
बाजुराः नेकपा एमालेको आठौँ जिल्ला अधिबेशनमा सहमति नजुटेपछि चुनाब हुने भएको छ । पाँच दिन सम्म सहमतिको आधार नबन्ने भएपछि चुनाब हुने निश्चित भएको एक स्रोतले बताएको छ ।
पाँच दिन सम्म सहमतिमै नेतृत्व चयन गर्न शिर्ष नेताहरु बिच छलफल भएको थियो । छलफलबाट नेतृत्व चुन्ने सम्भावना नदेखिए पछि बहालवाला जिल्ला अध्यक्ष भरत थापा र लाल बहादुर ओली बिच प्रतिस्प्रर्धा हुने देखिएको छ ।थापा र ओली चुनाबि मैदानमा उत्रिने भएपछि कसलाई भोट गर्ने भन्ने बिषय सबैलाई चासोको बिषय बनेको छ। अध्यक्षका आकांक्षी भरत थापा स्थायी कमिटि सदस्य कर्ण थापा पक्षधर हुन भने थापाका प्रतिस्पर्धि लाल बहादुर ओलि केन्द्रिय सदस्य लाल थापाका पक्षधर हुन । चनाबि माहोल हेर्दा युवाको रोजाईमा भरतबहादुर थापाको नाम चर्चामा देखिन्छ । भने लाल बहादुर ओलीको समेत उत्तिकै चर्चा छ ।
युवाको रोजाईमा थापा देखिएपछि ओलि छाँयामा पर्ने देखिएको एक स्रोतले बताएको छ । सहमतीका उम्मेद्वार रंगमान शाहि हुन,तर सहमति हुन सकेन् । सहमति नभएपछि शाही समेत कर्ण थापाको पक्षमा रहेको एक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार शिर्ष नेताहरु स्थायी कमिटी सदस्य कर्ण थापाको पक्षमा रहेकाले चुनाव जित्ने दाबि गरेका छन् । उसो त केन्द्रिय सदस्य प्रकाश शाह,सहदेब बोगटि र निबर्तमान प्रदेश समिति उपसचिव बलदेब रेग्मि समेत कर्ण थापाको पक्षमा देखिएका छन् । यता लालबहादुर थापा भने एक्लै देखिन्छन् । एक्लै भएपनि थापा ओली लाई जिताएर छोड्ने दाउमा लागि रहेका छन् ।
कर्ण थापा पक्ष शिर्ष नेताहरु देखिए पछि भरत थापालाई चुनाबि मैदानमा जान सहज भएको देखिन्छ । थापालाई यति मात्र होईन युवाहरुको समेत ठुलो साथ रहेको खेलकुद महासंघ जिल्ला अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । उनका अनुशार भरत थापा ,लाल बहादुर ओली भन्दा बलियो उम्मेद्वार रहेको बताउनु भएको छ । भरत थापा युवाको नेतृत्व गर्न सक्ने र निडर,साहसि ,दक्षता,क्षमता भएका ब्यक्ति भएकाले उहाँ बलियो उम्मेद्वार भएको अध्यक्ष रोकायाले दावि गर्नुभएको छ ।यता बाहिर लाल बहादुर थापा पक्ष शिर्ष नेताहरु नदेखिए पनि चुनाब लाल बहादुर ओलीले जित्ने थापा पक्षधरहरुले दावि गरेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर