बाजुराः यु.के निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोगमा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ५ बिर्सैन स्थित बडिमालिका आधारभूत बिद्यालयका सय जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री बितरण गरीएको छ । नेपाली काङ्ग्रेस कि नेतृ सामाजिक अभियान्ता रीता शाहि र नेपाली काङ्ग्रेसका उपसभापति नारायण राज पाध्याको अनुरोधमा यु.के निवासी पुष्पा राइले सहयोग गरेको सामाजिक अभियान्ता शाहीले बताउनु भएको छ ।
विपन्न तथा जेहेन्दार एक सय जना विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री कापि कलम हस्तान्तरण गरिएको छ। विगत लामो समय देखि देशभरका विभिन्न जिल्लामा सहयोग गर्दै आउनु भएकि समाजसेवी राइले बाजुरामा पनि यो भन्दा पहिले पनि धेरै पटक विभिन्न क्षेत्रमा सहयोग गरिसक्नु भएको छ ।
उक्त स्कुल ब्याग स्टेसनरी वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति उप सभापति नारायण राज पाध्या, महाधिवेशन प्रतिनिधि सुनिता ,वडा सदस्य अङ्गराज पाध्या, बिद्यालयका शिक्षक, बिद्यालय ब्यबस्थापन समिति लगायतको उपस्थितमा उक्त सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ । बिद्यालयका जेहेन्दार तथा बिपन्न बालबालीकाहरुलाई सहयोग गरी दिएको प्रति बिद्यालय प्रधानाध्यापक विस्ना पाध्याले समाजसेवी पुष्पा राईलाई धन्यवाद दिनु भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर