• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराका किसानहरु असारे धान रोपाईमा ब्यस्त

खप्तड मालिका न्युज June 22, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,असार ८,बाजुराः  बेलुकीपख बर्षा भएसंगै बाजुराका किसानहरु धान रोपाईमा ब्यस्त देखिएका छन् । जिल्लाका ९ वटै स्थानिय तहमा यतिखेर कृषकहरु असारे धान रोपाईमा खेतमै व्यस्त रहेका छन् । केहि समय अगाडी खडेरीका कारण समसया भएको भएपनि आजभोली थोरै भएपनि बेलुकीपख बर्षा हुने भएकोले किशानहरु बर्खे धान रोपाइँमा ब्यस्त देखिएका हुन् । अहिले बाजुराका किशानहरुलाई धान रोपाएईको चटारो रहेको छ भने सगै संगै कोदो सार्ने कामलाई पनि बाजुराका किशानहरुले अगाडी बढाएका छन् । अहिले बाजुराका कृषकहरु आली ताछ्ने, आली लगाउने, कुलो मर्मत,बिउँ गाड्ने,बोक्ने, काममा ब्यस्त रहेका छन् ।

जिल्ला बाजुरामा जेठ पहिलो साताबाट धान रोपाई सूरु भई साउन मसान्तको तेस्रो सातासम्म धान रोपाई हुने गरेको छ ।जेठको पहिलो साताबाटै रोपाई सुरु गर्ने बाजुराका किशानहरुलाई यो बर्ष भने अलि खडेरीले सताएको हो तर पनि खडेरीको मतलब नराखी किशानहरु रोपाईमा ब्यस्त देखिएका छन् । सिँचाईको सुबिधा हुने कतिपय ठाउँमा भने रोपाई अन्तिम चरणमा पुगेको छ भने सिचाईको सुबिधा नभएको आकासे पानीको भरमा पर्ने खेतबारीमा भने अझैसम्म रोपाई सुरु हुन सकेको छैन् । जिल्लाका कतिपय ठाउँमा सिँचाई सुविधा भएका ठाउँमा समयमै धान रोपाई हुने गरेको छ भने कतिपय ठाउँमा आकाशे पानीको भरमा धान रोपाई हुने गरेको छ । असारको महिना मानो रोपी मुरी फलाउने महिना भएका कारण यतिबेला बाजुराका सबै कृषकहरु खेतबारीमै ब्यस्त रहेका छन् ।

जिल्लाका ९ वटै स्थानिय तह,मध्ये यतिबेला बढीजसो बडिमालिका,त्रिबेणी,बुढीगंगा,गौमुल,बुढीनन्दा लगायतका अन्य पालिकाका केहि ठाउँहरुमा यतिबेला रोपाईको निकै चटारो रहेको छ । मुख्य बालीका रुपमा चिनिने धान खेती रोप्न यतिबेला कृषक व्यस्त रहेका छन् ।कतिपय ठाउँमा भने हाते ट्याक्टरबाट धान रोपाइँ सुरु गरिएको छ भने कतिपय ठाउँमा गोरुकै सहयाताले धान रोपाई सुरु गरीएको छ । जिल्लाको बडिमालिका लगायतका आसपास क्षेत्रमा बढीजसो हाते ट्याक्टरबाट धान रोपाई सुरु गरीएको छ । हाते ट्याक्टरले सजिलो हुने भएको पछिल्लो समय बढीजसो कृषकहरु हाते ट्याक्टरको सहयाताले रोपाई गर्न थालेका छन् । मेहेनत कम संगै लागत पनि कम हुने भएकोले कृषकह्ररु हाते ट्याक्टर प्रति आर्कषित भएका छन् । जिल्लाका सबै पालिकामा हातेट्याक्टरको पहुँच पुगेकोले अहिले हाते ट्याक्टरको सहयाताले पनि कृषकहरुले धान रोपाई गर्ने गरेका छन् ।

बाजुराका कृषक यतिबेला धान रोपाइँमा व्यस्त छन् । मानो रोपेर मुरी फलाउने भन्दै खेतमा असारे भाका गाउँदै खेतबारीमै रातदिन ब्यस्त रहेका छन् । सदरमुकाम मार्तडी, जुगाडा, रजाली,रजातोली,जिल्ली,आटिचौर, ब्रह्मतोला, बाह्रविस, तोली, कैलाशमाण्डौ, कोल्टी पाण्डुसैन लगायत अन्य ठाउँमा पनि धान रोपाई सुरु गरिएको छ । बाजुरा जिल्लामा मनसुन नभित्रिएको भएपनि स्थानिय वायुको प्रभावले बेलुकीपख केहि पानी पर्ने भएकाले किशानहरुले रापाई सुरु गर्न थालेका हुन् । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ ।जिल्लामा जेठ पहिलो साताबाट सुरु भएको रोपाई साउन महिनाको तेस्रो सातासम्म सकिने गर्दछ् । समयमै पानी परेको खण्डमा भने यो भन्दा पनि चाडै रोपाई गरेर सकिन्छ तर अहिले समयमा पानी नपरेको हुँदा त्यहि समयमा रोपाई सकिने अनुमान रहेको छ ।

२ लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको बाजुरामा खेतीयोग्य जमिन ११ प्रतिशत रहेको छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा छ । जिल्लामा ३३ सय हेक्टरमा धान रोप्ने गरिएको छ ।कतिपय ठाउँमा सिंचाइको सुविधा नहुँदा जिल्लामा बर्सेनि खाद्यन्न अभाव हुने गरेको छ ।जिल्लामा बर्सेनि ११ हजार मेट्रीक टन खाद्यन्नको अभाव हुने गरेको छ । जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकंमा रहेको छ ।जिल्ला बाजुरामा अहिले असारे भाकामा दोहोरी गाउँदै ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्दे किसानहरु रोपाईमा ब्यस्त रहेका छन् ।

ज्ञान केन्द्रका अनुसार जिल्लाको पुर्बि उत्तर क्षेत्रमा पानी कम पर्ने र सिंचित क्षेत्र नभएकोले स्वामिकार्तिक खापर गाउँपालिकाको वाइ, हिमाली गाउँपालिकाको केही भाग जगन्नाथ गाउँपालिकाको केही क्षेत्रमा कम मात्रामा  रोपाई हुने ज्ञान केन्द्रले जनाएको छ ।बुढीनन्दामा भने ति पालिका भन्दा केहि सुबिधा रहेको ज्ञान केन्दको भनाई रहेको छ । अरु तिन पालिकाका क्षेत्रमा बढीजसो आकाशे पानीको भरमा पर्नु पर्ने हुँदा त्यहाँका कृषकहरुलाई रोपाईमा केहि समस्या हुने गरेको ज्ञान केन्द्रले जनाएको छ भने अन्य पालिकाका ठाउँहरुमा भने बढीजसो सिचाई सुबिधा संगै पानी पर्ने भएकोले खासै समसया नहुने गरेको ज्ञान केन्द्र बाजुराले नाएको छ । पुर्बि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक लगायतका अन्य हिमाली जगन्नाथ लगायतका कतिपय क्षेत्रमा भने वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आशमा बस्नु पर्ने अबस्था रहेको ज्ञान केन्द्रको भनाई रहेको छ ।

जिल्लाका कृषकहरु अहिले खेतबारीमै असारे धान तथा कोदो रोपाईमै ब्यस्त रहेका छन् । चैत्र महिनामा राखेको धानको बिउ खेतबारीमा रोपाई गर्ने जत्तिको भएसंगै कृषकहरु अहिले रातदिन नभनी काममा ब्यस्त रहेका छन् । जिल्लाका सबै पालिकाका कतिपय ठाउँमा अहिले खेतबारीमा रोपाईको निकै रौनक संगै असारे भाका गुञ्जिरेको छन् । जिल्लामा पहिलेको तुलनमा अहिले केहि धान रोपाईमा कमि आएको कृषकहरुले बताउने गरेका छन् । समय परिर्वतन संगै मानिसहरु रोजगारीको लागी गाउँ छोडेर जाने हुँदा गाउँघरमा पहिलेको तुलनामा रोपाई खेती कम हुने गरेको बाजुराका कृषहरुको भनाई रहेको छ । बजारको खाद्यान्नमा बढीजसो भर पर्ने भएका कारण पनि अहिले केहि रोपाई खेतीमा कमि आएको बाजुराका कृषकको भनाई रहेको छ ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑