्ती निरन्तरता भन्दा पनि राजनितिमा आफुले बोलेको कुरा प्रतिको बचनबद्धता नै महत्वपुर्ण कुरा भएकोले अध्यक्ष ओलीले बोलेका कुरा पुरा गर्नुहुन्छ भन्ने लागेको उनले बताए ।
सरकार सञ्चालन गर्नको लागी दुई ठुला दलहरु मिलेर मिलिजुली सरकार सञ्चालन गर्ने,दलिय भागबण्डा यो मुलुकको लागी अन्तिम टेस्ट हुनसक्छ,अन्तिम नै हुने सम्भावना छ, तर यो पनि असफल भयो भने के हुन्छ मुलुकमा ? प्रश्नको जवाफमा सहमहामन्त्रि पाण्डेले यदि त्यसो भयो भने सासन प्रणाली माथि नै प्रश्न चिन्ह खडा हुने बताए । अब यि दुबै दलहरुले नै गल्ती गर्यो भने अन्तिम बिकल्प पनि सिध्घियो जस्तो,र ब्यबस्थाकै प्रतिप्रश्न चिन्ह लाग्ने त्यसकारण पनि अब यि दुबै दलहरु एकआपसमा संम्बेदनशिल हुनुपर्ने पाण्डेले बताए । कतिपयले काँग्रेस र एमालेको मिलन चाहिँ नक्कली भुटानी सरणार्थी र गिरिबन्धु टि स्टेटको मुद्धाले दुई दलहरुको मिलान नजिक बनाएको भन्ने प्रश्नको जवाफमा पाण्डेले त्यो कुरा हामीले आगामी दिनहरुमा हाम्रा ब्यबहार बाट पुष्टि गर्ने बताए । भष्टा्रचारमा जुन शुन्य सहनशिलताको नारा मात्रै छ ,त्यो नारालाई ब्यबहारमा उतार्नु पर्छ र सुशासनको प्रत्याभुती दिनुपर्छ उनले बताए ।
आगामी दिनहरुमा यि दुई दलहरु राम्रो धेयले अगाडी बढ्यौ भने यि आरोपित कुराहरु होइन् भन्ने लाग्ने पनि उनले बताए ।अरु पार्टीहरुले जस्तोसुकै कुराहरु काटेपनि अब यि दुई दलहरु एकआपसमा सता सहकार्य गरेर अगाडी बढ्ने र आलोपालो सरकार चलाई अगाडी बढ्ने पाण्डेले बताए । देशमा यि दुई ठुला दलहरु एकआपसमा नमिलेर केहि परिर्वन नहुने हुँदा यदि केहि परिर्वतन चाहन र ब्यबस्था फरक गर्नको लागी यि दलहरु सत्ता सहकार्यका साथ आपसमा मिलेर अगाडी बढेको पाण्डेले बताए । देशकै ठुला दलहरु एकआपमा नमिल्दा अरु साना दलहरु मिलेर केहि पनि नहुने हुँदा यि दलहरुले एकआपसमा सहकार्य गर्न पुगेको पाण्डेले बताए । अब नेपाली काँग्रेस र नेकपा एमालेले आलोपालो सरकार चलाउने र सबैलाई एकसाथ समेटेर अगाडी बढ्ने सहमहामन्त्रि पाण्डेले बताएका हु्न्।
दुई ठुला दलहरु मिलेर संबिधान संसोधन गर्ने सम्मको ऐजेण्डा ल्याएकोमा र थुप्रै बिषयमा सहमती गर्ने भन्ने कुरा आएको हुँदा दुई ठुला दल एक ठाउँमा हुँदा देशको संबिधान र लोकतन्त्रलाई कत्तिको असर पार्छ भन्ने प्रश्नको जवाफमा पाण्डेले दुबै दलहरु मिलेर अगाडी बढियो भने त्यस्तो खासै असर नपर्ने बताए ।देशको अर्थतन्त्र सुधार,भष्टा्रचार नियन्त्रण,सुसानको प्रत्याभुति गर्नको लागी अहिले दुई दलहरु बिचको सहमती एकता भएको उनले बताए । असाधारण परिस्थितलाई सुचारु गर्नको लागी यस्तो सहमती भएको पाण्डेले बताए । अब नेपाली काँग्रेस र नेकपा एमाले बिच दिर्घकालीन सत्ता सहकार्यको सहमति अनुसार सरकार सञ्चालन हुने पाण्डेले बताएका हुन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर