
बाजुराः पाँच वर्षभन्दा लामो समयपछि अभिनेता सुशील क्षेत्री अभिनयमा फर्किएका छन्। अमेरिकामा बस्दै आएका अभिनेता सुशील क्षेत्री पाँच वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किएका हुन्। शंकर घिमिरेको निर्देशन रहेको फिल्म (तेल भिसा) मार्फत उनले कमब्याक गरेका हुन्।
पहिलो चरणमा अमेरिकामा नै छायांकन गरिएको फिल्मको एउटा गीतमा सुशीलले नृत्य गरेका छन्। सुटिङका केही तस्बिर उनले फेसबुकमा समेत पोस्ट गरेका छन्। पाँच दर्जन हाराहारी फिल्ममा अभिनय गरेका उनका भाइ, आगो, मुग्लान लगायतका फिल्महरु हिट रहेका छन्।
(तेल भिसा) मा विपीन कार्की, वर्षा राउत, ऋचा घिमिरे लगायतको शीर्ष अभिनय रहने छ। ऋचाले यही फिल्ममार्फत अभिनयमा कमब्याक गरेकी हुन्। अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्दले पनि यसमा अभिनय गरेकी छन्।अमेरिका सेड्युल पूरा भएको फिल्मको बाँकी छायांकन असार पहिलो सातादेखि चितवनमा हुने निर्देशक घिमिरेले जानकारी गराएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर