• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अँगाउपानी (काँध) मा एकै पटक रोपियो सात हजार बढी स्याउका बोटहरु

खप्तड मालिका न्युज March 22, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

संगिता तिमिल्सेना,बाजुराः  बाजुरामा एकैपटक सात हजार बढी स्याउ रोपिएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ९ अँगाउपानी (काँध) मा १ सय १५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सय बोट स्याउ रोपेर सामुदायिक बृहत स्याउ बगैँचा स्थापना गरिएको हो ।

कृषि ज्ञान केन्द्र बाजुरा को बृहत विशेष उत्पादन कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका ९ अँगाउपानी (काँध) मा १ सय १५ जना परिवारको सहभागितामा ७ हजार ३ सय बोटको करिव २५ हेक्टरमा एउटै क्लष्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरिएकोे कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रसाद जैशीले बताउनुभयो ।
सोही स्थानमा आगामी बर्ष थप ७ हजार सात सय बोट थप गरि पन्ध्र हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुखले जैशीले बताउनुभयो । सोही बृहत स्याउ बगैचाबाट अबको ५÷६ बर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्वीन्टल स्याउ उत्पादन भई किलोको रू एक सय का दरले बिक्रि गर्न सकेमा करिब ४ करोड ५० लाख रकम ती १ सय १५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ ।

अँगाउपानी (काँध) मार्तडी – कोल्टी सडकाको आसपासको क्षेत्र भएकोले कृषि पर्यटन मार्फत निकै नै लाभ लिन सकिने र या क्षेत्र स्याउ उत्पादनका लागि उपयुक्त भएकाले कृषि ज्ञान केन्द्र बाजुरा को बृहत विशेष उत्पादन कार्यक्रम कार्यान्वयन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागिएको बुढीनन्दा नगरपालिका वडा नं ९ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुुभयो ‘यहाँका अधिकांश कृषकले स्याउ खेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा थोरैले मात्रै सो खेती गर्ने गरेको र सो क्षेत्र कृषि प्राविधिकको जाँचबुझ र आवश्यक परामर्शबाट खेती गरे कृषकले मनग्गे आम्दानी लिन सक्ने भएकाले कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।

‘फलफूल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं’ भन्ने अभियानका साथ आफुहरु अगाडी बढेको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले बताउनुभयो । अहिले फलफुल रोपे ५÷६ बर्षपछि निरन्तर बिना मेहनत बोट फल्ने भएकाले कृषकहरुका लागि फलफुल खेती पेन्सन सोसरह भएकाले प्रोत्साहनका लागि यस्ता कार्यक्रम संचालन गरिएको नगरप्रमुख बोहराको भनाई छ ।बृहत स्याउ बगैँचा स्थापनाका लागि बृहत विशेष उत्पादन क्षेत्र संचालक समिति, हरित स्वंयमसेवक, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कृषि विकास शाखा बुढीनन्दा लगायत स्थानिय कृषकलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।

स्याउ बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं ९ अँगाउपानी, वडा नं ३ को ताडी, घोडाकोट, हिमाली गाँउपालिका–१ को बाम,नेटा,चिन वडा नं २ को कोटीगाँउ, रुम्दी, वडा नं ३ को गुम्बा, वडा नं ४ को बोर्ता, वडा नं ५ को बछ्या,ग्याम्चु, खामलेक र ६ को झिनी स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं ३ मा रहेको संकल्पे, संैदेओ, जेवाले, खुन्का, लोथी र वडा नं १ को जोरु र गौेमुल गाउँपालिका वडा नं १ को अम्लिश, अन्द्राडी, वडा नं ४ को निलासैन लगायत विभिन्न स्थानमा स्याउ उत्पादन हुने गर्दछ ।बाजुरामा गत वर्ष उत्पादन भएको मध्ये २० लाख बराबरको स्याउ धनगढी, नेपालगञ्ज लगायतका विभिन्न शहरमा निर्यात भएको थियो ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑