खप्तड मालिका न्युज,असार २३,बाजुरा: लगातारकाे अबिरल बर्षातले गर्दा खाेलामाथि बनाईएकाे काठेपुल बगाउँदा मानिसहरुकाे आवतजावतमा समस्या भएको छ । जिल्लाकाे बडिमालिका नगरपालिका ८ र ९ मा पर्ने बाउली खाेलामा खाेलाले काठेपुल बगाउँदा स्थानियहरुलाई आउजाउ गर्न निकै सकस परेकाे हाे ।
दुई तीन दिनकाे अबिरल बर्षातले गर्दा खाेलामा पानीकाे बहाफ बढे संगै मानिसहरुकाे आवातजावत गर्न बनाईएकाे काठेपुल बाढिले एकाएक बगाउँदा स्थानीयलाई वारपार गर्न समस्या भएको हाे । खाेलामा बनाईएकाे काठेपुल खाेलाले बगाउँदा बडिमालिका ७ का स्थानिय र जिल्लाकाे पुर्वि उत्तरी भेगबाट आउँने जाने नागरिकलाई समस्या सकस भएको छ । काठेपुल बगाएपछि अहिले नागरिकहरुलाई उक्त खाेला हुदै आवतजावत गर्न समस्या भएको हाे।
लगातारकाे झरिले खाेलामा अत्याधिक पानीकाे बहाफ बढेर उक्त काठेपुल बगाएकाे हाे । बर्षातकाे समयमा मार्तडी काेल्टि सडकखण्डमा यातायातका साधन नचल्ने हुँदा बडिमालिका ७ का स्थानिय र पुर्वि उत्तरी भेगका नागरिक त्यहि काठेपुल हुदै यात्रा गर्थे तर अहिले बाढिले उक्त पुल बगाउँदा नागरिकहरुलाई समस्या भएको छ । माथिल्लाे क्षेत्रका नागरिककाे मुख्य पैदल मार्गमा रहेकाे उक्त पुल बगाउँदा अहिले नागरिकलाई यात्रा गर्न सकस भएको छ ।
खाेलामा निर्माण गरिएकाे काठेपुल बग्दा अहिले स्थानिय खाेलामा जाेखिमपुर्ण यात्रा गर्न बाध्य रहेका छन् । खाेलाले काठेपुल बगाउँदा अहिले खाेलामा तरेर वारपार गर्नु पर्छ, खाेला धमिलाे हुन्छ,कती पानी छ भन्ने थाहा हुन्न,जाेखिम माेलेर वारवार गर्नु परेकाे छ एकजना बडिमालिका ७ जिल्लीका स्थानियले बताएका छन् । माथि अनाईकाे पुल तरेर जान समय धेरै लाग्छ,घरमा कामकाज धेरै हुन्छ त्यसकारण माथिकाे पुल नतरेर सबै जना यहि खाेलामा जाेखिम माेलेर यात्रा गर्ने गरेकाे उनले बताए ।
लगातारकाे बर्षातले पुल बगाउँदा समस्या भएको स्थानियहरुले बताएका छन् । उक्न नदिमा पुलकाे लागी स्थानियले बारम्बार माग गरेकाे भए पनि कुनै सुनुवाई नभएको स्थानियकाे भनाइ रहेकाे छ । वर्षातको समयमा वर्षौदेखि यहिपुलबाट मार्तडी बजारसम्म ओहरदोहर गरिरहेका बडीमालिका ७ लगायत पुर्वि उत्तरी पालिकाका नागरिकलाई सधै बर्षातकाे समसयमा समस्या हुदै आएको छ।उनिहरुलाई पाँच दस मिनेटमा पार हुने बाटाे करिक आधा घण्टा लगाएर द्वारीको पुलबाट हिड्नु पर्ने अबस्था रहेकाे छ ।
नागरिकले जाेखिम माेलेर यात्रा गरिरहदा पनि यसबारे सम्बन्धित निकायकाे भने अझै ध्यान जान सकेकाे छैन् । काठेपुल बगाएकाे एक साता बितिसक्दा पनि कसैले चासाे दिएकाे पाईदैन् । नागरिक भने बर्षातकाे समयमा पनि उहीँ ठुलाे खाेलामा जाेखिम पुर्ण यात्रा गरेर ओहोरदोहोर गरिरहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर