• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 10, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नाम मात्रको बजेट विनियोजन गरेर बाजुराको संवेदनशीलता माथि गम्भिर प्रहार गरीयोः सांसद पाण्डे

खप्तड मालिका न्युज June 19, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज, बाजुराः  नेपाली काँग्रेसका सहमहामन्त्रि तथा प्रतिनिधि सभा सदस्य सांसद बद्रीप्रसाद पाण्डेले  साँफेबगर-मार्तडी -कोल्टी सडखण्डको लागी नाम मात्रको बजेट विनियोजन गरी जिल्ला बाजुराको संवेदनशीलता  माथि गम्भिर प्रहार गरीएको बताएका छन् । प्रतिनिधि  सभाको बैठकमा विनियोजन विधेयक २०८१,को गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय,भौतिक पुर्वाधार मन्त्रालय,तथा यातायात मन्त्रालय,प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको बिभिन्न शीर्षकहरुमाथि भएको छलफलमा भाग लिदै सांसद पाण्डेले जिल्ला बाजुरालाई पछाडी पार्न खोजिएको आरोप लगाएका छन् ।

मानब बिकाश सुचकाङ्कको सबैभन्दा पुछारमा रहेको जिल्ला बाजुरालाइ सबै क्षेत्रबाट पछाडी पारीएको आरोप लगाउँदै बाजुरामा नाम मात्रको बजेट विनियोजन गरी बाजुराको संवेदनशीलता  माथि गम्भिर प्रहार गरीएको बताएका हुन्। रणनितिक सडक,पुलको बिस्तृत सम्भाब्यता अध्ययन गर्न मात्रै प्रयोजनका लागी ६८३ योजना तय गरीएको भएपनि जिल्ला बाजुरामा अध्ययनको लागी एउटा पनि नपरेको सांसद पाण्डेले बताएका हुन् ।त्यति मात्रै नभई साँफेबगर -मार्तडी -कोल्टी सडकखण्ड बाजुरा जिल्लाको लाइफ लाईन भएको बताउदै जसको लागी कुनै पनि पहल नभई खाली नाम मात्रको बजेट विनियोजन गरी बाजुरालाई पछाडी पारीएको बताएका हुन् । डाब- खप्तड पर्यटकिय सडक जसको नाम नै हटाई  दिएको प्रति सांसद पाण्डेले आफ्नो आपत्ती रहेको सभामुख मार्फत प्रधानमन्त्रि,गृहमन्त्रि तथा नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

झुगला देखि राफाडाँडा भन्ने सडक जसको लागी आफुले पटकपटक भौतिक मन्त्रि,अर्थमन्त्रालयमा पनि हारगुहार गरेको,सम्भव हुन्छ कि भन्ने आशा मनमा लगेर सहरी बिकाश मन्त्रालयमा पनि पुगेर समस्या बताएको तर त्यसको पनि नाम नै नसमेटिएको सांसद पाण्डेले बताएका छन् । त्यस्तै मार्तडी भौनेरा- आटीचौर- थामलेक सडकको नाम नसमेटिएको सांसद पाण्डेले बताएका हुन् । जुन जिल्ला भोकमरी,गरीबि,अशिक्षा,सञ्चार,यातायातले पछाडी परेको छ उक्त जिल्लालाई प्राथामिकतामा नराखेर बजेट विनियोजनमा ठुला मन्त्रि तथा नेताहरुले मनोमानी तरीकाले आफ्नो निर्वाचन क्षेत्र तथा जिल्ला हेरेर बिनियोजन गरीएको प्रति आफ्नो घोर आपत्ती रहेको सांसद पाण्डेले बताएका हुन् । जिल्ला बाजुराको लागी आफुले हरेक समयमा मन्त्रालयमा कुरा उठाएको भए पनि माग पुरा नभएको ठुला मन्त्रि तथा नेताहरुले पावर,पहुँच तथा शक्तिको भरमा आफ्नो जिल्लालाई मात्रै प्राथामिकतामा राखेर बजेट बिनियोजन गरीएको र बाजुरालाई बजेट बिनियोजनमा पछाडी पारिएको उनले बताएका हुन् ।

मन्त्रालयका अधिकांस योजनाहरु टुक्रे योजना,अनुत्पादन योजना र बिकाशको क्षेत्रिय असन्तुलनलाई बढवा दिने खालका योजना भएको सांसद पाण्डेले बताएका हुन् । त्यस्तै गृहमन्त्रालय शान्ति सुरक्षा परिचालन तथा सञ्चालन गर्ने प्रमुख मन्त्रालय रहेको कारण गृह मन्त्रालयले कुन जिल्ला कति जोखिम छ,कति बिपत्तीमा परेको छ त्यो बुझेर,प्राथामिकता दिनुपर्ने हो तर त्यसो नभएको बताएका छन् । नेपालमा आफ्नो बोझ देखाउनको लागी,पावर पहुँच देखाउनको लागी मात्रै गृह मन्त्रि बन्ने प्रचलन रहेको बताउदै सांसद पाण्डेले नितिगत रुपमा गृहमन्त्रिहरुले काम गर्न नसकेको बताएका हुन् । जिल्ला बाजुराको प्रदेश क भौगोलिक हिसाबले निकै बिकट मानिएको ठाउँ जहाँ इलाका प्रशासनको माग भईरहेको छ तर मन्त्रालयमा फाइलहरु खाली थन्किएर बसेको उनले बताए । त्यस्तै जिल्ला बाजुराको प्रदेश ख को टाँटेमा इलाका प्रहरी कार्यालयको माग छ तर त्यो फाइल पनि थन्किएको बताउँदै तत्काल त्यो माग चाँडै मन्त्रिबाट पुरा हुनुपर्ने उनले बताएका हुन् ।

बिकट ठाउँका माग पुरा नहुने हो भने सरकार जति अगाडी बढेपनि फाइदा नहुने उनले, बताए । प्रचारका लागी होइन् परिणामको लागी काम गर्ने तत्परता देखाउनुहोस्,भाषणको लागी होइन् शासनको लागी गृहमन्त्रि भएको प्रत्याभुति देखाउनुहोस् भन्दै सभामुख मार्फत गृहमन्त्रिको ध्यानाकर्षण गराएका हुन् । आफुले अहिले जति पनि रोष्टममा उभिएर कुराहरुको माग गरे ति पुरा भएको देख्न पाइयोस् सांसद पाण्डेले बताए । बिकट ठाउँका नागरीकको पिडा सरकारले बुझ्नु पर्ने बताउदै बाजुरा जस्तो मानव बिकाश सुचकांकको पुछारमा रहेको जिल्ला,भोकमरी,गरीबिले पिल्सिएिको,बिकाशका पुर्वाधारबाट पछाडी परेको जिल्लालाई सरकारले प्राथामिकतामा राख्नुपर्ने सांसद पाण्डेले बताए । यो बर्षको बजेट विनियोजनमा मन्त्रिहरुले ठुलो चलखेल गरेर आफ्नो क्षेत्रलाई मात्रै प्राथामिकता राखे तर आउँदो बर्षको बजेटमा फेरी यस्तै प्रबृति नहोस्,बाजुरा जस्तो बिकाशले पछाडी परेका सबै जिल्लाहरुमा त्यहाँको समस्या हेरेर बजेट विनियोजन होस् भन्ने आशा लिएको सांसद पाण्डेले बताए ।

सम्बन्धित पोस्ट
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित
  • १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    समाचार

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

    रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑