
बाजुराः जिल्ला हलिया मुक्ति समाज बाजुराले विभिन्न चार बुदेँ माग सहित जिल्ला समन्वय समिति बाजुरालाई ज्ञापनपत्र बुझाएको छ ।स्थानीय तहहरुको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको पूर्व सन्ध्यामा बजेटमा समावेश गर्न माग गरेका छन् ।
जिल्लाका ९ वटै स्थानीय तहहरुलाई जिल्ला समन्वय समिति मार्फत सबै ठाउँमा आवश्यक लिखित पत्राचार गरी समन्वय गर्न माग गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिमा हलिया मुक्ति समाजका अगुवा उपस्थित भएर ज्ञापन पत्र बुझाएका छन् ।
९ वटा स्थानीय तह रहेको बाजुरामा हालसम्म बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकाले मुक्त हलिया पुर्नस्थापना कार्यविधि पारित गरी मुक्त हलियाको लगत संकलन गरिरहेको रहेको छ ।
त्यस्तै अन्य पाँच वटा स्थानीय सरकारहरुले पनि तत्काल मुक्त हलिया पुर्नस्थापना कार्यविधि पारित गरी आवश्यक बजेटमा सम्बोधन गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाईएको हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालवीर सार्कीले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर