
खप्तड मालिका न्युज,बाजुराः नेपाली काँग्रेसका सहमहामन्त्रि प्रतिनिधि सभा सदस्य सांसद बद्रीप्रसाद पाण्डेले अहिलेको बजेट बिनियोजनमा एकरुपता नभई ठुलाबडा नेता तथा मन्त्रिहरु भएको र आफ्नो गाउँ ठाउँ तथा निर्वाचन क्षेत्र हेरेर बजेट बिनियाेजन गरिएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । आफु सत्तामा हुँदा आफ्नो गाउँ ठाउँ आफ्नो निर्बाचन क्षेत्र हेरेर अहिलेकाे बटेज बिनियोजन गरिएरकाे जुन जिल्लाले प्राथामिकता पाउनु पर्ने हो,जुन जिल्ला गरिबी भोकमरीले पछाडी परेका छन् ति जिल्लाहरुमा बजेट बिनियाेजन खास नगरिएको सांसद पाण्डेले बताएका हुन् ।ठुला बडा नेता तथा मन्त्रि भएको ठाउँमा मात्रै बजेट बिनियाेजन हुनु निकै नै दु:ख काे कुरा भएको उनले बताएका छन्।
ठुलाबडा नेताहरुले आफ्नो गाउँ ठाउँ हेरे अन्य पिछडिएको ठाउँको पिडा कसले बुझ्ने त्यहाँ बजेट कसले बिनियाेजन गर्ने नेता पाण्डेले बताएका हुन्।मन्त्रि त्यो पनि त्यस्तो मन्त्रि बजेट बोकेको मन्त्रालयको मन्त्रि जसले आफ्नो गाउँ हेर्नेे,टोल हेर्ने,वडा हेर्ने,आफ्नो निर्वाचन क्षेत्र हेर्ने,आफ्नो जिल्ला हेर्ने र यो प्रवृति अहिलेको बजेटमा झन ह्वात्तै बढेको सांसद पाण्डेले बताएका छन् । मन्त्रालयमा ठुला वडा नेताहरुको भनेको लाग्ने उनीहरुले आफ्नो ठाउँमा मात्रै बजेट बिनियोजन गर्ने र अन्य पिछडीएका बाजुरा जस्ता लगायत अन्य जिल्लाको लागी बजेट बिनियोजन नगरीएको प्रति उहाँले आक्रोस पोखेका छन् ।
ठुला नेताहरुले आफ्नो गाउँ,ठाउँ हेरेर बजेट बिनियोजन गरेको र अन्य पिछडीएको क्षेत्रको लागी केहि नगरेको उनले आरोप समेत लगाएका छन् ।केहि गर्ने क्षमता नभएका र आफ्नो पहुँच ठुलो देखाउने केहि नेताहरुले आफ्नो ठाउँको लागी मात्रै बजेट सुआउँदो तरीकाले लगेको उनले बताएका छन् ।मन्त्रीहरू बजेट विनियोजन गर्दा आफ्नो वडा, पालिका र जिल्ला लाई मात्रै छानेर बिनियोजन गरी बजेट लगेको भन्दै त्यो बजेट फिर्ता गराएर बजेट शून्य बनाउनुपर्ने सासंद पाण्डेले बताए ।साथै बजेट बिनियोजन गर्दा केहि ठुलाबडा नेता मन्त्रिहरुले यस्तो अहिले मात्रै नभई पहिले देखिनै गर्दे आईरहेको उनले बताएका छन् ।
आफुले यस्तो गर्नुहुन्न,सबै जिल्लालाई प्रथामिकता राखेर बजेट बिनियोजन गर्नुपर्छ,त्यो भन्दा बढी पिछडीएको क्षेत्रको लागी बढी प्राथामिकता राखेर बजेट बिनियोजन गर्नुपर्छ भन्ने कुरा पहिले देखिनै भन्दै आएको तर कसैले नसुनेको सांसद पाण्डेले बताएका छन् । मन्त्रालयमा कतिपय ठुलाबडा नेताहरुले आफ्नो क्षेत्रको लागी बजेट बिनियोजन गर्ने र आफुले आफ्नो जिल्ला लगायत पिछडीएको जिल्लाको बारेमा बिनियोजन गरौ भन्दा हुन्छ भन्ने तर काम नगर्ने उनले आरोप समेत लागएका छन् ।केहि पार्टीका शिर्ष नेताहरु भएको ठाउँमा मात्रै बजेट जाने भएका कारण आफुले यसको घोर आपत्ती जनाउने र आफ्नो पार्टी नेपाली काँग्रेसले पनि यो कुरा मान्य नहुने उनले बताएका हुन् ।
अहिले बजेट बिनियोजनमा ठुलो ब्यग्य,ठुलो उपहास भएको सांसद पाण्डेले बताएका छन् । जतिपनि बिषयगत मान्त्रालयका बजेटका शिर्षकहरु हेर्दा एकै जना मन्त्रिले आफ्नो मन्त्रालय अन्तर्गत आफ्नो जिल्लामा २०३ वटा योजना लिएर गएको पनि देखिएको उनले बताएका छन् । आफु स्वयम्ले बजेटको शिर्षक सरसर्ती गनेर हेर्दा यस्तो प्रवृति भेटाएको उनले बताएका छन् यस्तो कार्य निकै नै सह्रानिय भएको उनले बताए ।ठुलावडा नेताहरुले आफ्नो गाउँ ठाउँ जिल्लामा यति शिर्षकहरुमा बजेट लग्दा पनि केहि नहुने तर बाजुरा जस्तो जुन पिछडीएका ठाउँ छन् त्यहाँ बजेट नै बिनियोजन नहुने यो कस्तो बिडम्बना हो,सांसद पाण्डेले बताए ।
चुनावको बेला हामीहरु जनताहरुलाई दिने जस्ता हुन्छौ,भन्छौ सबै सेवा सुबिधा उपलब्ध गराउछौ,रोजगारीका अवसर सिर्जना गछौ भनेर जनतालाई भनेर चुनाव जितरे आउँछौ जब संसद भित्र छिर्छौ जब सरकारले बजेट बनाउने बेला मन्त्रालयका ढोकामा पुग्छौ,हामी माग्ने जस्तो भएर,त्यहाँ प्रस्तुत हुन्छौ,बढो लाचार भएर सबै ठाउँमा पुग्छौ,आफ्ना मागहरु राख्छौ,तर मन्त्रि सचिवहरु यसो गर उसो गर यति गतेभित्र इन्ट्रि गरेर भ्याउ भनेर जवाफ दिन्छन् हामी त्यो पनि पुरा गछौ तर त्यसको सुनुवाई हुदैन् उल्टै देखे पनि नदेखेजस्तो गर्छन् अनि हामीले जिल्लामा गएर जनताको अगाडी के भन्ने ,जनता सोच्छन् तिनिहरुले केहि गर्न सकेनन् तर यता आफुहरुले बडो प्रयास गरीरहँदा पनि सुनुवाई हुदैन् माग पुरा हुदैन् अनि जनतालाई कसरी बिश्वास दिलाउने हामीले,सांसद पाण्डेले सरकारको ध्यानाकर्षण गदै बताएका छन् ।
आफुले यहि बिन्दुमा उभिएर कति भने सरकारको ध्यानाकर्षण गराए तर कुनै सुनुवाई भएन् सांसदले पाण्डेले बताए ।मन्त्रालयमा ठुला बडाहरुकै लाग्ने हो भने अरु नेताहरु कता जाने त्ययसकारण आगामी दिनहरुमा यस्तो खाले प्रवृतिको अन्त्य गरी सबै ठाउँमा एकै प्रकारको बजेट बिनियोजन गर्नुर्पो उनले बताएका छन् । हामी निर्वाचन क्षेत्रमा जाँदा हामिहरुले आफ्ना मतदातालाई भन्न पाउँनु पर्यो बिकाशका काम गर्देनौ हामी बिधायिकी काम गर्छौ गुणस्तरीय काम गछौ,जसको लागी सरकारले पनि त्यस क्षेत्रको बजेट बिनियोजनमा ख्याल गर्न जरुरी रहेको छ उनले बताए । सांसद आत्मसम्मान गुमाएर लाचार भएर मन्त्रिहरुका ढोकामा,योजना आयोगका ढोकामा पुगेर आफ्नो आत्म सम्मान गिराउनु पर्ने पद्दतीको अन्य गर्नु पर्ने उनले बताएका हुन् ।
त्यसकारण कुनै पनि सांसदले आफ्नो जिल्लाको लागी हारगुहार नगरी सजिलै तरीकाले सरकार बाट आफ्नो क्षेत्रमा सुहाउँदो बजेट बिनियोजन भएको देख्न पाउनु पर्छ उनले बताए ।सांसद पाण्डेले आवासिय बिद्यालय स्थापना बनाउनु पर्ने कुरामा जोड दिदै जिल्ला बाजुराको हिमाली गाउँपालिकाको बिषयमा कुरा गर्दे हिमाली एकदमै ठुलो पालिका भएको कारण,जनसंख्या छरिएको,भुगोल बिशाल भएका,सबै सुबिधाहरु सबै ठाउँमा पुर्याउन सकिदैन् त्यसको लागी आवासिय स्कुलको आबश्यकता रहेको उनले बताएका छन् । जसको नेपाल सरकारले गुनासो सुनेर सुनुवाई गर्नुपर्ने नेता पाण्डले बताएका छन् । आगामी दिनहरुमा कुनै पनि नेता मन्त्रिहरुले आफ्नो गाउँ ठाउँ नहेरी पिछडीएको क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर