गोबिन्द्र राज तिमिल्सेना, बाजुराः रेडियो नेपालले बाजुराको बडिमालिका ७ कालाजग्रा पोरखेगढी बाट आजदेखि एफ एम ब्यान्डको ९८ मेघाहर्ज (mhz ) मा परीक्षण प्रसारण शुरु गरेको छ ।
बडिमालिका ७ स्थित कालाजग्रा पोरखेगढीमा एफ.एम रिले स्टेसन स्थापना गरी रेडियोले परिक्षण प्रसारण सुरु गरेको हो ।रेडियो नेपालले कालाजग्रामा ५०० वाट क्षमताको एफ.एम ट्रान्समिटर जडान गरी आज बिहानबाट प्रत्यक्ष प्रशारण सुरु गरेको रेडियो नेपालका जिल्ला संवाददाता राजेन्द्र वि.क.ले जानकारी दिनुभएको छ ।भवनसहित अन्य भौतिक संरचना प्रयोग गरी एफ.एम रिले प्रसारण गरीएको उनले बताएका छन् ।
प्रारम्भिक अध्ययन अनुसार यो रिले प्रसारणबाट बाजुरा जिल्लाभर लगायत सुदुर पश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बैतडी,छिमेकी जिल्ला मुगु का धेरै स्थान तथा आसपासका क्षेत्रमा रेडियो नेपालको प्रसारण स्पष्टसँग सुन्न सकिने जडानमा संलग्न प्राविधिकहरुले बताएका छन् । देशको शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप नै यो रिले स्टेशनको परीक्षण प्रसारण शुरु गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभएको छ ।
देशका सबै भू–भागमा प्रसारण पहुँच पु¥याउने लक्ष्य राखेको रेडियो नेपालले बाजुराबाट पनि रिले स्टेसनका रुपमा प्रसारण थालेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बताउनुभएको छ । एफ.एम व्यान्डको ९८ मेगाहर्जमा सुरु गरिएको यो रिले प्रसारणबाट बाजुरा जिल्लाभर,त्यस्तै अछाम,डोटी,छिमेकी जिल्ला मुगुका केही क्षेत्रमा रेडियो नेपाल स्पष्ट सुन्न सकिने भएको छ ।
जिल्लाबाटै रेडियो नेपाल सुन्न पाउँने भए पछि बाजुराबासी खुसी भएका छन् । विगत लामो समयसम्म रेडियो नेपालको कार्यक्रम सुन्न नपाएका बाजुराका स्रोता रेडियो नेपालका कार्यक्रमहरू एफ.एम रेडियोमै सुन्न सकिने भएपछि खुसी भएका छन् ।यसअघि रेडियो नेपालले देशका बिभिन्न जिल्लाका स्थान संगै सुदुरपश्चिमको छापरी दार्चुला, हेमन्वाडा बझाङ, खोड्पे बैतडी,बुढीतोला कैलाली,र उडितोला सिलगढी डोटी गरी पाँच स्थानबाट एफ.एम ब्यान्ड मार्फत् रेडियो नेपालले आफ्नो सेवा सञ्चालन गरीसकेको छ भने बाजुराबाट पनि रेडियो नेपालले आफ्नो प्रशारण सुरु गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर