गोबिन्द्र राज तिमिल्सेना बाजुराः दादुरा रुवेला खोप अभियान सम्बन्धि जिल्ला स्थित बिभिन्न संञ्चार माध्यममा कार्यरत संञ्चारकर्मि तथा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार अर्थात आज स्वास्थ कार्यलय बाजुराको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ कार्यालय बाजुराले जनाएको छ । जिल्लामा यहि फागुन १३ देखि १५ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएकाले दादुरा रुवेला को बारेमा तथा देशमा दादुरा रुवेलाको अबस्था के छ जिल्लामा यसको असर कस्तो छ लगायत बिषयहरुमा छलफल गर्न उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्द बताउनुभएको छ ।
देशभर दादुरा रुवेला खोप अभियान फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने भएकोमा जिल्ला बाजुरामा पनि यहि फागुन १३, १४ र १५ गते दादुरा( रुबेला बिरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।आज स्वास्थ्य कार्यालयकै सचाहलमा खोप अभियान२०८०/८१ सम्बन्धी अन्तक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको थियो । सो अभियानमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल तथा खेल्नु पर्ने भुमिका बिषयक कुरालाई लगेर अन्तरक्रिया गराईएको हो । दादुरा रुवेला बिरुद्धको खोप अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई खोप लगाइने जनाईएको छ । खोप अभियानका कसरी प्रभावकारी बनाएर लैजाने भन्ने बिषयमा आज सबैका सुझाव सुन्न तथा सुनाउनको लागि उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले आफ्ना गुनासा तथा सुझावहरु सुनाएका थिए। उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख महेश चन्दले दादुरा रुवेलाको बारेमा जानकारी समेत गराउनु भएको थियो । कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जिल्लामा यो खोप अभियान सञ्चालनमा सबैले आफ्नो ठाउँबाट मिलेर लाग्नुपर्ने बताएका थिए। आजका बालबालिका भोलिका देशका कर्णधार भएकार कारण आफ्ना बालबालिकालाई खोप लगाउन समेत उहाँले आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसिराम रोकायाले यो अभियानलाई सफल पार्न सबैभन्दा पहिला पत्रकार बन्धुहरुले बिभिन्न ठाउँबाट लाग्नुपर्ने बताएका थिए । त्यस्तै जिल्लामा दादुरा रुवेलाको खोप लगाउन छुटेका वा नयाँ खोप लगाउने सबै बालकालिकाका अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन समेत अनुरोध गरेका थिए ।
यहि फागुन १३ गतेदेखि १६ गतेसम्म जिल्लामा संञ्चालन हुने यो खोप अभियानमा जिल्लाका ९ वटै पालिकाका १सय ६५ खोप केन्द्रमा १३ हजार ९ सय ४२ बालबालिकालाई खोप लगाईने भएको छ उक्त अभियानमा १ सय ६५ स्वास्थ्यकर्मी र २ सय ३० स्वयसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल,प्रहरी निरिक्षक दानशिह भण्डारी,सशस्त्र प्रहरी प्रमुख शङ्करदत्त तिवारी,भेटेरिनरि पशु सेवा बिज्ञ केन्द्र बाजुरा प्रमुख सिद्धराज जैशि,स्वास्थ कार्यालयका कर्मचारी, लगाएत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन रुगम थापाले गर्नुभएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर