बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा अब जथाभावी गाडिहरु पार्किङ गरेको पाइएमा कारवाही गरिने भएको छ । अब ताली देखि तुफानडाँडा, दुनिहाट बजार कतै पनि बस र जीप पार्किङ गरेको पाइएमा कारवाही गर्ने गरि निर्णय गरिएको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ । हाललाई सदरमुकामको अन्य कुनै ठाँउमा गाडीहरु पार्किङ नगरी सिधै पानीपातल बस पार्कमै पार्किङ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।अधिकारी पौडेलका अनुसार सदरमुकामको चारैतिर अनियन्त्रित गाडीहरु पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेकाले अब पानीपातल बाहेक अन्य ठाँउहरुमा गाडीहरु पार्किङ गरेको पाइउृमा कारवाही गरिने बताएका छन् ।
जिल्ला सदरमुकाम मार्तडीमा गाडीहरु पार्किङको लागी बसपार्क नहुँदा समस्या हुने गरेको छ। गाडीहरु पार्किङको लागी उचित बसपार्क नहुँदा दुर्घटनाको जोखिमपनि बढेको छ ।सदरमुकाम मार्तडीको सडक छेउछाउमा जताततै गाडी पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको छ । साँगुरो सडकमा गाडीहरु आवतजावत गरिरहने र मान्छेको भिडभाड नि त्यस्तै हुने हुँदा दुर्घटना हुने जोखिम बढेको हो । बाजुराको मुटु जिल्ला सदरमुकामा उचित गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङको लागी निकै समस्या भएको छ । चारैतिर यततत्र छरिएर गाडी पार्किङ गर्दा दुर्घटनाको जोखिम पनि निकै बढेको पाइन्छ । बाजुरा सदरमुकाम मार्तडीमा सवारी सधान चलेको दशक बितिसक्दा पनि व्यवस्थीत बसपार्क बन्न सकेको छैन् । निर्माण भएको पातल बस पार्क पनि खासै गुणस्तरीय भने बन्न सकेको छैन । सदरमुकाममा गतिलो सवारी पार्किङको लागी ठाँउ नहुँदा लामो समयदेखि समस्या भईरहेको छ ।
जिल्ला सदरमुकाको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनिहाट बजारसम्म बस पार्ककै रुपमा सवारी साधान पार्किङ गर्ने गरिएको छ । बस पार्क अभावकै कारण व्यवस्थीत र असुरक्षित रुपमा गाडीहरु पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । उचित गुणस्तरीय बसपार्क निमार्ण भएको भए यसरी सडकै छेउछाउमै गाडीहरु पार्किङ गर्नुपर्ने थिएन् तर सदरमुकामा उचित बसपार्क नहुँदा सडकको छेछाउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता रहेको यातायात ब्यबसायिहरुले बताउने गरेका छन्। अब भने सडकको छेउछाउमा कुनै पनि बेला कुनै पनि सवारी साधान नराख्ने गरि निर्णय गरिएकोले प्रशाशन बाजुराले जनाएको छ । अब्यबस्थित गाडी पार्किङ ले समस्या उत्पन्न हुने हुँदा अब पानीपातल बाहेक हन्य सदरमुकाकको कुनै पनि ठाँउमा गाडीहरु पार्किङ गर्न पाइने छैन् ।
यसरी जथाभावी गाडी पार्किङ ले सदरमुकामको वातावरण पनि नराम्रो दखिएकोले अब यो प्रक्रिया तत्काल रोकिने भएको छ । जथाभावीको गाडी पार्किङले दैनिक आवतजावतमा मात्रै समस्या नभई गाडी चालकहरुलाई पनि गाडी पार्किङ्ग कता गर्ने भन्ने समस्या एकातिर छ भने अर्कोतिर पैदलयात्रिहरु आवतजावत गरिरहने हुँदा जोखिम मोलेर चलाउनुपर्ने बाध्यता रहेको गाडी चालकहरुले बताउदै आएका छन । जिल्ला सदरमुकाम बडिमालिका नगरपालीका अन्तर्गत पर्दछ । समृद्ध नगर सुखी नगरबासी नगरको नारा भएतापनि सदरमुकामको यो अबस्था देख्दा नगरले खासै बिकाशको फड्को भने मार्न सकेको देखिदैन् बजारबासीका पिडाहरु जेनका तेन रहेका छन । तर पनि यसबारे नगरपालिकाले पहल भने गरिरहेको छ । स्थानीय स्तरमै व्यवस्थान गर्न नगरपालिकाले वैकल्पिक बस पार्क निर्माणको प्रक्रिया अघि बढाईरहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर