खप्तड मालिका न्युज,बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ३ मा रहेको चोयाकोट माध्यामिक बिद्यालयका बिद्यार्थीले निगालोबाट बनाएका डोका नगरपालिकालाई हस्तान्तरण गरीएको छ । पढ्दै कमाउदै कार्यक्रम अन्तरर्गत बिद्यालयका बिद्यार्थीहरुले बनाएका निगालोका डोका आज बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरीएको बिद्यालयका शिक्षक धनबहादुर रावलले बताएका छन् ।
बिद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तरर्गत निगालोबाट बन्ने डोका बनाउन सुरु गरेका छन् शिक्षक रावलले बताएका छन् । प्रत्येक शुक्रबार पढ्दै कमाउदै कार्यक्रमको थालनी संगै ५० ओटा डोका बनाएर नगरपालिकालाई हस्तान्तरण गरीएको उनले बताएका छन् । एक कार्यक्रमका बिच बिद्यार्थीहरुले आफुले बनाएका डोकाहरु नगरपालिकालाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको शिक्षक रावलले बताएका छन् ।
चोयाकोट माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले बनाएका डोकाहरुलाई नगरपालिकाले सरसफाई कार्यक्रममा प्रयोग गर्ने नगरपालिकाले जनाएको छ । खुब मेहेनतका साथ बनाइएका डोकाहरु नगरपालिकालाई हस्तान्तरण गरेको प्रति नगरपालिकाले बिद्यार्थी र बिद्यालय परिवारलाई धन्यबाद दिएको छ । बिद्यालयको लगाव र बिद्यार्थीको मेहनेतको नगरपालिकाले प्रशंशा समेत गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर