• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गर्मि भएसंगै अस्पताल बाजुरामा बिरामीको संख्या बढ्दो

खप्तड मालिका न्युज June 17, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,असार ३,बाजुराः  केही दिनयता अत्यधिक गर्मी बढेसंगै अस्पतालहरूमा बिरामीको बढेको चाप बढेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा केही दिनयता झाडापखाला, आउँ, भाइरल ज्वरो लगायतका समस्याबाट पीडित बिरामीको चाप बढेको छ ।गर्मी अत्यधिक बढेपछि जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढ्न थालेको छ।

बढ्दो गर्मिका कारण दैनिकघाखोकी,टाइफाइड,झाडापखाला,र ज्वरोका बिरामी बढ्न थालेका हुन्।बढ्दो गर्मिले अस्पतालमा दैनिक एक सय भन्दा बढीको हाराहारीमा बिरामी आउने गरेको अस्पताल बाजुराले जनाएको छ । बढ्दो गर्मिका कारण मौसममा आएको परिवर्तनसँगै मौषमी रुघाखोकी लगायत अन्य बिरामीको चाप बढ्दै गएको अस्पताल बाजुराले जनाएको छ ।

लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ।नियमित अस्पताल आउने बाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, मलेरिया, झाडापखालाका बिरामी बढी मात्रामा आउँने गरेको अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताएका छन् । लामो समयसम्म पानी नपरी गर्मि बढेसंगै दैनिक बिरामीहरुको संख्या बढ्दै गएको अधिकारी गिरीले बताए । केहि दिन सम्म मौषमा परिर्वन नआएको खण्डमा अझै अस्पतालमा बिरामीको संख्या बढ्न सक्ने उनले बताए ।

केही दिनयता एक्कासि गर्मी बढेपछि अस्पतालमा मौसमी रुघाखोकी लगायतका बिरामीहरु बढ्न थालेका हुन्।  मौसमी रोगका कारण जिल्ला अस्पताल तथा मार्तडीका अन्य मेडिकलहरुमा बिरामीको भीड बढ्न थालेको छ ।गर्मी बढेसँगै दिनानु दिन बिरामीको सङ्ख्या पनि बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । विशेषगरी मौसमी ज्वरो, झाडापखाला, टाउको दुख्ने र शरीर चिलाउने जस्ता समस्या देखिएका छन् ।लामो समयसम्म खडेरी परेका कारण गर्मि अत्याधिक बढेसंगै रुघाखोकी,झाडापखाला लगायतका बिरामीको संख्या पनि बढ्दै गएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

जिल्ला अस्पताल बाजुराका कार्यलय प्रमुख डाक्टर समिता पुनले गर्मी बढेसँगै विभिन्न किसिमका मौसमी रोगको उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताएकी छन् ।   केही दिनयता भाइरल ज्वरो,झाडापखाला,टाइफाइड लगायतका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिंदै उहाँले अझै गर्मि यस्तै यथावत रहने हो भने यस्ता प्रकारका समस्या भएका बिरामी आउने क्रम अझै बढ्न सक्ने बताउनुभएको छ  । गर्मीका कारण एलर्जी लगायत अन्य रोगहरुका बिरामी अस्पताल आउने गर्छन् । “झाडापखाला र ज्वरोका बिरामी धेरै आउँछन्,”डाः पुनले भन्नुभयो, “यतिबेला खानपिन र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।” उनले बताएकी छन् ।

दिनभरको टन्टलापुर गर्मीसंगै झन तातोे हावा चल्दा रुघाखोकी,झडापखाला,लगयातका बिरामी बढी मात्रामा आउने गरेको यता आर.सी. मेडिकल हलका सञ्चालक  डाक्टर रामचन्द्र यादवले बताउनुभएको छ ।जिल्लामा अत्याधिक गर्मि बढेसंगै यस्ता खाले प्रबृतिका बिरामी मेडिकलमा पनि धेरै संख्यामा आउँने गरेको डाक्टर यादवको भनाई रहेको छ । अहिले गर्मिमा बढीजसो टाउको दुख्ने मौषमी रुघाखोकी धेरै हुने हुँदा यो गर्मिमा पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ खानुपर्ने उनले बताए  । चर्को घाममा अनावश्यक हिँड्डुल नगर्न समेत उनले बताए । दिन टन्टलापुर गर्मिमा बिभिन्न खाले रोगका बिरामी मेडिकलमा उपचारको लागी आउँने गरेको डाक्टर  यादवले बताएका छन् ।

गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलने स्वास्थ्यकर्मि बताउछन् । यो गर्मिको बेला सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा मसालेदार र तारेका खानेकुरा लगायत शरिरलाई हानि गर्ने कुनै पनि खाले चिजहरु नखान स्वाथ्यकर्मिहरु बताउछन् । सकेसम्म ताजा फल, हरिया तरकारी, जुस जस्ता स्वस्थकर खानेकुरा पानी र झोलिलो पर्दाथ सेवन गर्न डाक्टरहरुले सुझाव दिएका छन् ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑