• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पत्रकार कठायत र बोहराले गरे रक्तदान

खप्तड मालिका न्युज June 27, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,असार १३,बाजुराः जिल्लाको जगन्नाथ गाउँपालिका वडा.नम्बर ३ घर भई कोल्टी प्राथामिक अस्पतालमा रगतको अभावमा उपचारत रहेकी निर्मा ढोलीलाई बुढीन्दा नगरपालिका ८ घर भएका तथा कोल्टीमा रहेको सामुदायिक रेडियो अपिमा कार्यरत पत्रकार  अमर कठायत र सोही नगरपालिका १० घर भएका इन्द्र बोहराले रगत दिएका छन् । गर्भवती बिरामीको पाँच महिनाको गर्भ पेटमा रहेको हुँदा गर्भ खेर गई शरिरबाट उच्च रक्तश्राव हुन थालेपछि शरिरमा रगतको अभावमा हुँदा बिरामी ढोलीलाई राती करिब १२ बजे कोल्टी प्रथामिक अस्पतालमा ल्याइएको थियो । शरिरबाट रगत धेरै मात्रामा बगेको हुँदा अस्पतालको बेडमा रहेकी ढोलीलाई द्धय कठायत र बोहराले एक एक पोइन्ट रगत दिएका हुन् ।

‘गर्भवती महिलाको शरीरमा रगतको मात्रा कम भएपछि चिकित्सकले तत्काल रगत दिनुपर्ने सुझाव दिएपछि रगतको अभावले अस्पताको बेडमा रहेकी उनीलाई  कठायत र बोहराले एक एक पोइन्ट   रगत दिएर गर्भवती बिरामी ढोलीको ज्यान बचाएका हुन्। उनको शरिरमा रगतको मात्रा कमी भएको थियो तत्काल रगत दिनुपर्ने डाक्टरहरुले सुझाव दिएका थिए । बिरामीलाई ए पोजेटिभ रगतको आबश्यकता थियो उनलाई ए पोजेटिभ रगतको आबश्यकता भएको खबर पाउँना साथ पत्रकार कठायत र बोहरा अस्पतालमै पुगेर रगत दिएका थिए ।बिरामीको शरिरबाट धेरै मात्रामा रगत बगेपछि औषधीको प्रयोगले थोरै कमी गराईएता पनि धेरै मात्रामा रगत बगिसके पछि रगतको कमी हुँदा हामीले रगत दिनुपर्ने भनेका थियौ । बिरामीलाई आज कठायत र बोहराले रक्तदान  गरेपछि उनको अहिले सामान्य अबस्था रहेको कोल्टी प्राथामिक अस्पतालका डाक्टर प्रदिप न्यौपानेले बताएका छन् । डाक्टर न्यौपानले भने,गर्भवती बिरामी ढोलीलाई राती करिब १२ बजे अस्पताल ल्याइएको थियो,पेटबाट पाँच महिनाको गर्भ खेर गए पछि शरिबाट अत्याधिक रक्तस्राब हुँदा अस्पताल ल्याई भर्ना गरीएको थियो शरिरमा ए पोजेटिभ रगतको आबश्यक परेको थियो । हामीले रगत खोज्न तत्काल भनेका थियौ र उनलाई रगत दिनको लागी दुई जना अस्पताल आएर रगत दिएको हुँदा  उनको अबस्था अहिले सामान्य रहेको डाक्टर न्यौपानेले बताए ।

रक्तदान नै जिवन दान सरह हो भन्दै पत्रकार कठायत र बोहराले गर्भवती बिरामीलाई रगतदान गरेर उनको ज्यान बचाँएको प्रति अस्पतालले दुबै जनालाई धन्यबाद समेत दिएको छ । रक्तदान गर्ने कठायत र बोहराले हामीले रगत दिएर कसैको ज्यान बच्छ भने हामी आज मात्रै होइन् सधै सबैको लागी हाम्रो मिले अनुसारको रगत दिन तयार हुने बताएका छन् । रक्तदान जिवन दान भएका कारण यो हाम्रो कतब्र्य हो, मानिस भएको नाताले यो हामीले गर्नुपर्छ,उहाँलाई रगतको अभाव भएको खबर थाहा पायौ अनि अस्पतालमा आएर रगत दिएको उनले बताए ।जिल्ला बाजुरामा कोही बिरामी भएर रगत चाहीएमा पत्रकार,नेपाली सेना,प्रहरीको र अन्य स्थानियको भर पर्नु पर्ने बाध्यता रहेको छ।कोही बिरामीलाई रगत आबश्यक परे सुरक्षाकर्मी , पत्रकारलाई हारगुहार गर्नुपर्ने अबस्था रहेको छ ।

जिल्ला बाजुराको जिल्ला अस्पताल त्यस्तै कोल्टी प्राथामिक अस्पतालमा ब्लड बैंक नहुँदा सुत्केरी,गर्भवती लगायत अन्य रगतको आवश्यक परेकाहरुलाई स्थानिय,पत्रकार,सुरक्षाकर्मिको भर पर्नु पर्ने अबस्था रहेको छ । जिल्लामा आबश्यक परेको बेला रगत नपाएर स्वास्थ्य संस्थामा आकस्मिक प्रसुति सेवा दिनमा समेत समस्या हुँदै आएको छ । रगत दान गर्नु पर्छ भन्ने मानसिकता भएका हरुले रगत दान गर्छन् तर प्राय रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाहरु रगत दिन समेत मान्दैनन् यस्तो अबस्थाले बाजुरामा कयौले रगतको अभावले छटपटानु पर्ने बाध्यता रहदै आएको छ ।अस्पतालमाहरुमा ब्लोड बैङ्क नहुँदा यस्ता समस्याहरु थपिदै गएका छन् । जिल्ला बाजुरामा कतिपयले रगत नपाएर उपचारमा समस्या भई अन्यत्र लिनुपर्ने बाध्यता रहेको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑