बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टीमा योगा भवन निमार्ण हुने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ३० लाख लागतमा कोल्टीको आयुर्वेदको भवन नजिकै योगा भवन निमार्ण हुन लागेको बुढीनन्दा नगरपालिकाले जनाएको छ । आयुर्वेदको सरकारी जग्गामा योगा भवन निमार्ण हुने भएको छ । उक्त योगा भवनको शिलान्यास भएर आज देखि काम सञ्चालन भएको नगरपालिकाका प्रबक्ता जंगबिर रोकायायले बताउनुभएको छ ।
जिल्ला पतन्जली योग समिति बाजुराको पहलमा रकम ब्यवस्थापन भएर भवन निमार्णको कार्य अघि वढेको समितिले जनाएको छ । एक सय जना योगाअभ्सासी अट्ने गरि प्राविधिक स्टमेट अनुसारको गुणस्तरिय भवन बनाइने भएको छ । पहिलो पटक योगा भवन निमार्ण हुने हुदा योग साधक खुशि भएका छन । यस अघि भवन नहुँदा योग साधकले विभिन्न खुल्ला चौरहरुमा योगाअभ्यास गर्दै आइरहेका थिए ।
मानव स्वास्थ्यका लागि योग अपरिहार्य भएकाले भवन निमार्ण गरि योग अभ्यासलाई ब्यवस्थित बनाउनु पर्ने पतञ्जली योग समिति बाजुराका उपाध्यक्ष जनेश भण्डारीले बताएका छन् । । पछिल्लो समय यसको महत्व वढ्दै गएको र सवैले योग गर्न जरुरी रहेको समेत उहाँले बताउनुभएको छ । मानव जिवनमा योगको महत्वपुर्ण भुमिका रहेको बताउदै गुणस्तरीय योेग भवन निमार्ण गरी दिनहुँ योगाभ्यास गराइने पनि उनले बताउनुभएको छ । असार मसान्त सम्म सम्पन्न गर्ने गरि निमार्ण कार्य सञ्चालन गरीएकोछ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर