
खप्तड मालिका न्युज,बाजुराः अबिरल बर्षातले जिल्लाको त्रिबेणी नगरपालिका –२ छतारास्थित भूकम्पले चर्किएका २ घर भत्किएका छन । लगातारको अविरल वर्षातका कारण २ घर भत्केका हुन । अबिरल बर्षातले गर्दा घर भत्किएपछि अहिले दुवै परिवारको बिचल्ली भएको छ ।भुकम्पले क्षती पुर्याएका घरहरुमा अबिरल बर्षातले झनै ठुलो क्षती पुर्याएको हो । लगातारको अबिरल बर्षातले गर्दा ति घरहरु भत्किएका हुन।
‘हिउँदमा भूकम्पले चर्काएको घर अलि जोगिए पनि वर्खाको समयमा लगातार बर्षात हुँदा पूरै घर भत्किएपछि अहिले बास बस्ने चिन्ता परेको छ ।’घर भत्किएपछि वर्षातको समय कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको छ ।त्रिवेणी नगरपालिका २ का वडा अध्यक्ष बीरबहादुर विकले घर भत्किएर बिस्थापित भएका परिवारलाई तत्कालका लागि आफन्तको घरमा सारिएको बताएका छन ।
जिल्ला बाजुरामा भुकम्पले चर्काएर घरहर बर्षातको समयमा उच्च जोखिममा परेका छन । जिल्लाका ९ वटै पालिकाका कयौ घरहरु भुकम्पले चर्काएको थियो ति घरहरु अहिले बर्षातको समयमा निकै जोखिममा रहेको छन । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा भुकम्पले चर्काएका घरहरु अहिले उच्च जोखिममा परेका छन । हिँउदको समयमा भुकम्पले चर्काएका घर अहिले बर्षातको समयमा उच्च जोखिममा परेका छन। त्यस्तै जिल्लाको हिमाली गाउँपालिकामा पनि भुकम्पले चर्काएका घरहरु उच्च जोखिममा रहेका छन ।
कतिपय घरहरुमा बास बस्नै नमिल्ने अबस्थामा रहेको छन भने कतिपयमा डरै डरले बस्नुपर्ने बाध्यता रहेको छ । अझै पनि भुकम्पबाट पिडित कतिपय घरपरिवारलाई सुरक्षित स्थानमा राख्न सकिएको छैन उनिहरु जोखिम मोलेर उहि भुकम्पले चर्काएको घरमा बसिरहेका छन । जिल्लामा भुकम्पले चर्काएका घरहरु यो बर्षातको समयमा उच्च जोखिममा परेका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर