
गोबिन्द्र राज तिमिल्सेना,बाजुरा / महोत्सवको अन्तिम दिन अर्थात आज सुदुरपश्चिको चेलो चर्चित मोडल तथा गायक चक्र बमले “बहसमा बार्जु,बाजुरा महोत्सव”मा शनिबार आफ्नो प्रस्तुती मार्फत महोत्सवको माहोल रौनकता थपेका हुन्। । गायक बमले आफ्ना आवाजमा सजिएका चर्चित गितहरु गाएर महोत्सवको माहोलमा रौनकता थपिदिएका हुन्।बिभिन्न देउडा गित लगायत डिजे,अनि डोटेली,हुड्क्यौली गित गाएका बमले महोत्सवको अन्तिम दिन आज महोत्सवमा दर्शकहरुलाई मनोरञ्जन गराएका हुन् ।
थापाले आफ्ना चर्चित गितहरु भन साली,मेरा माया पटपटानी,जाँडको झोल,ओ मेरी भाउजु , नाँच भुन्टी नाँच,लगायतका दर्जनौ महोत्सवको माहोल तताएका हुन् । प्रस्तुती दिनको लागी स्टेज उक्लेका बमले बाजुराको साँझपखको चिसो मौषमलाई न्यानो पार्दे आम दर्शक हरुलाई नचाएर माहोल तताएका हुन् । गायक बमले प्रस्तुती दिदै गर्दा स-साना बालबालीका देखि युवाहरु हुदै बुढापाखाहरु पनि स्वर स्वर मिलाउँदै गाउँदै नाचेका थिए।
गायक बमको प्रस्तुती हेर्नको लागी दर्शकहरुको घुँइचो लागेको थियो । युवा पुस्तामा सर्वाधिक रुचाईएका गायक बमले बाजुरा महोत्सवमा दर्जनौ गितहरु सुनाएर आम दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका हुन् । गायक बमले प्रस्तुती दिर्दै गर्दा स्टेशजमै गएर नाच्ने ससाना बालबालीको भिड लागेको थियो । देश मात्रै नभई अन्तराष्ट्रिय स्तरसम्म आफ्नो नाम कमाउँन सफल गायक तथा मोडेल बमले आज बाजुरा महोत्सवमा आफ्नो प्रस्तुती मार्फत महोत्सवमा रौनकता थप्नुभएको हो ।
सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट संचालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा आज गायक बम संगै गायक राजेन्द्र बाजुरेली, हास्यकलाकार किरण थापा,डान्सर झरना,शोनु र समिक्षा लगायत अन्य स्थानिय कलाकारहरुले आफ्ना प्रस्तुती दिएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर