
खप्तड मालिका न्युज,बाजुराः सुदूरपश्चिमका ९ वटै जिल्लामा गए राति देखि नै भारी वर्षा जारी रहेको छ । । वर्षाका कारण खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ भने कतै बाढीका कारण स्थानीय जोखिममा परेका छन्।लगातारको बर्षाले पहिरो खसेपछि ९ वटै जिल्लाका सडकखण्ड अबरुद्ध हुनुका साथै गाउँबस्ती पहिरोको उच्च जोखिममा परेका छन् ।
लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ–श्रीभावर सडकमा पहिरो खसेको छ। उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवतजावतमा समस्या भएको छ।त्यस्तै कैलाली कञ्चनपुर जिल्लामा बर्षातले बस्ती डुबानमा परेका छन् । भारी बषात हुँदा बस्तीहरुमा बाढी पसेको हो ।बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एकरएक घरमा क्षति भएको छ ।
वर्षापछि शनिबार दिउँसो दशरथचन्द नगरपालिका–९ गुवाडास्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको छ। त्यस्तै पुर्चौडी नगरपालिका नगरपालिका–९ डण्डाखाली रिउले सार्कीको घरमा पहिरोले क्षति पुगाएको छ।लगातारको बर्षातले गर्दा डोटी,डडेलधुरा,दार्चुला,बझांग जिल्लाका सडकखण्डहरु अबरुद्ध भएका छन् भने कयौ बस्ती पहिरोको जोखिममा परेका छन् ।
लगातारको भारी बर्षातले गर्दा सुदुरपश्चिमका ९ वटै जिल्लाका बिभिन्न ठाउँमा बाढी पहिरोले क्षती गरेको छ । यस्तै अछामको साँफे मार्तडी राजमार्ग अबरुद्ध भएको छ । लगातारको भारी बर्षातले गर्दा उक्त सडकखण्ड अबरुद्ध भएको हो । लगातारको बर्षातले गर्दा बाजुराको जनजिवन पनि प्रभावित बनेको छ । भारी बर्षाका कारण जिल्लाका सडकखण्डहरु अबरुद्ध भएका छन् भने कतिपय गाउँबस्तीहरु बाढी पहिरोको उच्च जोखिममा परेका छन् ।
लगातारको बर्षातले गर्दा जिल्लाको बडिमालिका ७ जिल्ली दानचौरमा अबरुद्ध भएको सडकखण्ड करिब एक हप्ता बितिसक्दा पनि अझै सञ्चालनमा आउँन सकेको छैन् ।यस्तै जिल्लाका अन्य ९ वटै पालिकामा भारी बर्षातले गर्दा सडकखण्ड अबरुद्ध भएका छन् भने कयौ घर बस्ती जोखिममा परेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर